Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने वताउनु भएको छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको वताउँदै सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने वताउनु भएको हो । कोभिड– १९ को महामारी पश्चात् यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आएको यातायात ब्यवसायी र मजदूर संगठनका नेताहरुको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सवै क्षेत्रका समस्या राज्यले हेर्नु पर्ने भएकाले आफ्नो सामथ्र्य अनुरुप समाधानमा अग्रसर रहने वताउनु भयो । ‘कोभिड–१९ को…
काठमाडौं: यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यातायात क्षेत्रको वर्तमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान प्रचण्डलाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । व्यवसायी तथा मजदुरले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, यातायात मजदुरलाई स्वास्थ्य सामग्री तथा पिपिइ व्यवस्था मिलाउन मागसमेत गरेका छन् । भेटमा नेपाल यातायात…
सङ्खुवासभा: सङ्खुवासभाको शिलिचोङ–१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा बिस्थापित भएकालाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । शिलिचोङ–१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि टेन्ट र शौचालय निर्माण गरिदिएको हो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका विस्थापित ८२ घरका ३८० जनालाई अस्थायी बसोबासका लागि प्रदेश नं १ सरकारले मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामग्री बुधबारे बजारमा पुर्याएको थियो । सामग्री पुगेसँगै सेनाले टेन्ट निर्माण गरेको हो । विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने र थप राहत र उद्धारको कामलाई प्रभावकारी र सहज बनाउने शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले बताए । अस्थायी बसोबासका लागि…
काठमाण्डौं: नेपाल सिमेन्ट उत्पादक संघले आज (साउन १ गते) देखि नगदमा मात्रै सिमेन्ट बिक्री गर्ने निर्णय गरेका छन्। नेपालमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगीहरूको सिमेन्ट बिक्रीको पुरानो बक्यौता उठाउन बाँकी रकम नै करिब खर्ब पुग्न लागेपछि बिक्री कारोबार नगदमा गर्नुपर्ने सहमति गर्दै उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेका हुन् । संघका अध्यक्ष ध्रुव थापाले उद्योगहरुबीच उधारो, मूल्य, बोनस र कमिसनमा नै अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि यस्तो निर्णय गरिएको बताए। संघको बैठकले निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई उधारो दिनुपर्ने भएमा अनिवार्य रुपमा बैंक ग्यारेन्टी वा एलसी लिई मात्र दिनुपर्ने छ। र यस्तो उधारोको लिमिट (बैंक ग्लारेन्टी-विजी) र एलसी भित्र रही अधिकतम उधारो…
सिन्धुपाल्चोक, १ साउन (रासस) : गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ । पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन ।
दमौली, १ साउन (रासस) : तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ । पहिराले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजीकार्य जारी राखिए पनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सहसेनानीका नेतृत्वमा सेना परिचालित छ । सेनाको टोलीले घरभन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम…
भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ७ नयाँ जनामा संक्रमण पुष्टि भएको छ । एकदिनमा भेटिएको यो हालसम्मको सर्वाधिक संख्या हो । यसअघि मंगलबार २९ हजार ९ सय १७ संक्रमित भेटिएका थिए भने सोमबार २८ हजार १ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यो आँकडा कोभिड१९इन्डिया डट ओराजी अनुरुप हो । यस्तै, बुधबार बिहारमा भाजपाका प्रदेश अध्यक्ष संजय जायसवाल संक्रमित भेटिए । यसका साथै दुई दिनभित्र भाजपा कार्यलयमा २५ जनामा संक्रमण देखियो ।
काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदबाट विवेक झाले विश्राम लिएका छन् । लगातार दुई कार्यकाल ८ वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सीइओ भएर सफलता साथ कार्यकाल पुरा गरेर झा नेपाल लाइफबाट बाहिरिएका छन् । नेपाल लाइफ इन्स्योरेन्सले २०६९ साल साउन १ गते झालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ८ वर्षको कार्यकालमा झाले नेपाल लाइफलाई जीवन बीमा कम्पनीहरुमा सबै सूचकमा पहिलो कम्पनी बनाउन सफल भए । झा नेपाल लाइफमा २०६७ साल भदौ १ गते प्रवेश गरेका थिए । संचालक समितिले नेपाल लाइफ इन्स्योरेन्सको कामू सीइओको जिम्मा सन्तोष प्रसाईलाई दिएको छ । चाटर्ड एकाउन्टेन्ट समेत रहेका प्रसाई नेपाल…
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानमा उल्लेख भए अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ। यसैगरी, देशभर आँशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानहरुमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ । बिहीबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ । त्यस्तै, राति देशभर सामान्य बदली रही केहि…
काठमाडौं: अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ। विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए। त्यसपछि बिचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन (नातेदार) भिसा जारी गरेको खुलेको छ। तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड विभागसँग छ। केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड भने अध्यागमनसँग छ। त्यसकै आधारमा विभागले काफ्लेमाथि छानबिन थालेको हो। रिलेसन भिसा पाउन स्थानीय तहले…
