काठमाडौं: लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीका लागि वृहत अवसर रहेको उल्लेख गर्दै नेपालमा थप लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।
नेपाल चीन लगानीसम्बन्धी काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा उर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक, औद्योगिक लगायतका क्षेत्रहरुमा लगानीका लागि धेरै सम्भावना रहेको र बजारका हिसाबले नेपाल दक्षिण एसियाको गेटवे बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
लगानीका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै उहाँले रोजगारी सिर्जना गर्न र दीर्धकालीन रुपमा साझेदारी निर्माणका लागि पनि चिनीयाँ लगानीले सहयोग पुग्ने बताउनुभयो ।
वैदेशिक लगानीलाई थप सहजीकरण गर्न लगानी बोर्डले एकद्वार सेवा केन्द्र, परियोजना प्रस्तावहरुको द्रुत स्वीकृति, संस्थागत सुदुढीकरण, नीतिगत सुधार लगायतलाई विशेष जोड दिएको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपाललाई भरपर्दो, प्रतिस्पर्धी र नवप्रवर्तनमा आधारित लगानी गन्तव्यको रूपमा स्थापित गर्नका लागि लगानी बोर्डले काम गरिरहेको जानकारी दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानीका लागि सहजीकरण गर्न र आयोजना कार्यान्वयनका क्रममा आइपर्ने समस्याहरुलाई समाधान गर्न लगानी बोर्डले अभिभावकको भूमिका निर्वाह गर्ने पनि बताउनु भएको थियो ।
नेपालमा चिनियाँ लगानीसम्बन्धी कार्यक्रम चाइनिज जनरल एशोसियसन अफ इन्डस्ट्रिज एण्ड कमर्स इन नेपाल र नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको थियो ।
कार्यक्रममा कृषि, उद्योग, सूचना प्रविधि, निर्माण क्षेत्र, पर्यटन लगायतका क्षेत्रमा अनुभव प्राप्त चिनियाँ लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।
Trending
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
