Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

मेलम्ची, ३०असार (रासस) :बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ । बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो । जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको काँग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिनुभयो । बाढीपीडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो । काँग्रेसले बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ । काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे–५ जम्बुमा…

Read More

काठमाडौं: सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन । नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा अनिवार्य विषय थप गरिए पनि त्यसको अध्यापनका लागि आवश्यक पर्ने हजारौँ जनशक्तिका बारेमा तयारी गर्न बाँकी रहेको पाइएको छ । नयाँ पाठ्यक्रम अध्यापनका लागि विद्यालयमा स्नातकोत्तर तह उत्तीर्ण शिक्षक चाहिन्छ । हाल स्नातक तहको जनशक्तिले कक्षा १० सम्म अध्यापन गराउँदै आएका छन् । माथिल्लो कक्षामा पढाउन माथिल्लो शैक्षिक योग्यता भएको जनशक्ति चाहिने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सम्बद्ध व्यक्तिहरूले आँैल्याएका छन् ।…

Read More

सप्तरी: भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ । लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पुर्‍याएको छ । भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ…

Read More

काठमाडौं:सबै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना नगरेमा कोरोनाभाइरस महामारीको संकट झनै खराब भएर जान सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । ‘मलाई सोझो भन्न दिनुहोस्, धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन्, भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेबे्रससले जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन् । ‘आधारभूत कुराहरुलाई पालना गरिएन भने, एउटै मात्र कुरा के हो भने यो महामारी जारी रहनेछ, यो झनै खराब, खराब र खराब बन्दै जानेछ । तर यो यस किसिमले हुनुहुँदैन,’ उनले भनेका छन् । ‘धेरै नै मुलुकहरु गलत…

Read More

काठमाडौं: आज (मंगलबार) देखि वर्षा केही कम हुने मौसमविद्ले अनुमान गरेका छन्। यसअघि नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा केही दक्षिण (भारततर्फ) सरेकाले हिजो/अस्तिको तुलनामा वर्षाको मात्रा केही घट्ने अनुमान मौसमविद्ले गरेका हुन्। न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले केही दिनयता देशभर वर्षा व्यापक भएको थियो। याे रेखा जति नजिक भयाे, उति वर्षाकाे मात्रा बढ्ने माैसमविद् बताउँछन्। तर अहिले नेपालबाट याे रेखा केही तल सरे पनि याे तल माथि गरिरहने भएकाले पुन: माथि अर्थात् नेपाल नजिक आउने सम्भावना पनि रहने मौसमविद् बताउँछन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने…

Read More

काठमाडौं: डिसहोमले सर्वसाधरणका लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनीले सोमबार (आज) धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चुक्तापुँजीको १०.६० प्रतिशत बराबरको सार्वजनिक सेयर निष्काशन गर्न लागेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । ‘हामीले ३/४ वर्ष सेयर निष्काशनको प्रक्रिया थालिसकेका थियौं, तर सोचिएको समयमा प्रक्रिया अगाडि बढ्न सकेको थिएन,’ आचार्यले क्लिकमाण्डूसँग भने, ‘तर आज धितोपत्र बोर्डमा आवेदन दिएर सेयर निष्काशनको औपचारिक प्रक्रिया शुरु गरेका छौं ।’ कम्पनीले निष्काशन गरेको सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले किन्न पाइन्छ । कम्पनी सेयर निष्काशन तथा…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिए नेकपाले हासिल गरेको उपलब्धि गुम्ने बताएका छन् । सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले अहिले जसरी ओलीले सरकार सञ्चालन गरिरहे प्राप्त उपलब्धी गुम्ने बताए । उनले भने, ‘नयाँ ढंगले नसोची हुँदैन। सुधार नगरी हुँदैन। त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ । अन्यथा जनमत समाप्त हुन्छ ।’ नेता खनालका अनुसार ओलीले कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल नगराई एकलौटी ढंगले गर्ने गरेको आरोप लगाए । उनले अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा सुन्दर यातायातले मंगलबारदेखि चार वटा विजुली बस सञ्‍चालन गर्ने भएको छ। यातायातले सोमबार विज्ञप्ति जारी गर्दै लकडाउन अगाडिकै भाडादरमा चारवटा बिजुली गाडी चलाउने जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ देश तथा विदेशभर कोरोना भइरहेको अवस्थामा सुन्दर यातायातले प्रत्‍येक यात्रुको ज्वरो परीक्षण गरेर मात्र यात्रुलाई सवार गराइनेछ। यसका साथै सम्पूर्ण सुरक्षाको जिम्‍मेवारी लिँदै यात्रुलाई सेनिटाइजर, मास्क उपलब्ध गराउनेछ।’ यसका साथै हरेक एक राउण्डमा बसलाई डिसइन्फेक्शन गरिनछ भने चालक र सह-चालकलाई छुट्टै पञ्‍जा, सेनिटाइजर, पीपीइ, बुट र मास्क उपलब्‍ध गराउने यातायात प्रालिले जनाएको छ। यसका साथै सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइकन पुरानै भाडादरमा यात्रा…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नयाँ लाइसेन्स रोक्ने भएको छ। । आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति मार्फत लघुवित्त वित्तीय संस्थाको इजाजत बन्द गर्ने राष्ट्र बैंकले जनाएको छ । आगामी मौद्रिक नीतिका विषयमा अर्थ समितिले सोमबार आयोजना गरेको छलफलमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको लाइसेन्स पूर्ण रुपमा बन्द गरिने जानकारी दिए। साथै उनले इजाजतको लागि पाइपलाइनमा रहेका लघुवित्तलाई समेत लाइसेन्स नदिने राष्ट्र बैंकको नीति भएको प्रष्ट पारे। राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थाको लाइसेन्स पहिल्यै रोकिसकेको छ । हाल ९१ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा आइसकेका छन्। झण्डै एक दर्जन संस्था आवेदन…

Read More

काठमाडौं:सोमबार एकैदिन १७ सय जना कोरोना संक्रमित व्यक्ति उपचारपछि डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा एक हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यो अहिलेसम्म २४ घण्टाको अवधिमा धेरै डिस्चार्ज भएको संख्या हो। योसँगै डिस्चार्ज हुने संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको छ। अब आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित छन्। यो तथ्यांकलाई हेर्दा ६१ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्। सरकारले १४ दिन अस्पताल बसेका र लक्षणविहीन संक्रमितलाई परीक्षणबिना पनि घर पठाउन सक्ने नयाँ निर्देशिका जारी गरेपछि डिस्चार्ज हुनेको संख्या ह्वात्तै…

Read More