Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्प पुनः दोहोर्याएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको बताएका हुन्। ओलीले भ्रष्टाचार बहुआयामिक विषय भएकाले सामाजिक रुपमा नै यसको निन्दा र भर्त्सना आवश्यक रहेकोमा जोड दिएका छन्। ओलीले सन्देशमा भनेका छन्, ‘हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो । भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुँदैन । भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना गर्नु…

Read More

काठमाडौँ: साझा पार्टी र विवेकशील नेपाली दलबीच आज (बुधबार) एकता घोषणा गरिँदै छ। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एकता घोषणा सभा आज दिउँसो ३:३० बजे हुने जानकारी दिए। यस क्रममा उनले विगतमा भएका गल्तीप्रति माफीसमेत मागेका छन्। ‘हामी एक हुँदै छौं,’ मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतका कमजोरीप्रति क्षमायाचना गर्द छौं।’ सबैको साथ र सहयोगले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउने दाबी उनले गरेका छन्। ‘हामी केवल ‘अस्तित्व’मा रहन होइन, ‘नेतृत्व’मा पुगेर यो देशमा सुशासन, समृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौं। एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौं,’ उनले भनेका छन्। कार्यक्रम दुवै पार्टी,…

Read More

काठमाडौँ: स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानले आन्दोलन फिर्ता लिने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बुद्धको हजार मूर्ति भएको चैत्य नभत्काउने आश्वासन दिएसँगै अभियानले आन्दोलन फिर्ता लिने बताएको हो। बौद्ध धर्मावलम्बीले आफूहरुको आस्था रहेको स्वयम्भूमा विकासको नाममा संस्कृति मास्न नपाइने भन्दै स्वयम्भू बचाऔँ अभियान सुरु गरी आन्दोलनका कार्यक्रम गरेका थिए। गत शनिबार दीप प्रज्वलन गरी शान्तिपूर्ण आन्दोलन समेत उनीहरुले गरेका थिए। सडक विभागका अनुसार दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाभित्र बुद्धको हजार मूर्ति भएको चैत्य पनि पर्छ। विभागका महानिर्देशक केशव कुमार शर्माले रिङरोडको क्षेत्रभित्र संरचना बनाएको बताएका छन्। रिङरोड २०२७÷०२८ सालमा बनेको र सडक ऐन २०३१ मा बनेको…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गा रोक्काको निर्णय खारेज गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै उक्त निर्णय जारी गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमाथि दुवै पक्षको बहस सुनेर सर्वोच्चले यस्तो निर्णय गरेको हो। ‘कृषि योग्य जमिन मास्ने गरी सरकारले गरेको कित्ताकाटको निर्णय खारेज गर्न हामीले माग गरेका थियौं। हाम्रो रिटमाथि सुनुवाइ भयो हाम्रो माग अनुसार रिट जारी भयो,’ रिट निवेदक अधिवक्ता भण्डारीले भने। भू-उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि…

Read More

काठमाडौँ: दक्षिणपूर्वी अरेबियन सागर र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार यतिबेला प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्र र प्रदेश नम्बर २ मा आंशिक बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतय सफा छ। यस्तो छ आगामी ३ दिनको मौसम अनुमान मंसिर२४गते (बुधबार) दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राती…

Read More

काठमाडौँ: नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । बैंकले आईपीओ अनुमति माग्दै मंसिर ८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ३० प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको छ । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको करोड कित्ता शेयर जारी गरेको थियो । बैंकको यहि मंसिर ३ गते सम्पन्न साधारण सभाले आईपीओ निष्काशन गर्नेे प्रस्ताव पारित गरेको थियो ।…

Read More

काठमाडौँ: मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल अरवियन सागरको दक्षिणपूर्वी भूभागमा र दक्षिणपुर्वी वंगालमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी…

Read More

काठमाण्डौं: रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो । रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रि«यल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए । त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ । राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । यस्तै नेपालमा विद्युत र सिंचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको…

Read More

मोरङ : मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घरबाट केही टाढा रहेको जंगलमा ३र४ जना नचिनेका व्यक्तिले लगेलगत्तै उनको बिहान ७ बजेतिर हत्या गरेका थिए । हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङमा विप्लव समूहको शैन्य तालिम हुँदै आएको थियो । सोही क्षेत्रबाट विप्लव समूहका दुईजना नेता केही दिनअघि पक्राउ परेका थिए…

Read More

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी देशभरमा १ हजार ३८२ जनामा कोरोना संक्रमण देखिएको हो, योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६२१ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २३ जनाको जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको…

Read More