Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ । बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भनेर कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ । बैठकमा समसामयीक राजनीतिबारे पनि छलफल हुनसक्ने बताइएको छ ।

Read More

काठमाडौँ: विदेशबाट फर्केर होटेलमा क्वारेन्टिनमा बस्नेका लागि नयाँ मूल्य कायम भएको छ । अब प्रतिव्यक्ति न्युनतम दुई हजारदेखि अधिकतम ५५ सय रुपैयाँसम्ममा होटेल उपलब्ध हुने भएको छ । अधिकतम मूल्य चारतारे र न्युनतम मूल्य पर्यटकीय स्तरका होटेलमा निर्धारित हो । किनकी अहिलेसम्म चार तारे होटेलहरु क्वारेन्टिन बनाउन तयार भएका छन् । न्युनतम मूल्यसमेत एउटा कोठामा दुई जना बस्न तयार भएको अवस्थामा मात्र हो । एउटा कोठामा एक्लै बस्न चाहने पाहुनाले भने न्यूनतम तीन हजार रुपैयाँदेखि अधिकतम ८ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ । अर्थातः चार तारे होटेलको कोठामा एक्लै बस्न चाहने हो भने प्रतिदिन ८ हजार रुपैयाँ भुक्तान गर्नुपर्ने छ ।…

Read More

काठमाडौँ: लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ । तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो । तर कोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर पर्सि फेरि छलफल गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए । बैैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि कार्ययोजनामाथि छलफल जारी रहने बताएका छन् ।

Read More

काठमाडौं; हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाईजहाजको भाडादर घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो । लकडाउनपछि नेपाल आयल निगमले हवाइ इन्धनमा प्रति लिटर २५ रुपैयाँ मूल्य घटाएको थियो। संघकाअनुसार सबैभन्दा धेरै भाडा भएको काठमाडौं-धनगढी रुटमा धेरै रुपैयाँले भाडा घटेको छ। उक्त रुटमा १ हजार १०५ रुपैयाँले भाडा घटेको हो। कुन रुटमा कति भाडादर ? नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि रु ८६० घटाएर रु दुई हजार २३० कायम गरिएको छ । काठमाडौँ–भद्रपुरको रु ७५० घटाइ…

Read More

काठमाडौं: शिक्षा क्षेत्रका सरोकारवालाहरुले प्रविधि प्रयोग गरेर विद्यालय तहको पठनपाठन सञ्चालन गर्न माग गरेका छन् । बन्दाबन्दीका कारण विद्यार्थीहरुको भविष्य अन्योल बनेको भन्दै उनीहरुले प्रविधिलगायत वैकल्पिक व्यवस्था गरेर भए पनि पठनपाठन सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिएका हुन् । लोकतान्त्रिक संवाद केन्द्रले आज जुम प्रविधिबाट आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शिक्षा विभागका पूर्वमहानिर्देशक डा डिल्लीराम रिमालले बन्दाबन्दीको साढे दुई महिना पूरा हुँदा पनि शैक्षिक संस्था खुलाउन शिक्षा मन्त्रालयले कुनै कार्यक्रम ल्याउन नसक्दा अन्योलको अवस्था आएको बताए । स्थानीय सरकारको नेतृत्वमा सुरक्षित तरिकाले विद्यालय खोल्नुपर्ने, यसमा प्रदेश र केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका…

Read More

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण बजारमा परेको प्रभावलाई न्यून गर्दै आर्थिक क्रियाकलाप अगाडि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “कतिपय अवस्थामा बजार र उत्पादन शिथिल हुँदा शेयर बजारमा पनि प्रभाव परेको हुन सक्छ, तर यो सबै अल्पकालीन हो । कोरोनालाई जित्न सकिन्छ । अब कोरोनासँगै आर्थिक क्रियाकलाप पनि अघि बढाउनुपर्छ ।” नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवलाई आज श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले कोरोनासँग जुध्दै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले अहिलको पहिलो सर्त जीवन रक्षा भए पनि त्यससँगै आर्थिक क्रियाकलापमा अघि बढाउनुपर्ने र उद्योगसमेत क्रमशः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले बोर्डले पनि अब कारोवार…

Read More

काठमाडौं: समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा आइतबार दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन । दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको एक नेताले जानकारी दिए ।

Read More

काठमाडौं: पछिल्लो २४ घण्टामा आइतबार थप दुई सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ । उनीहरूमध्ये १३ जनाको मृत्यु भएको छ भने चार सय ६७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा एक सय दुई जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। प्रदेश २ मा ८३ संक्रमित थपिए विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा प्रदेश २ का ८३ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीमा ७४ जना, महोत्तरीमा ५ जना, सिराहामा दुई जना, धनुषामा र रौतहटमा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।…

Read More

काठमाडौं: विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २७ होटलहरु छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् । सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको…

Read More

बैतडी: भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए । शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । साँझ साढे ६ बजेतिर अचानक बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राति साढे ८ बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले जानकारी दिए । मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।…

Read More