Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले घटेर २४८.४२ विन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद बिक्री भएका छन् । उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर आज ओरालो लागेको हो । उत्पादन समूहको शेयर १४.१७ विन्दुले बढेको छ । बैंकिङ १.०३, होटल ०.०४, विकास बैंक ११.५,…
रौतहट: रौतहटको लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले २१ जना भेटिएको र हराइरहेका ५ जनाको खोजी कार्य भइरहेको जनाएको छ । अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल रहेको प्रहरीले जनाएको छ । यीमध्ये ओमप्रकाश डुंगाका सहचालक हुन् ।
कञ्चनपुर:कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो । दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो । पाँच घण्टाका लागि कफ्र्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ ।
बागलुङ :स्थानीय तहमा बैङ्क पु¥याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् । ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो । सबैभन्दा बढी प्रभु बैङ्कले आठ स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ । प्रभुले गत महीना मात्र ताराखोला गाउँपालिकामा शाखा पु¥याएको थियो । बागलुङकै देवी भट्टचन अध्यक्ष रहेको प्रभु बैङ्क दशवटै स्थानीय तहमा शाखा खोल्ने तयारीमा छ । प्रभुपछि ग्लोबल आईएमई बैङ्कले चार स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ । बागलुङकै चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबलले पनि अन्य स्थानीय तहमा पनि शाखा पु¥याउने…
काठमाडौं: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सार्वजनिक बिदा दिने वा सवारी जोरबिजोर प्रणालीमा चलाउने टुङ्गो अझै लागेको छैन । जोरबिजोर प्रणालीबारे छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । ‘के गर्दा उपयुक्त हुन्छ भनेर हामी छलफलकै क्रममा छौँ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘सार्वजनिक बिदाभन्दा पनि विद्यालयहरु बिदा दिँदा सवारी आवागमन सहज हुन सक्छ ।’ विद्यार्थीको समस्यालाई ध्यान दिएर विद्यालय बिदा दिने तयारी भएको जानकारी दिँदै उनले सवारी व्यवस्थापनको विकल्पबारे छिटै टुङ्गो लाग्ने बताए । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । सम्मेलन आगामी बुधबार र…
थाहा (मकवानपुर): हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् । तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्राय: ले हाँस पालेकै हुन्छन् । यी बस्तीमा गोपाली समुदायको बसोबास उल्लेख्य छ । एकनासे घर भएका कुन्छाल बस्तीमा पुस्तौंदेखि नै कुखुरा पाल्ने चलन छैन । ‘भाले बास्यो भने गाउँमा रोगब्याधी लाग्ने, असिना परी बाली नष्ट हुने विश्वासले…
काठमाडौँ: आज जनै पूर्णिमा । जनै लगाउँनुको शाष्त्रिय महत्व तथा वैज्ञानिक कारण यस्ता छन् जनै लगाउँने मन्त्र यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।। पुरानो जनै त्याग गर्ने मन्त्र एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया । जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। पुरानो जनै त्याग्ने निर्णय सूतके मृतके चैव गते मासचतुष्टये । नवयज्ञोपवीतानि धृत्वा जीर्णनि संत्यजेत् ।। यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी,महाराजा जनक, माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा, माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति…
काठमाडौं: सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई १० रुपैयाँ राहत दिने निर्णय गरेको छ । पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई पनि १० लाख राहत दिइने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए। शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको हो । खुनालाई सहिद घोषणा गरेको छ । घाइतेहरुको निःशुल्क उपचार गर्ने र अंगभंग भएकालाई आर्थिक सहायता दिइनेछ । साथै निर्मला हत्याबारे छानविन गर्न सहसचिवको नेतृत्वमा बनेको समितिलाई नै गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिएको…
काठमाडौँ :प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य रहने गरी महासमिति बैठकको मूल तयारी समितिसमेत गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महासमिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार गर्न उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति गठन गरिएको छ । महासमिति बैठकमा…
काठमाडौँ: रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिँदा कम्तिमा ३५ जना मानिस बेपत्ता भएका छन्। तिकुलिया घाटस्थित नदीमा शनिबार साँझ डुंगा पल्टिँदा बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बन्जराबाट तिकुलिया आउँदै गरेका यात्रु डुंगा पल्टिएपछि हराइरहेका हुन्। घटनास्थलमा पुगेका प्रहरीका अनुसार बेपत्ताहरुको खोजी भइरहेको छ। रात परेकोले खोजीमा कठीनाइ भएको उनले बताए। डुंगामा सबार मध्ये ५ जना पौडेर निस्किन सफल भएको जानकारी आएपनि तिनीहरुको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।