Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरु अन्ततः अध्यक्ष ओलीसँग निर्णायक वार्तामा जुटेका छन् । उनीहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका नेतामार्फत ओलीलाई भेटेर छलफल शुरु गरेका हुन् । वार्ताका लागि ओली निवास बालकोटमा भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका तेस्रो धारका नेताहरु पुगेका हुन् । ‘हामीले नौ गते अगावै सकेसम्म सवै कुरा टुंग्याउनु पर्छ भनेका छौं’, उपाध्यक्षसमेत रहेका तेस्रो धारका नेता युवराज ज्ञवालीले रातोपाटीसँग भने, ‘अध्यक्ष ओली पक्षका नेताहरुमार्फत हाम्रो कुरा जानकारी गराएका छौं, साथीहरुले भेट्ने समय…

Read More

काठमाडौँ:  एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले असार २७ गते गरेको १० बुँदे कार्यान्वयन नगर्ने भएपछि ल्याउन नचाहेका हुन्। ‘ओलीले अक्षरस १० बुँदे कार्यान्वयन गर्ने अवस्था देखिएन, पार्टी मिलाउने कुराका ओलीनै बाधक रहे,’ मध्यमार्गी एक नेताले भने। एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि…

Read More

काठमाडौँ:किसान सङ्गठनहरूले समस्या नआउने गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन् । ती सङ्गठनले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका हुन् । अखिल नेपाल किसान महासङ्घका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ लगायत विभिन्न ६ वटा किसान सङ्गठनले आफैँले लगाएको बालीको भुक्तानीका लागि आन्दोलन नै गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराएका हुन् । आफैँले उत्पादन गरेको वस्तुको मूल्य आफैँले निर्धारण गर्न नपाउनु, पाए पनि असाध्यै कम पाउनु तथा वर्षौंसम्म मिहिनेतको फल माग्न आन्दोलन नै गर्नुपर्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने उनीहरूको माग छ । चिनी मिल तथा अन्य व्यापारीलाई बिक्री…

Read More

काठमाडौँ: प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा…

Read More

काठमाडौँ: मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा झरी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी, प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आउने मंगलबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् । भाद्र ०७ गते सोमबार दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश…

Read More

पहिलो खेलमा नै लुकाकुको गोल, आर्सनलको १२८ वर्षपछिकै खराब सुरुवात काठमाडौँ : दोस्रो पटक चेल्सीका लागि डेब्यू गरेका रोमेलु लुकाकुले गोल गर्दा आर्सनल २–० ले पराजित भएको छ । खेलको १५ औँ मिनेटमा नै गोल गर्दै लुकाकुले थोमस टुकलको टोलीलाई अग्रता दिलाएका थिए । लुकाकु हालै मात्र ९.८ करोड पाउन्डमा इन्टर मिलानबाट चेल्सी फर्किएका हुन् । यसअघि सन् २०११ मा लुकाकु चेल्सी भित्रिएका थिए । तर क्लबले उनलाई त्यतिबेला बेचेको थियो । खेलको दोस्रो हाफमा रिस जेम्सले अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे । पराजयसँग आर्सनल पुछारबाट दोस्रो स्थानमा रहेको छ । आर्सनलभन्दा तल गोलअन्तरका आधारमा नर्विच मात्र रहेको…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन्। भाजपा नेता चौथाइवालेले आइतबार प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन्। उनी नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको निमन्त्रणमा नेपाल आएका बताइएको छ। सहमहामन्त्री महतले चौथाइवाले प्रधानमन्त्री देउवालाई भेट्नुअघि आफूसँग भेट गरेको जानकारी दिए। ‘उहाँ मेरो निमन्त्रणमा नेपाल आउनुभएको हो। प्रधानमन्त्रीज्यूसँग बालुवाटारमा भेट भयो,’ उनले नेपालखबरसँग भने, ‘त्यसअघि हामी दुईबीच छलफल भएको थियो।’ डा. महतले भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई विश्वास छ कि यो…

Read More

काठमाडौं: बुध्द एयरले काठमाडौंसँगै पोखरालाई केन्द्र बनाएर विभिन्न प्रदेशसँग सिधा उडान शुरु गरेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुरबाट सिधा उडान बिस्तार गरेको बुध्द एयरले केही साता अघि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो । बुध्द एयरले आगामी सेप्टेम्बर १ अर्थात् भदौ १६ गतेबाट पोखराबाट सिमराको सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । शुरुवातमा साताको ३ दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछन् । केही समयपछि यात्रुको माग अनुसार बुध्द एयरले दैनिकी उडान भर्ने पनि योजना बनाएको छ । पोखराबाट-सिमरा १२ः२० र सिमराबाट-पोखराको उडान १३ः१५ बजे तोकिएको छ । उक्त उडानबाट दुबै प्रदेश तथा सहरका…

Read More

काठमाडौँ: मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणमा निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) सोमबार बिहान बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले दिउको जानकारी अनुसार एसबिआई क्यापिटलको केन्द्रीय कार्यालयमा सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँड गरिन लागिएको हो । कम्पनीले आईपीओ बाँडफाँडका लागि भदौ ३ गते बिहीबार प्रि-अलटमेन्ट गरेर बाँडफाँडका लागि नियामक निकाय धितोत्रपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गरिने बाँडफाँडमा ३६ हजार ८५९ जनाले मात्र शेयर पाउनेछन् । जुन शेयर पाउने संख्या ६६ जनामा १ जना मात्र हुन आउँछ । आईपीओमा कुल २४…

Read More

बुटवल: नेकपा एमालेले पार्टीले कारबाही गरेका सांसदहरू विमलाकुमारी खत्री वली र अजय शाहीलाई पदमुक्त नगरिए लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई सदनबाटै ठेगान लगाइदिने चेतावनी दिएको छ। एमाले संसदीय दलले आइतबार पत्रकार सम्मेलन गरी सभामुख घर्तीले सभामुखको पदीय आचरणविपरीत आफैं न्यायाधीश बन्न खोजेको आरोप लगाएको हो। एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले पार्टीको ह्विप उल्लंघन गर्ने र पार्टी निर्णयविपरीत सरकारमा सहभागी हुने एमाले सांसदहरू अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रहलाई सभामुख घर्तीले अस्वीकार गर्दै आफैं न्यायाधीश बन्न खोजेको आरोप लगाए। ‘पार्टीले सांसदहरूलाई कारबाही गर्न पत्राचार गरेपछि सभामुखबाट सांसदहरूको प्रमाण माग्ने काम गरियो, सभामुख अदालतको न्यायाधीश…

Read More