Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट वितरण नगर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट वितरण गर्ने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ। केही दिनमै सूचना जारी गरेर नयाँ नोट वितरण नगर्नेबारे जानकारी गराइँने राष्ट्र बैंक स्रोतले जनाएको छ। राष्ट्र बैंकले हरेक वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो।

Read More

बाँके: बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो । बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत वृद्धको शनिबार राति ९:५५ बजे मृत्यु भएको हो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो । दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको…

Read More

एजेन्सी: आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईमाथि शानदार जित निकालेको छ। चौथो जित हात पार्ने क्रममा बैंगलोरले दुबईमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हरायो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्य पच्छ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमा समेटियो । चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट तथा वासिङ्गटन सुन्दरले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ…

Read More

काठमाडौं: अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार राति १२ बजे ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ । यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा…

Read More

काठमाडौं: कोरियाबाट आसियान एयरलाइन्सबाट आएकामध्ये ११ जनाको पीसीआर रिर्पोट नहुँदा १६० जना यात्रु विमानस्थलमा अलपत्र परेका छन् । शनिबार दिउँसो ४ बसेर ४२ मिनेटमा ल्याण्ड भएको आसियाना एयरलाइन्सको ओज्यड ७६५३ फ्लाइटबाट आएका यात्रुमध्ये ११ जनाको पीसीआर रिपोर्ट नपाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । जसका कारण १६० जना यात्रु नै यो समाचार तयार पार्दासम्म विमानस्थलमै रोकिएका छन् । सबै यात्रुलाई होटेल जान भनिएपछि विमानस्थलमा ती यात्रुले नाराबाजी गरिरहेका छन् । तर, कोरियाबाट आएका यात्रु प्रविन पौडेलले भने पीसीआर रिपोर्ट बिना कोरियाको विमानस्थलमा प्रवेश गर्न नपाइने भएकाले सबैको रिपोर्ट रहेको दाबी गरे । उनले कति जना र क–कसको रिपोर्ट छैन…

Read More

काठमाडौं: सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ । दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एकजना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयले भनेको छ । एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने…

Read More

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल फेसबुकमा आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् ।

Read More

काठमाडौं: नेपाल चिकित्सक संघले २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको छ । आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको छ ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले डिजिटल वालेट मार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसमम शुल्क नलिन नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै डिजिटल वालेट मार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसम्म शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन भुवन कडेलले वर्तमान कोभिड १९ को असहज अवस्थालाई दृष्टिगत गर्दै आगामी २०७७ पुस मसान्तसम्म केन्द्रीय बैंकले राष्ट्र बैंकबाट अनुमति प्राप्त सबै भुक्तानी सेवा प्रदायकलाई सबै कारोबार निशुल्क गर्न निर्देशन दिएको जानकारी दिए । यसअघि भुक्तानी सेवा…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र कोरोनाले काठमाडौंमा १ महिला र २ जना पुरुष, ललितपुरका २ पुरुष र भक्तपुरका एक पुरुष गरी ६ जनाको मृत्यु भएको छ । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १,११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Read More