Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ :स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच आज भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको पहुँच गाउँगाउँसम्म पुगिसेकेको सन्दर्भमा विना शैक्षिक योग्यता तथा विना दर्ता उपचारमा सङ्लग्न भएमा बिरामीको ज्यान जोखिममा पर्न सक्ने हुँदा दफा २३० को उपदफा खारेज हुनुपर्ने लगायत चिकित्सकले भने अनुसार ऐन संसोधनका लागि सरकार तयार भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक सुशीलनाथ प्याकुरेल र सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहित सङ्घका उच्च नेतृत्वबीच आज भएको वार्तामा सङ्घले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन दुबै पक्षले सहमति…

Read More

काठमाडौँ : आज बिहानैदेखि अबरुद्ध भएको नेपाल टेलिकमको मोबाइल सेवामा सुधार आएको छ । टेलिकमको जीएसएम प्रि–पेड र पोस्टपेड मोबाइल सेवामा मंगलबार बिहान ६ बजेदेखि नै आएको खराबीमा २ घन्टापछि सुधार आएको टेलिकमले जनाएको छ । सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका थिए । यधपी, मोबाइल सेवामा पूर्ण रुपमा सुधार नआइसकेको र सुधारको लागि प्रयास जारीरहेको टेलिकमले जनाएको छ ।

Read More

काठमाडौँ : नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो । टेलिकमले मंगलबार बिहान ६ बजेदेखि प्रि-पेड र पोस्टपेड  मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि देशभरका मोबाइल फोन अवरुद्ध छन् । सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन् । यद्यपि, ल्यान्डलाइन भने पूर्ववत रुपमा सञ्चालन भइरहेको छ । टेलिकमले मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी दिएको छ ।

Read More

काठमाडौँ: वार्षिक न्यूनतम ३५ करोड रुपैयाँको आर्थिक नोक्सानी पारिरहेका चिनियाँ जहाज ल्याउन सिफारिस गर्ने को को थिए ? चीन सरकारले यही सिफारिसलाई देखाएर ती जहाज (६ वटै) नेपाल सरकारलाई किन्न दबाब दिएको थियो। यसरी सिफारिस नगरिएको भए ती जहाज नेपाल भित्रिँदैनथे र मुलुकलाई करोडौं रुपैयाँको घाटा पर्दैनथ्यो। बंगलादेशले पनि यही वाई १२ जहाज खरिद गर्न आफ्ना प्राविधिक टोली चीन पठाएको थियो। तर तिनले ठाडै अस्वीकार गरिदिएका थिए। तर, नेपालमा ठीक उल्टो भयो। चीनको एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेसन (एभिक इन्टरनेशनल) ले नेपाल वायुसेवा निगमलाई प्रस्तावित जहाजका प्राविधिक पक्ष अवलोकन गरिदिन निमन्त्रणा गर्‍यो। त्यसअनुसार निगमका ५ पाँच पदाधिकारी सम्मिलित टोलीले २०११ नोभेम्बर…

Read More

चितवन :पश्चिम चितवनमा स्कूल बसले किचेर आज एक बालिकाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको सनलाइट इङ्लिश स्कूलको ग१ख २२२५ नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत् पाँच वर्षिया बालिका सम्झना मिजारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोही वडाको लाहुरेचोकमा उक्त घटना भएको हो । स्कूलबाट विद्यार्थीलाई घर छोड्न हिँड्दा अपराह्न ४ः४० बजे सो दुर्घटना भएको हो । सोही बसमा आएकी मिजार बसबाट खसेपछि सोही बसले किचेको थियो । बसले किचेर घाइते भएकी मिजरको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले आगलागीका कारण क्षति पुगेको बालाजू सबस्टेसनको ट्रान्सफर्मको मर्मत गरिरहेको छ । सबस्टेसनमा रहेका २वटा २२.५ एमभिएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलानी भएको थियो । यसबाट बालाजू र महाराजगंजको बीचमा विद्युत आपूर्तिमा गडबढी भइरहेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले ट्रान्सफर्मरमा समस्या आउनसाथ प्राविधिक टोली खटिई मर्मत गरिरहेको जानकारी दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार सबस्टेसनको स्थलगत निरीक्षण गरी मर्मतसम्भारको काम छिट्टो सक्न निर्देशन दिएका थिए । ‘आगलागी भएको बुसिङ फेरी तेल हालिएको छ, लो भोल्टेज बुसिङमा पनि समस्या देखिएकाले त्यसलाई फेर्ने काम भइरहेको छ’,प्रवक्ता अधिकारीले भने,‘मर्मत सम्भारको काम…

Read More

काठमाडौँ : इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई आज यहाँ नगदसहित सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदसय सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्याराग्लाइडिङ खेलाडीलाई जनही रु पाँच लाख, खेल सङ्घलाई पाँच लाख रुपैयाँ, मुख्य प्रशिक्षकलाई रु तीन लाख र सहायक प्रशिक्षकलाई रु एक लाख ५० हजारसहित सम्मानपत्रद्वारा सम्मान गरे । इन्डोनेसियामा भएको १८ औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालले २० वर्षपछि रजत पदक जितेको थियो । पुरस्कृत हुनेमा विमल अधिकारी,…

Read More

काठमाण्डौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन फलदायी भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले भने, “बिम्स्टेक सम्मेलन आयोजना र निर्णय दुबैका दृष्टिले फलदायी भएको छ ।” प्रधानमन्त्री ओलीले नेपालमा उत्पादित विद्युत् अन्य देशलाई बिक्री गर्न विद्युतीय ग्रिड चाहिएको उल्लेख गर्दै यस विषयमा काम गर्न जल ऊर्जाको क्षेत्रमा सहयोगको आदानप्रदान गर्ने निर्णय सम्मेलनमा भएको छ भने । “जल ऊर्जाको विषयमा भारत र बङ्गलादेशसँग विशेष रुपमा केन्द्रित भएर छलफल भएको छ, जसबाट…

Read More

काठमाडौँ :सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले आज गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । मदिरा ऐनअनुसार निश्चित समय, उमेर समूह, स्थान र बिक्री स्थलसमेत तोक्ने भनिएअनुसार ऐनको प्रभावकारी कार्यान्वयन गर्न आदेशमा भनिएको छ । आदेशमा महिला हिंसाको मुख्य कारकका रुपमा मदिरा रहेको र मदिराको विज्ञापनमा समेत महिलाको प्रयोग हुने कार्य रोक्न भनिएको छ । जुरी नेपालका तर्फबाट अधिवक्ता विष्णुप्रसाद पोखरेलले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले सो आदेश जारी गरेको हो ।

Read More

काठमाडौँ :सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज विश्वकर्मालाई नुवाकोट जिल्ला अदालतको रोहोवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानूनी दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेकामा अदालतको गम्भीर सरोकार रहेको छ, निज विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहवरमा छाड्नू ।’ आदेशमा मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार तथा प्रमाण भए कानूनले रोक लगाएको नदेखिएको तर गैरकानूनी रुपमा राखेको भनी दुईपटक…

Read More