काठमाडौँ: प्रदेश नम्बर दुईका मुख्य मन्त्री लालबाबु रावतले देश संघात्मक संरचनामा गैसकेपछि “प्रदेश नम्बर दूई समृद्द–अभियान“ सुरु भएको बताएका छन् । धनुषा चेम्बर अफ कमर्सको समुद्घाटन गर्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् ।
आफ्नो ठाउँको समृद्दीको अभियानको लागि केन्द्रिय सरकारमा भर पर्नुपर्ने बिगतको राज्य–व्यवस्थाको कारण देश पछी परेको कुरा उल्लेख गर्दै उनले अबको समृद्द प्रदेश बनाउने अभिभारा आफुहरुको काँधमा आएको बताए ।
त्यसको लागि अब प्रदेश भित्रका सम्पूर्ण साधन–श्रोतको उचित पहिचान गरि समुचित वितरण र परिचालन समेत गरिने कुरा मुख्य मन्त्री राउतले बताए ।
प्रदेश नम्बर दुईका उद्योगी–व्यापारीहरु आफ्नो प्रदेशको गहना भएको कुरा उल्लेख गर्दै राउतले भने, “यस प्रदेश भित्रका तपाई सम्पूर्ण उद्योगी–व्यापारीहरुले गर्ने सम्पूर्ण लगानीलाई आफ्नै प्रदेशमा केन्द्रित गर्नुहोस र त्यसको लागि उचित वातावरण प्रदेश सरकारले बनाउने छ ।“ साथै उद्योगी–व्यवसायी र प्रदेश सरकारको सहकार्यले मात्रै प्रदेश समृद्दीको अभियान सार्थक हुने तर्क मुख्य मन्त्री राउतको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले कृषि, पर्यटन र उद्योगको क्षेत्रमा अब प्रदेशले फड्को मार्नुपर्ने बताए ।
यस प्रदेश भित्रका उद्योगी–व्यवसायीहरुले प्रदेश सरकारसंग मिलेर कृषि, उद्योग र पर्यटनको क्षेत्रमा लगानीको लागि वातावरण बनाउनलाई आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न उनले अपिल गरे ।
अन्तर्रा्ष्ट्रिय पहुँचको कोणबाट प्रदेश नम्बर दुई सबै भन्दा सहज स्थितिमा रहेको भन्दै अध्यक्ष श्रेष्ठले भने, “आन्तरिक पर्यटनको प्रबर्धन, कृषिमा आधुनिकीकरण र उद्योगमा वैज्ञानिकीकरण गर्न सके आन्तरिक तथा बाह्य लगानीको वातावरण बन्दै जाने र त्यसले प्रदेश नम्बर दूईलाई देशकै समृद्द प्रदेशको रुपमा स्थापित गर्न सकिन्छ ।“ यसको लागि आफुहरुले नेपाल चेम्बर अफ कमर्सको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने पनि श्रेष्ठको भनाई थियो ।