Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थलको लगानी मोडालिटी सम्बन्धमा सात दिनभित्र छलफल गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज मन्त्रालयमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर निकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक हप्ताभित्र छलफलको आयोजना गर्ने र सोको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने जिम्मेवारी तोकेको छ । वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, लगानी बोर्ड र प्राधिकरणका सम्बद्ध पदाधिकारीसँग छलफल गरी…
काठमाडौँ: काठमाडौँमा आज यो वर्षकै धेरै जाडो भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार विहान काठमाडौँको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो । राति देशभरीकै मौसम सफा भएकाले बिहान देशभर तापक्रम घटेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ । तर, राति बादल लागे बिहानको तापक्रम बढ्छ । तापक्रम घटेकाले धेरै चिसो महसुस भएको उनले…
रूकुम: रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख, डीएसपी ठगबहादुर केसीले जानकारी दिए । आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०/१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको जीप…
एजेन्सी: दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्याण्डले १-० को अग्रता बनाएको छ । तीन खेलको सिरिज अन्तर्गत शुक्रबार भएको खेलमा घरेलु टिम दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्याण्डले अग्रता बनाएको हो । केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्याण्डको जितमा जोनी बेयरस्टोले अविजित रहँदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै बेन स्टोक्सले ३७ रन जोड्दा डाविड मालनले १९ रन जोडे । कप्तान इयान मोर्गनले १२ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्दे र लुंगी एनजिडीले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले…
काठमाडौँ: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनामा कोरोना सक्रमित थपिएका हुन् । त्यसैगरी सो अवधिमा काठमाडौंमा ३, ललितपुर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्रै कोरोना सक्रमितको संख्या ८६ हजार ३७१ पुगेको छ जसमध्ये ३४२ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार १६२ छ। त्यस्तै ललितपुरमा १२ हजार ९६४ जना…
काठमाडौं: पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । सोही अवधीमा १ हजार ७०३ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार २३६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ४७३ रहेको छ । हालसम्म संक्रमित मध्ये २ लाख ९ हजार ४३५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।
काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बतताएका छन् । शुक्रबार संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख सापकोटाले सो कुरा बताएका हुन् । संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको कार्यक्रमको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ‘संसदले प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्छ । त्यसका लागि संसदलाई जनमुखी र जिवन्त बनाउन जरुरी छ’, सापकोटको भनाई छ । सभामुख सापकोटाले चुनौती र अवसरको बीचमा रहेको चर्चा गर्दै यो बेला अवसर नै…
काठमाडौँ: सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको हो । ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा वातावरणीय हिसाबले पनि स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिने ध्येयका साथ सौर्य प्रणाली जडान गर्ने विषयमा छलफल भएको बताइएको छ । छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, नेपाल विद्युत् प्राधिकरणका कायममुकायम…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले आगामी अध्यक्ष शेखर गोल्छाप्रति तिक्तता पोखेका छन्। साधारणसभा बन्दसत्रमा बोल्दै उनले दुई प्यानल भएपछि शेखर गोल्छा तटस्थ हुनुपर्ने देखिए पनि त्यसो नगर्नु दुःखद भएको बताएका हुन्। जो वरिष्ठ उपाध्यक्ष तथा अन्य पदाधिकारी र कार्यसमिति आए पनि गोल्छाको नेतृत्वमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै ढकालले गोल्छाले एक पक्ष लिनु गलत भएको बताए। ‘मेरो प्रतिद्वन्द्वी रहेका किशोर प्रधाले पनि शेखर गोल्छाको एजेण्डा नै आफ्नो एजेन्डा भन्नुभएको छ, त्यसो गर्नु हुँदैनथ्यो’, उनले भने, ‘अहिलेको वरिष्ठ उापध्यक्ष भनेको अर्को पटकको अध्यक्ष हो, उहाँले आफ्नै एजेण्डा स्थापित गर्न सक्नुपथ्र्यो।’ ढकालले आफूलाई किशोर प्रधानले अहिलेलाई…
काठमाडौँ:चालु आर्थिक वर्षको २०७७/०७८ को पहिलो चार महिनामा ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा निर्यात भने ४० अर्ब रुपैयाँको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चार महिना र अघिल्लो वर्षको यसै अवधिको तुलनामा आयातमा थोरै गिरावट देखिएको छ । चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको कार्तिक महिनासम्म ३६…
