Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
मोरङ: सुदूरपश्चिम प्रदेशमा वडा सम्मेलन नभएको अभिव्यक्तिलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलसँग जवाफ माग्ने बताएका छन्। विराटनगरमा प्रेस चौतारी मोरङले मंगलबार गरेको पत्रकार सम्मेलनका क्रममा ओलीले रावलसँग जवाफ माग गर्ने बताएका हुन्। उपाध्यक्ष रावलले केही दिनअघि सुदूरपश्चिमका कुनै जिल्लामा वडा अधिवेशन नभएको जिकिर गरेका थिए। ‘एक दुईजनाले के भन्छन् त्यसको कुनै मतलब भएन’, पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘उहाँ (भीम रावल)ले किन त्यस्तो भन्नुभयो? म सोध्छु, जवाफ माग्छु।’ फरक प्रसंगमा ओलीले अहिलेको संसद्ले पनि कुनै काम गर्न नसकेको जिकिर गरे। ‘हामी सरकारमा छँदा एकजना सांसद उभिँदैमा व्यवधान खडा भएकाले संसद स्थगित हुन्थ्यो,’ओलीले भने, ‘अहिले एमाले जस्तो…
काठमाडौं: विवादमा तानिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोसैले सडकबाट माग्दैमा राजीनामा नदिने धारणा राखेका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा आफ्नो कुरा राख्दै जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका हुन्। ‘विवादमा अरु पनि होलान, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले अडान लिए। उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअधियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ । भेटपछि…
काठमाडौँ: दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नेकपा एमालेले आज (मंगलबार) देशभर पालिका (गाउँ/नगर) अधिवेशन गर्दै छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज एकसाथ देशभरका स्थानीय तहमा अधिवेशन गरिने भएको हो। अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे माइतिघरस्थित पार्टी केन्द्रीय कार्यालयबाट पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ। यसअघि शनिबार एमालेले देशभर एकसाथ वडा अधिवेशन सम्पन्न गरेको छ। बेमौसमी वर्षाका कारण बाढी र पहिरोले गर्दा केही वडामा भने अधिवेशन गर्न बाँकी छ। तिनमा क्रमश: यही कात्तिक १५ गतेभित्र वडा अधिवेशन सम्पन्न गरिने कार्यालय सचिव तामाङले जानकारी दिएका छन्।
काठमाडौँ: मंगलबार बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ । दिउँसो देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।
काठमाडौं: कोभिड प्रभावितलाई १० हजार बाँड्ने कार्यविधि स्वीकृत भएको छ। अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले सोमबार कार्यविधि स्वीकृत गरेको हो। मन्त्रालयले यसअघि पठाएको प्रस्तावमा सुधार गर्नुपर्ने भन्दै फिर्ता पठाएको थियो। थप परिमार्जन सहित पठाइको प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको हो। यो कार्यक्रमको लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रतिस्थापन विधेयकमा असोज १५ गते नै प्रभावित परिवारलाई रकम बाँड्ने भनिएपनि कार्यविधि तयार नहुँदा रोकिएको थियो। यो कार्यक्रमा विशेषगरी कोभिड महामारीबाट रोजगारी गुमाएका कुनै पनि सामाजिक सुरक्षाले नसमेटेका घरपरिवार समेटिने छन्।
काठमाडौँ: एएफसी यू–२३ एसिया कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल इरानसँग हारेको छ। ताजकिस्तानस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा साेमबार भएको प्रतिस्पर्धामा नेपाललाई बलियो इरानले ४–० गोलअन्तरले जितेको हो। पहिलो हाफसम्म खेल गोलरहित बराबरी रहे पनि दोस्रो हाफमा कमजोर प्रदर्शन गरेपछि नेपाल इरानसँग हारेको हो। दोस्रो हाफदेखि नेपालले एकोहोरो गोल खाएको हो। फिफा वरीयतामा एसियाको शीर्ष स्थानमा रहेको इरानले ४७, ७७, ७९औं र थपिएको ३ मिनेटमा नेपालविरुद्ध लगातार गोल हानेको हो। इरानका हुसेनले २, मेहदी र यासिनले १/१ गोल गरेका हुन्। समूह बीअन्तर्गत नेपाललाई हराउँदै इरानले विजय सुरुवात गरेको हो। जितसँगै इरानले ३ अंक प्राप्त गरेको छ। नेपाल भने अंकविहीन भएको…
लमजुङ, ८ कात्तिक (रासस) : पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ । भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए । मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प जाँदा त्रसितका कारण सर्वसाधरणहरू घरबाहिर निश्केका थिए ।” –––
काठमाडौँ, ८ कात्तिक (रासस) : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले निगमका पूर्व कर्मचारीसमेत रहनुभएका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निगमका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामालाई स्वीकृत गर्दै नयाँ कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताउनुभयो । नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले रासससँग सङ्क्षिप्त कुराकानी गर्दै राष्ट्रिय ध्वजावाहकको मर्यादा र प्रतिष्ठा बढाउने गरी काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निगमको विभिन्न विभागको जिम्मेवारीमा रहेर लामो समय सेवा गरेको व्यक्ति भएकाले आज…
काठमाडौँ: सरकारले बेमौसमी वर्षाबाट देशका विभिन्न जिल्लाका धानबालीमा पुर्याएको क्षति अध्ययन गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलका सदस्यहरूमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेका छन् । त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै युवराज अधिकारीलाई सो पदमा नियुक्त गरेको छ बैठकले नेपाल…
काठमाडौँ: मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोग ११ औ संशोधन स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । साथै जमलमा रहेको सरकारी जग्गामा पुस्तकालय बनाउने निर्णय पनि बैठकले गरेको छ ।
