Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
- बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सुचारु
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
- माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन
- उद्धारमा खटिएका हेलिकप्टरलाई ४० हजार ८४० लिटर हवाई इन्धन
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: वेस्ट इन्डिजसँगको ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपाल आज सोमबार दोस्रो खेल खेल्दै छ। यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ। पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १९ रनको कीर्तिमानी जित निकालेको नेपाली टोली लगातार दोस्रो जित हात पार्न चाहन्छ। युनिटी कप नाममा भइरहेको सिरिजमा नेपाली टोली लगातार दोस्रो जित निकाल्दै इतिहास कायम गर्न चाहन्छ। नेपाली टोलीले आजको खेलमा वेस्ट इन्डिजलाई पराजित गरे तीन खेलको सिरिज एक खेलअगावै आफ्नो पक्षमा पार्नेछ। नेपाली क्रिकेट इतिहासमा राष्ट्रिय टोलीले पहिलो पटक पूर्ण टेस्ट मान्यता प्राप्त टोलीसँग प्रतिस्पर्धा गरेको हो। उता पहिलो खेलमा नेपालसँग पराजित वेस्ट…
काठमाडौँ: जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो। परिवारका अनुसार पोस्टमार्टमका लागि अहिले उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ। उनको टाउको पछाडिको भागमा गोली लागेको थियो। जेनजी आन्दोलनका क्रममा यसअघि ७५ जनाको मृत्यु भइसकेको छ।
काठमाडौँ: गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए। उनका अनुसार बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको हो। गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन्। गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको र्याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। “गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्याएपछि आजै साँझ हर्षबढाइका साथ…
काठमाडौँ । काठमाडौँको भीमसेनस्थानमा सोमबार बिहानै आगलागी भएको छ। काष्ठमण्डप नजिकै रहेको उक्त घरमा बिहान ३ बजेदेखि एउटा घरमा आगो लाग्न सुरु भएको थियो। दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको भए पनि आगलागी नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। आगो निभाउनका लागि दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका टोलीहरू खटिएका छन्। आगलागीको कारण भने हालसम्म खुलिसकेको छैन।
काठमाडौँ: आज (सोमबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको क्रम जारी रहने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएराति पनि देशका विभिन्न स्थानमा पानी परेको छ। ‘खासगरी बागमती र गण्डकी प्रदेशका भूभागमा वर्षा भएको छ’, उनले सोमबार बिहान नेपालखबरसँग भने, ‘एक/दुई ठाउँमा भारी वर्षा पनि भएको छ।’ मौसमविद् अधिकारीका अनुसार आज बिहानीपख काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ। तर अहिले बिस्तारै रोकिने क्रममा रहेको उनले बताए। ‘बिहान साढे ४ बजेदेखि काठमाडौँ उपत्यकामा पानी परेको हो’, उनले भने, ‘अहिलेचाहिँ लगभग रोकिएको अवस्था छ।’ उनका अनुसार अब केही घण्टा पानी पर्ने…
काठमाडौँ:एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जना विदेश जान नपाउने भएका छन्। विदेश जान रोक लगाइएकामा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल छन्। जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेका कारण अनुसन्धानको दायरामा रहेको भन्दै न्यायिक जाँचबुझ आयोगले उनीहरूको यात्रा सीमित गरिदिएको हो। अब उनीहरूले उपत्यकाबाहिर जान पनि आयोगको अनुमति लिनुपर्नेछ। ‘भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित…
काठमाडौँ: नेकपा एमालेलाई पुनर्गठन गरेर जानुपर्ने पक्षमा बहुमत सचिवालय सदस्य एकै ठाउँ उभिएका छन्। उनीहरूले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर महाधिवेशनमा जानुपर्ने धारणा राखे। जेन–जी आन्दोलनकै कारण सत्ता छोड्न बाध्य भएका अध्यक्ष ओलीले आइतबार भक्तपुरको गुन्डुमा पहिलो सचिवालय बैठक राखेका थिए। बैठकमा अधिकांश सचिवालय सदस्यले पार्टी पुनर्गठन गरी तत्काल महाधिवेशनमा जानुपर्ने माग गरे। जेन–जी आन्दोलनले एमालेलाई क्षति पुगेको भन्दै ओलीले मार्ग प्रशस्त गर्नुपर्ने उनीहरूको माग छ। तर, त्यसमा ओली र उनी पक्षका नेता सहमत भएनन्। ‘पार्टी नयाँ ढंगले जानुपर्छ। हिजोको तरिकाले हुन्न भनेर साथीहरूले कुरा उठाउनुभयो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘पार्टीको समग्र पुनर्गठनको कुरा भएको छ। अध्यक्ष केपी शर्माले…
काठमाडौँ । जेनजी प्रदर्शनमा आगजनीमा परेकी थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज स्थित पूर्व सांसद अनिल रुङ्गाटाको घरमा आगजनी हुँदा त्यहाँ काम गर्ने कौशिला देवी दुसाद्नीको उपचारको क्रममा मृत्यु भएको हो । ४५ वर्षीया कौशिलादेवीको कीर्तिपुर स्थित बर्न अस्पतालमा बिहीबार मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । प्रदर्शनकारीले भदौ २४ मा रुङ्गाटाको घरमा आगजनी गरेका थिए । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७५ पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका सङ्ख्या ७३ पुगेको डीआईजी घिमिरेले बताए । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय,…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको बताइन् । उनले जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन आगामी निर्वाचनबाट आउने संसद्ले गर्ने बताइन् । त्यसका लागि निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवालमा उनले आग्रह गरिन् ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा भएको शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताएकी हुन् । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत मतदानको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । योग्य र सक्षम जनप्रतिनिधि छनोट गर्न सबै नागरिकलाई आग्रह गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई एकताबद्ध हुन आह्वान गरिन् । हालै भएको युवा पुस्ताको आन्दोलनलाई ‘अभूतपूर्व’ प्रदर्शनको संज्ञा दिँदै प्रधानमन्त्री…