Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
- ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन
- लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: यो सात सेयरबजारमा ठुलो गिरावट आएको छ । कारोबार भएको पाँचैदिन नेप्से परिसूचकको साथै कारोबारमा कमि आउदा लगानीकर्ता थप निराश भएका छन् । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलब २५ अंकले घटेर अन्तिम दिन १ हजार १८० दशमलब ६३ अंकमा पुगेको छ । पूँजी बजारमा यो साताभर कुनै सुधार देखिएन । आइतबार नेप्से एक दशमलब ४३ अंक, सोमबार शुन्य दशमलब २१ अंकले , मंगलबार एक दशमलब ४६ अंक, बुधबार शुन्य सशामलब ८९ अंकले र बिहिबार ६ दशमलब ६९ अंकले घटेको थियो । यससाता होटल र ब्यापार समूह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबै…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइन(ग्रीड)मा जोड्न स्वीकृति दिएपछि ग्रामीण क्षेत्रमा निर्माण भएका लघुजलविद्युत् आयोजनाहरु प्राधिकरणसँग विद्युत् खरीद सम्झौता भई धमाधम ग्रीडमा जोडिन थालेका छन् । प्राधिकरणको बोर्डले २०७१ साउनमा १०० किलोवाटमुनिका लघुजलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारणलाइनमा जोड्न सकिने निर्णय गरेपछि चारवटा आयोजना ग्रीडमा जोडिएका हुन् । प्राधिकरणले हाल चार आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणका अनुसार धनकुटा लेगुवा खोलाको ४० किलोवाट, नुवाकोट स्याउरेभूमे खोलाको २३ किलोवाट, ताप्लेजुङ सेगुवा खोलाको ९० किलोवाट र लमजुङ मिदिम खोलामा निर्माण भएको सय किलोवाटको पिपिए गरिएको छ । यी सबै आयोजनाको विद्युत् ११ केभी लाइनमा जोडिएको…
काठमाडौँ: सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिए । ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
काठमाडौं: विवादमा तानिएको प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको शव परिवारलाई जिम्मा लगाइएको छ । शुक्रवार साँझ परिवारसँगको सहमतिपछि पोष्टमार्टम गरिएको नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङको शव परिवारको जिम्मा लगाईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले पहिलोक्लिकलाई जानकारी दिए । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमा अजय र गोपालका मृत्युको कारण ‘बुलेट इन्जुरी’ देखिएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले गोपालको शरीरबाट ३ ओटा गोली निकालेका छन् । ११ वटा गोली लागेको गोपालको शरीरमा गोलीका कारण १९ ओटा प्वाल परेको भेटिएको छ । त्यस्तै अजय तामाङको शरीरमा ४ ओटा गोली लागेको र शरीरका ११ स्थानमा प्वाल परेको पोष्टमार्टमा…
रोल्पा: रोल्पा सिमेन्ट प्रालि र स्थानीय ट्रिपर व्यवसायीबीचको असमझदारीका कारण बन्द रहेको रोल्पा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । उद्योगसँग भएको सम्झौता बमोजिम आफूहरूले उद्योगको सामान ढुवानी गर्न पाउनुपर्ने माग राखी ट्रिपर व्यवसायीले १० दिनदेखि आन्दोलन गरेका कारण उद्योग बन्द भएको थियो । लगातार सात दिन उद्योग बन्द भएपछि त्रिवेणी गाउँपालिकाले दुवै पक्षसँग छलफल गरी उद्योग सञ्चालनको वातावरण मिलाएको हो । गत असारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायतको उपस्थितिमा उद्योग र स्थानीयवासीबीच भएको सम्झौतामा स्थानीय ट्रिपर व्यवसायीलाई काम लगाउने उल्लेख भएको व्यवसायीले बताएका छन् । सम्झौता तत्काल कार्यान्वयन गर्ने भनिए पनि लामो समयसम्म काम लगाउन उद्योगले तत्परता नदेखाएकाले…
