Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् । बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो । डीएसपीबाट एसपीमा बढुवा हुनेमा पहिलो नम्बरमा तुलबहादुर कार्की रहेका छन् । त्यस्तै क्रमशः दोस्रोमा होबिन्द्र बोगटी तेस्रोमा बेद विष्ट र चौथोमा राकेश सिँह रहेका छन् । यस्तै क्रमशः राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजज सिंह थापा, महेन्द्र…
काठमाडौँ: नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने भएको छ । प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतमा उनलाई उपस्थित गराएर म्याद थप माग गर्ने तयारी गरेको छ । प्रधानमन्त्री, मन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा उपाध्यायलाई साइबर ब्यूरोको टोलीले बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो । साइबर ब्यूरोका एक प्रहरी अधिकारीका अनुसार उपाध्यायमाथि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप छ । उपाध्यायविरुद्ध ३ ठाउँबाट उजुरी आएपछि अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए ।
काठमाडौं: भारतले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेका हुन् । भारतले उपलब्ध गराएको औषधिहरूमा ३.२ लाख डोज पारासिटामोल र २.५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विन समेत गरी कुल ८.२५ लाख डोज छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत २ गते सार्क राष्ट्रका नेताहरूसँग भिडियो कन्फ्रेन्स गर्दै सार्क कोभिड-१९ आपतकालीन कोष स्थापना गर्ने घोषणा गरेका थिए । उक्त कोषमा भारतको तर्फबाट १० मिलियन अमेरिकी डलर प्रदान गर्ने बाचा गर्दै मोदीले सबै छिमेकी मित्र राष्ट्रहरूलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता…
काठमाडौं: बन्दाबंदीको एक महिनामा आइपुग्दा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् । मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना -११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो । संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता…
भैरहवा: लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कृषि एम्बुलेन्स सुरु भएको छ । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा मंगलबारदेखि भैरहवामा कृषि एम्बुलेन्स सुरु भएको हो । किसानले उत्पादन गरेका तरकारी अहिले त्यत्तिकै खेर गएको अवस्थामा कृषि मन्त्रालयसँग जनउत्थानले समन्वय तथा सहकार्य गरेर किसानले उपलब्ध गराउने मूल्यमा नै उपभोक्ताहरुलाई तरकारी वितरण गरिएको सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो । किसानले उपलब्ध गराउने मूल्यमा जनउत्थानले सहजीकरण गरेर टिकुलीगढ, पश्चिम अमुवा, मर्चवार, शुद्धोधन लगायत ग्रामीण क्षेत्रबाट ताजा हरियो तरकारी भैरहवा ल्याएर वितरण गरिने उहाँले बताउनुभयो । “सिद्धार्थनगर नगरपालिका भारतीय सीमासँग…
काठमाडौं:एकैपटक ११ जना स्थानीयवासीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उदयपुरको भुल्के तथा आसपासको क्षेत्रमा त्रास बढेको छ । यसअघि १३ जना भारतीयमा संक्रमण फैलिएको भुल्केमा मंगलबार थप ११ जना स्थानीयवासीमै एकैपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिकाको ३ नम्बर वडा शिल गरिएको छ । सो क्षेत्रका ६५० जनाको स्वास्थ्य परीक्षणको तयारी गरिए पनि स्वास्थ्य परीक्षणका लागि आवश्यक सामग्री नहुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख नवराज सुवेदीकाअनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव भएको छ । भुल्के…
काठमाडौं: नेपाली काँग्रेसका करिब एक दर्जन युवा केन्द्रीय सदस्यले सोमबार सरकारले जारी गरेका दुई अध्यादेश समयको संवेदनशीलता र परिस्थितिको गाम्भीर्यताअनुरुप नभएको उल्लेख गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाईंले आज एक वक्तव्यमार्फत मुलुक कोरोना भाइरस सङ्क्रमणको सङ्कटमा रहेका बेला संविधानको मर्मविपरीत जारी गरिएको आरोप लगाएका हुन् । उनीहरुले अध्यादेशहरु नेपाली जनताको लामो सङ्घर्षबाट जारी भएको संविधान तथा संविधानले स्थापित गरेको व्यवस्था र लोकतान्त्रिक राजनीतिक प्रणालीभन्दा बाहिर रहेको तर्क गर्दै विरोध जनाएका छन् । उनीहरुले यस अवस्थामा आफ्नो…
लण्डन: बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भई हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।
रुपन्देही: पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो । बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो । दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द…
काठमाडौँ: भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि १९ हजार नौ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि एक हजार तीन सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जनाको मृत्यु भइसकेको छ । भारतको…
