Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सेयर बजार घट्ने क्रम साताको अन्तिम कारोबारको दिन बिहिबार पनि जारी रह्यो । सेयर बजार परिसूचक (नेप्से) १० दशमलब ५६ अंकले घटेर एक हजार २६७ दशमलब १८ अंकमा पुगेर बजार बन्द भएको छ । मंगलबार २२ दशमलब ३७ अंकले बढेको नेप्से परिसूचक बुधबार दुई दशमलब ३१ अंकले घटेको थियो नेप्सेसंगै कारोवारमा पनि गिरावट आएको छ । आजको कारोवारमा होटल र उत्पादनमूलक समूहको परिसूचक बाहेक अन्य सबै परिसूचक घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक ६७ दशमलब ०२ अंक र जीवन बीमा समूहको परिसूच २९ दशमलब ०७ अंकले घटेको छ भने बाणिज्य बैंक १२ दशमलब ५७ अंक, विकास बैंक ३…

Read More

काठमाडौं: सरकारले ३९ औं विश्व पर्यटन दिव धुमधामका साथ मनाई मनाईरहँदा पर्यटन क्षेत्रका श्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटको विरुद्धमा आन्दोलनको घोषणा गरेका हुन् । अन्नपूर्ण तथा मनाश्लु क्षेत्रमा होटल व्यवसायीको अगुवाईमा विभिन्न स्थानीय क्लब लगायत स्थानीय सरकार समेतको मिलेमतोमा सिन्डिकेट लागु गरी श्रमिकमाथि अन्याय पार्ने काम भएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुली र अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाद्धारा संयुक्तरुपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पर्यटन श्रमिकहरुमाथि भएको अन्यायलाई मुखदर्शक भएर हेरेर बस्न नसकिने भन्दै…

Read More

नवलपरासी : पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् । किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत माग राख्दै आएका छन् । उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार उखु मिलले अघिल्लो वर्ष खरीद गरेको रकम किसानलाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । जिल्लाका इन्दिरा सुगर उद्योग, वाग्मती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिलबाट किसानले भुक्तानी पाउन बाँकी छ । वाग्मती चिनी मिलले २६ करोड रुपैयाँ, इन्दिरा…

Read More

काठमाडौँ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए । उनिहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए । सांसदले महालेखा परीक्षकको लेखा परीक्षणको प्रभावकारिताका सम्बन्धमा समेत चासो राखेका थिए । महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा…

Read More

काठमाडौँ: नेपाल खाद्य संस्थानले सुपथ मूल्य पसल संचालन गरेवापतको ९ करोड रुपैयाँ बक्यौता सरकारबाट उठाउन सकेको छैन। संस्थानको बारम्बारको ताकेता र पत्रसहित अनुरोध हुँदा समेत सरकारले खाद्यको बक्यौता रकम अझै निकाशा नगरेको संस्थानले जनाएको छ। यस्तो बक्यौता रकम २०६७/६८ सालदेखि आर्थिक वर्ष २०७३/७४ सम्म उठ्न सकेको छैन। सरकारको मातहतमा संस्थानहरुले सुपथ मूल्य पसल गर्दा उपभोक्तालाई छुट दिइएको रकम सरकारले सम्बन्धित निकायलाई भरपाई गर्नुपर्छ। सुपथ मूल्य पसल संचालनको सम्पूर्ण व्यस्थापनको तयारी र बजेटको व्यवस्था भने पहिले नै सम्बन्धित संस्थानहरुले गर्ने र पछि यसको भरपाई माग हुने गर्दछ। “सुपथ मूल्य पसल संचालन गर्दा दिइएको छुट कुनै वर्ष त दुई तीन करोड समेत…

Read More

काठमाडौँ: सरकारले नजिकिँदो चाडबाडलाई लक्षित गर्दै हरेक वर्ष संचालन गर्दै आएको सुपथ मूल्यका पसल यस वर्ष असोज १५ गतेदेखि संचालन गर्ने भएको छ। यसअघि असोज १२ गतेबाट संचालन गर्ने भनिए पनि विविध कारणले १५ गतेबाट मात्रै सुपथ मूल्य पसल संचालनमा गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको नेपाल खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले पहिलोक्लिकलाई बताए। ” यस अघि असोज १२ गतेदेखि संचालन गर्नेगरी तयारी गरिएपनि विविध कारणले गर्दा केहि दिन पछि सर्न पुगेको हो,” उनले भने। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहुलियत पसलहरु संचालन गर्नेछन्। सापकोटाका अनुसार यस…

Read More

काठमाडौँ :सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको उपयुक्त ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने भएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात वर्षसम्म आयोजनाले कुनै प्रगति नगरेको र पछिल्लो दिनमा आफँै आयोजनाबाट बाहिरिने सङ्केत गरेपछि सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी संलग्न रहेको एक कार्यदल गठन गरेको छ । सो कार्यदलले दिने सुझावका आधारमा आयोजना निर्माणको उपयुक्त ढाँचा तय गरिनेछ । यही असोज २ गते बसेको लगानी बोर्डको बैठकले उक्त कार्यदल गठन गरेको हो । चिनियाँ कम्पनी थ्री गर्जेजले उठाएका अधिकांश विषयमा सरकारले सहमति…

Read More

इलाम: नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भने, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” आज बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने । अहिले नेकपा नेतृत्वको दुईतिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे । नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी गर्नुभयो । “हामीले निर्माण…

Read More

पर्वत :नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु भएको छ । गत जेठ अन्तिम सातादेखि ¥याफ्टिङ बन्द गरिएकामा पर्यटक आउने क्रम शुरु भएकाले बुधबारदेखि शुरु गरिएको हो । सेप्टेम्बरको मध्यदेखि अक्टोबरको अन्त्यसम्म जलयात्रा सञ्चालन गर्दै आएकामा यसपटक एक साता ढिलो गरी शुरु भएको हो । वर्षाको समाप्तिसँगै असोजको पहिलो सातादेखि जलयात्राका लागि पर्यटक आउने क्रम बढेको छ । उक्त नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको पोखरास्थित स्वीसा ¥याफ्टिङ एण्ड टे«किङ टुरिजम कम्पनीका सञ्चालक देव रेग्मीको भनाइ छ । उनका अनुसार बुधबारदेखि ¥याफ्टिङ सञ्चालनमा ल्याइएको उक्त नदीमा जलयात्रा लामो, समथर र कम बहाब भएकाले विदेशी नागरिक अन्य नदीभन्दा…

Read More

काठमाडौँ: डा.गोविन्द केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको चालू अधिवेशनबाटै पारित नभए १६ औं अनशन बस्ने चेतावनी दिएका छन् । संसदको चालू अधिवेशनबाट विधेयक पारित नहुने संसदको स्वास्थ्य तथा शिक्षासम्बन्धी समितिका सभापतिको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै केसीले पुन: अनशन बस्ने चेतावनी दिएका हुन् । उनले अब हुने सत्याग्रह चिकित्सा शिक्षा र सेवा मात्र नभइ कुशासन गर्ने सबैविरुद्घको लडाइँ हुने बताए । ‘चालु अधिवेशन लम्ब्याएर वा जसरी होस् चिकित्सा शिक्षा विधेयक पारित भएन भने म १६ औं अनशन गर्न बाध्य हुनेछु’, केसीले कान्तिपुरसँग भने, ‘भोलि (बिहीबार) संसद् अधिवेशन अन्त्य गर्ने खेल हुँदैछ । चिकित्सा विधेयक पारित नगर्ने षडयन्त्र…

Read More