तुलसीपुर:तुलसीपुर उपमहानगरपालिकाले असार महिनामा योजना सम्पन्न गर्ने प्रवृत्ति अन्त्य गर्ने निर्णय गरेको छ । अधिकांश बजेटको कार्यान्वयन असारमा हुने र आर्थिक वर्षको अन्तमा विकास र निर्माणका कार्यमा तदारुकता देखाउने गरेकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो । “पैसा फ्रिज हुन नदिनका लागि मात्रै योजना सम्पन्न गर्ने प्रवृत्तिको हामीले अन्त गर्न खोजेका हौँ ।”, उपमहानगरप्रमुख घनश्याम पाण्डेले भने । उनले छिटो गरिएका विकास तथा निर्माणका काम दिगो र प्रभावकारी नहुने भन्दै समयमै योजना सम्पन्न गर्नका लागि उपमहानगरपालिकाको ४० औँ कार्यपालिका बैठकबाट प्राथमिकताका आधारमा योजनाको वर्गीकरण गरेर काम गर्ने योजना अगाडि सारेको बताए । कार्यपालिका बैठकले गरेको निर्णयअनुसार योजनालाई तीन चरणमा विभाजन गरिने…
काठमाडौँ: राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बतयेका छन् । असल शासन फाउण्डेशनले (गोगो) हिजो शुक्रबार आयोजना गरिएको ‘नागरिक संस्थाहरुको दिगोपन सूचक मापन सार्वजनिक र ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ वितरण समारोहमा उनले राजनीतिमा अपराध बढेका कारण पत्रकारमाथि खतरा रहेको बताए । अध्यक्ष शर्माले मुठभेडमा व्यक्तिलाई गोली हानी मार्ने पद्धति न्याय विपरीत रहेको बताउँदै मानवअधिकार उल्लङ्घन हुँदा नागरिक सङ्घसंस्था चुप लागेर बस्न नहुने धारणा व्यक्त गरे । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलियाले जनता र सरकार बीचको अन्तरसम्बन्धलाई जोड्ने काम नागरिक संस्थाले गर्नुपर्ने उल्लेख गर्दै संविधानमा उल्लेख भएका…
काठमाडौं: पहिलोपटक जंगबहादुर राणा र दोस्रोपटक राजा महेन्द्र शाहका पालामा बनेको मुलुकी ऐनमा व्यापक फेरबदल गरी नयाँ ऐन आउँदैछ । आजको राजधानी दैनिकमा समाचार छ । आगामी भदौ १ देखि लागू हुने नयाँ ‘मुलुकी देवानी (संहिता)’ र मुलुकी अपराध (संहिता) ऐन लागू हुँदैछ। योसँगै १६५ वर्षदेखि अस्तित्वमा रहेको कानुन खारेज भई नयाँ कानुन लागु हुनेछ । राजा सुरेन्द्रविक्रम शाहको पालामा शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणाले पहिलोपटक मुलुकी ऐन बनाएर लागु गरेका थिए । यसको व्यावहारिक कार्यान्वयन राजा महेन्द्रको पालामा २०२० सालबाट भयो । यति लामो इतिहास बोकेको कानुन अबो एक सातापछि परिमार्जनसहित कार्यान्वयन हुन लागेको हो । नेपालको पारिवारिक कानुनमा समयसापेक्ष…
काठमाडौँ: तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड गोडधुवा दिन खोजेको खुलासा भएको छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ । पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक विमान विद्रोह मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो । ‘टोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खुड्केलोमा राखेर गोडा धुने रे ! अर्कोले मलाई छेउमै बोलाएर भन्यो, बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ ।’ सुवेदीको पुस्तकमा उल्लेख छ, ‘लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।’ पुस्तकको यो प्रसंगले ठूलो मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलई प्रभावमा पार्न दिइने प्रलोभन र दबाब उजागर गरेको…
रत्ननगर :चितवनको नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडाँै जाँदै गरेको एमएच(४२(टी (०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको…