Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीका स्थायी समितिका सदस्यलाई बोलाएर दशैँ, तिहार तथा छठपर्वका उपलक्ष्यमा नेता नेपालले आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले भने, “ पार्टीभित्र देखिएको समस्या र चुनौती निराकरण गरी पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढाउनुपर्छ ।” नेता नेपालले पार्टीलाई विधि, पद्धति, प्रणाली र प्रक्रियाअनुसार अगाडि बढाउनुपर्ने उल्लेख गर्दै नेपाली जनताले निकै आशा र अपेक्षाका साथ पार्टीलाई मत दिएर जिताएको हुँदा सरकारले मुलुक, जनता र राष्ट्रप्रति गम्भीर भएर दायित्व पूरा गर्नुपर्ने बताएको पार्टीका नेता योगेश भट्टराईले जानकारी दिए। पार्र्टी एकतापछि विकसित…
काठमाडौँ : साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले सात गोल गरिन् । रेखाले खेलको चौथो, १७औँ, १९औं , ३२औँ र ३८औँ, ७१औँ र ७२औैँ मिनेटमा गोल गरिन् । त्यस्तै पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा सरु लिम्बूले एक गोल गरिन् । पहिलो हाफमा ६–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा छ गोल ग¥यो । नेपालका लागि ६७ औँ मिनेटमा रश्मीकुमारी घिसिङ, ८२ औँ मिनेटमा एलिसा जाम्बा, ८७ औँ मिनेटमा मञ्जलीकुमारी…
काठमाडौँ : नेपाल र चीन ऊर्जा क्षेत्रको विकास र सहजीकरण लागि बृहद् कार्ययोजना बनाएर अगाडि बढ्न सहमत भएका छन् । दुई देशबीच गठित ऊर्जा संयन्त्रको आजदेखि यहाँ शुरु भएको बैठकमा ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकासका लागि सहकार्य तथा लगानीका लागि सहजीकरण गर्न कार्ययोजना तयार पारेर लागू गर्ने सहमति भएको हो । दुवै देशका प्राविधिक सम्मिलित संयुक्त कार्य समूह गठन गर्ने र यसले एक महिनभित्र योजना बनाएर पेश गर्ने सहमतिसमेत भएको छ । ऊर्जा संयन्त्रको दोस्रो बैठक चीनमा आयोजना गर्ने सहमतिसमेत भएको छ । मिति भने सहमतिका आधारमा तय गरिने जनाइएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ…
काठमाडौँ : विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिं गोलेको शवको बिहीबार नै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ । सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल ल्याइसकिएको बताइएको छ । रुपन्देहीका रामकुमार यादवको शव आज राति नेपाल ल्याइँदैछ । थाई एयरलाइन्सको नियमित उडानबाट यादवको शव नेपाल ल्याइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । त्यस्तै सर्लाहीका शेरबहादुर ठकुरीको शव शनिबार नेपाल ल्याइने बोर्डले जनाएको छ । बोर्डका अनुसार यही असोज १४ गते भीमबहादुर घले, १६ गते विशाल बुढाथोकी, १७ गते…
काठमाडौँ : विश्व पर्यटन दिवसका अवसरमा प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले डिजिटल पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत ‘पाटा मोटो फोटो कन्टेस्ट–२०१८’ शुरु गरेको छ । लुकेको पर्यटकीय गतिविधिलाई उजागर गरी पर्यटनको नयाँ प्रडक्टका रुपमा विकास गर्ने उद्देश्यले नयाँ अभियान शुरु गरिएको पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए । विश्व पर्यटन दिवसको ‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नारालाई सार्थक तुल्याई डिजिटल प्रवद्र्धन गरी पर्यटकलाई आकर्षण गर्न अभियानले सहयोग पुग्ने उनको भनाइ छ । ‘एक्सप्रोर अन दी अनएक्सप्लोर्ड टुरिजम’ भन्ने अवधारणाका साथ शुरु गरिएको यो अभियानमा प्रविधिमा सामान्य ज्ञान भएका सर्वसाधारण सबैले सहभागिता जनाउन सक्नेछन् । इन्टरनेट र डिजिटल…
म्याग्दी : बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए । उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो । ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा–२ की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बेनी नगरपालिका २ की ५० वर्षीया देवकुमारी घिमिरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रनाउ बुढाले बताए…
काठमाडौँ : भूकम्पपछि पुनः निर्माण शुरु भएका पाँच लाख ५५ हजार ६१२ निजी घरमध्ये दुई लाख ९६ हजार ५१४ घर सम्पन्न भएका छन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्राप्त तथ्याङ्कअनुसार बाँकी दुई लाख ५९ हजार ९८ घर पुनः निर्माण भइरहेका छन् । कम प्रभावित १८ जिल्लाका तथ्याङ्क प्राप्त हुन बाँकी रहेकाले पुनः निर्माण भएका घरको सङ्ख्या करीब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान छ । दशैँ तिहारपछि पुनः निर्माण भइरहेका घरको निर्माण सम्पन्न हुने र शुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ । प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय…
काठमाडौँ : नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच आज भएको वार्तामा सो सहमति जुटेको हो । दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ । नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो सम्बोधन गर्न मलेसिया तयार भएको छ । नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न मलेसियाली पक्ष सहमत भएको वार्तामा सहभागी क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए । उनले भने, “नेपाल र मलेसियाका अधिकारीबीच भएको वार्ता सकारात्मकरुपमा सम्पन्न भयो, नेपालले व्यक्त…
काठमाडौँ:: चार वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेशन बिनाको लिग गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का लिग कमिटीले आज पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले लिग कमिटी र एन्फाका तर्फबाट लिगको तयारी पूरा भएको बताए । सबै क्लबको दाबी लिगमा राम्रो नतिजा ल्याउँछौँ पत्रकार सम्मेलनमा लिगमा सहभागी १४ वटै क्लबका प्रशिक्षकहरुको पनि सहभागिता रहेको…
काठमाडौँ : चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ७३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो महीनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा वस्तु आयात ५४.३ प्रतिशतले बढेर एक खर्ब २० अर्ब ६१ करोड रुपैयाँ पुगेको जनाइएको छ । आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई २५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अवको सोही अवधिमा यस्तो घाटा पाँच अर्ब ९८ करोड रुपैयाँ रहेको…