Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन:  जिल्ला प्रशासन कार्यालय चितवनले मलमा कालोबजारी गरेको भन्दै चार जनालाई जरिवाना गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही १० हजार रूपैयाँ जरिवाना गरेको हो । मल कालोबजारी गरेको अभियोगमा सहकारीका व्यवस्थापक विनोद अधिकारी, बिक्री उपसमितिका संयोजक रामकृष्ण तिम्सिना तथा सदस्यहरु निर्मल घिमिरे र मायानाथ अर्याललाई पक्राउ परेका थिए । सहकारीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर गर्दै उनीहरुलाई जरीवाना र बिक्रीका लागि राखिएको मल…

Read More

काठमाडौं: विश्वभर २ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ । यस्तै एकै दिन थप ३ हजार ९०५ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख २८ हजार २०८ पुगेको छ । एकै दिन २ लाख २० हजार ६४० मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १० लाख २५ हजार २८३ पुगेको छ ।…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए। विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा. पोखरेलले जनाए। यस्तै सोही समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। साथै असोज ७ गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन गर्ने मन्त्रालयको तयारी छ।

Read More

काठमाडौँ: सिभिल लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो। लघुवित्तले गत साउन २५ गतेदेखि चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर बिक्री गरेको हो। लघुवित्तले साधारण सभा हकप्रद निष्काशनका लागि एकैपटक असार १५ गते बुकक्लोज गरेकाले १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन्। हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत सि आश्वा प्रणाली तथा मेरो शेयर मार्फत अनलाईबाट आवेदन दिन सकिन्छ। …

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका क्षेत्रमा गएराति ३ घण्टासम्म भारी वर्षा तर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यस्तै…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अभिभावकत्व प्रदान गर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको पनि स्मरण गराए । ‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ’, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि…

Read More

काठमाडौँ:काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । भदौ १५ गते कोरोना पुष्टि भएका शाक्यको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । परीक्षणका लागि स्वाव शनिबार दिएको र आज नेगेटिभ रिपोर्ट आएको हो । अब केही दिन निवासमै आरामपछि उनी नियमित काममा फर्किने उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमण भएपछि शाक्य केही दिन घरमा र त्यसपछि होटल सोल्टीको आइसोलेशनमा बसेका थिए । शाक्य होटल आइसोलेशनमा बसेकोबारे विभिन्न टिकाटिप्पणी समेतभएको थियो ।

Read More

काठमाडौं: कतार एयरवेजले काठमाडौंबाट साताको तीन उडान गर्ने जानकारी दिएको छ । एयरवेजले सेप्टेम्बर ५ देखि सुरु गरेको उडानलाई पुरानै तालिकाअनुसार सञ्चालन गर्ने घोषणा गरेको हो । काठमाडौंबाट कतार एयरवेजको बोइङ ७८७ ड्रिमलाइनर बिमान र एयरबस ए ३२० एयरक्राफ्टले उडान गर्नेछन् । ती उडानमा सरकारको निर्देशन अनुसार नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठन, विकास परियोजनाका साझेदार तथा नेपालमा कार्यरत सबै दूतावासका कर्मचारीले यात्रा गर्न पाउनेछन् । साथै, नेपाल आउने सबै यात्रीले निर्धारित उडान समयको ७२ घण्टा भित्र गरिएको आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टको साथै अनलाइन फारम पूरा गरेको हुनुपर्ने एयरवेजले जनाएको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ । भेटवार्तामा स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी कार्ययोजना तयार पारेको थियो । स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पूरै कार्यकाल सरकार चलाउने अर्का अध्यक्षले पार्टीको सम्पूर्ण काम गर्ने, एमसीसीलाई परिमार्जन गरी अनुमोदन गर्ने‌ लगायतका निर्णय गरेको थियो । पार्टीभित्र देखिएको आन्तरिक विवाद मिलेपछि स्थायी कमिटी बैठक बसेको थियो ।

Read More

काठमाडौँ:  राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

Read More