Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीका लागि वृहत अवसर रहेको उल्लेख गर्दै नेपालमा थप लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।नेपाल चीन लगानीसम्बन्धी काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा उर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक, औद्योगिक लगायतका क्षेत्रहरुमा लगानीका लागि धेरै सम्भावना रहेको र बजारका हिसाबले नेपाल दक्षिण एसियाको गेटवे बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।लगानीका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै उहाँले रोजगारी सिर्जना गर्न र दीर्धकालीन रुपमा साझेदारी निर्माणका लागि पनि चिनीयाँ लगानीले सहयोग पुग्ने बताउनुभयो ।वैदेशिक लगानीलाई थप सहजीकरण गर्न लगानी बोर्डले एकद्वार सेवा केन्द्र, परियोजना प्रस्तावहरुको…

Read More

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनासम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम भए पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सुधार देखिएको छ । मङ्सिरसम्मको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ रहेपनि ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । चालु आवको पाँच महिनामा लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएको छ । मङ्सिर महिनाको मात्र लक्ष्य ९५ अर्ब २० करोड रुपैयाँ निर्धारण गरिएको थियो । तर, मङ्सिर महिनाभर ८० अर्ब २७…

Read More

काठमाडौं: ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो । भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का टोडिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रूपैयाँमा किनबेच भएको थियो । जसअनुसार आज सुनको भाउ तोलाको १७ सय रूपैयाँले सस्तिएको हो । सुनको मूल्य घट्दा मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको छ । सोमबार प्रतितोला ३८ सय ७० रूपैयाँमा किनबेच भएको चाँदीको भाउ मंगलबारका लागि ३८ सय ८५ रूपैयाँ कायम भएको हो ।

Read More

काठमाडौँ: कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो । नेपाल राष्ट बैंकका अनुसार असोज महिनाको तुलनामा कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले…

Read More

काठमाडौं: विदेशी मुद्रा संचिति बढ्दै जाँदा नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थामा २१ अर्ब ५२ करोड डलर रहेको छ । यो डलर नेपाली रुपैयाँमा ३० खर्ब ५५ अर्ब रुपैयाँ बराबारको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यस्तो विदेशी मुद्रा संचिति चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्मा आइपुग्दा १४.१ प्रतिशतले बढेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको डलर संचिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले बढेर २१…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार(आज) सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलाको ३ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा…

Read More

काठमाडौं:हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३÷७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ । पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ । ठेक्का सम्झौता रद्ध गरिएको निर्माण…

Read More

आन्दोलनको नाम ‘जेनजी जनआन्दोलन,’ जेनजी परिषद गठन हुने काठमाडौँ: सरकार र जेनजी प्रतिनिधिबीच भदौ २३ र २४ गतेको जनआन्दोलनसम्बन्धी राजनीतिक गतिविधिमा सहभागी भएकै कारण कसैलाई पनि फौजदारी अनुसन्धान वा अभियोजन नगर्ने सहमति लगायत १० बुँदामा रहेर सरकार-जेनजी घाइते तथा सहिद परिवारबीच संयक्त हस्ताक्षर कार्य सम्पन्न भएको छ। बुधबार साँझ सिंहदरबारमा सरकार र जेनजीबीच भएको औपचारिक सम्झौतामा उक्त व्यवस्था उल्लेख गरिएको छ। जेनजी आन्दोलनको ३ महिनापछि भएको सम्झौतामा भनिएको छ, ‘२०८२ भाद्र २३ र २४ गते जनआन्दोलनसँग सम्बन्धित राजनीतिक गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन गरिने छैन।’ सम्झौतामा प्रधानमन्त्री सुशिला कार्की, जेनजी सहिद परिवारका तर्फबाट भोज बिक्रम थापा…

Read More

काठमाडौँ: काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ । तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ । सडक विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायबाट सहमति प्राप्त नहुँदा, निर्माण व्यवसायीबाट काम सम्पन्न भएपछि सडकलाई मर्मत नगरेकोजस्ता गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको थियो । मन्त्री घिसिङले आगामी वर्षायाम सुरुहुनुभन्दा अगाडि काठमाडौंभित्रको…

Read More