काठमाडौँ: दुगड व्रदर्स एण्ड सन्स प्रालिले महिेन्द्राको वर्कशपमा थप आधुनिक सेवा विस्तार गरेको छ ।
यस महिन्द्रा कम्पनीको एससीभी गाडीहरुको वर्कशप नेपाल र भुटानका कन्ट्री हेड चैतन्य कागल्कर र एम.भि दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
यस वर्कशपबाट ग्राहकहरुलाई उत्कृष्ट सर्भिस प्रदान गर्ने कम्पनीले जनाएको छ । दुगड व्रदर्स एण्ड सन्सले महिन्द्रासँगको सहकार्यमा ग्राहकहरुलाई सम्वृद्द बनाउने उत्पादन र सेवाहरु प्रदान गर्दै आएको छ ।
२००० वर्ग फिटको यस वर्कशपमा ५ वटा आधुनिक सर्भिस वे र औजारहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
अहिलेसम्म २० वटा सेल्स र २८ वटा सर्भिस सेन्टरहरु विस्तार गरिसकेको छ ।
ग्राहकवर्गसँगको प्रगाड र सुमधुर सहकार्यकालागी अझै थप सर्भिस सेन्टरहरु बढाउन तत्पर रहेको र निकट भविष्यमै अन्य केहि सर्भिस सेन्टरहरु थपगर्ने समेत कम्पनीले जनाएको छ ।