Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
एजेन्सी: बङ्लादेशमा लागू हुँदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय भएको छ । इस्लाम धमौवलम्बीहरूको महान चाड ईद उल अजहालाई लक्षित गरेर एक हप्ता लकडाउन हटाउने निर्णय सरकारले गरेको हो । यही जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल अजहा बङ्लादेशमा यस वर्ष जुलाई २१ मा मनाइने भएको छ । लकडाउन हटाइए पनि कोरोनाभाइरस नफैलिनका लागि अपनाउनु पर्ने आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनु पर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । भौतिक दूरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने, सेनिटाइजर र साबुन पानीको प्रयोग गर्नुपर्नेलगायतका मापदण्ड…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सबै नागरिकलाई कोभिडको खोप सहज उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिइसकेपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले जतिसक्दो छिटो सबै नागरिकको पहुँचमा खोप पुर्याउने निर्णय गरेको हो। यस्तै बैठकले सरकारको प्रवक्तामा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चयन गरेको छ। मंगलबार प्रधानमन्त्रीमा देउवासहित ४ जना मन्त्रीहरुले शपथ लिएका लिएका थिए। गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल र कानुनमन्त्री कार्कीसम्मिलित मन्त्रिपरिषद् बैठक केहीबेर बसेको थियो। बढीमा २५ सदस्यीय मन्त्रीपरिषद् बनाउन सकिने कानुनी प्राबधान छ। अरु मन्त्रीहरु एक दुई दिनमा नै थपिसक्ने तयारी गठबन्धनले गरेको…
काठमाडौँ: नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चार जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति निवा शीतल निवासमा चारै जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । देउवा सरकारमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । यसैगरी माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनेका छन् । शर्मा अर्थ र भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेकी छिन् ।
काठमाडौँ: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति सच्चिएपछि मात्र शपथ लिएका हुन् । समारोहका उद्घोषकले सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री भएको जानकारी गराएका छन् । शपथग्रहण समारोकमा निवर्तमान केपी शर्मा ओली भने सहभागी भएका थिएनन् । राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ ग्रहण मङ्गलबार साँझ ६…
काठमाडौं: केपी शर्मा ओली सरकारको उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले आज बिदाइ भेट गरेका छन् । उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिए । उनी अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै विदाइ कार्यक्रममा सहभागी भए । पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताए । उनले अब आउने मन्त्रीहरुलाई समेत उत्तिकै साथ र सहयोग गर्न कर्मचारीलाई आग्रह गरेको पौडेलको सचिवालयले जनाएको छ ।
काठमाडौं: नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा नबिलले उक्त प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको हो। उक्त प्लान्ट स्थापनाकालागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको बैंकले जनाएको छ । कोभिड १९ को महामारी विश्वभर फैलिरहेको अवस्थामा अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्तिमा सहयोग पुग्ने विश्वास बैंकले…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन् । नियुक्तिमा राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी अर्को छली काम गरेको छ । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ तर संविधानको कुन धारा अन्तर्गत नियुक्त गरिएको भन्ने खुलाइएको छैन । विज्ञप्तिमा देउवालाई ‘सर्वोच्च अदालत, संवैधानिक इजलासको असार २८ गतेको फैसला बमोजिम’ प्रधानमन्त्री पदमा नियुक्त गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता…
काठमाडौँ: नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि माओवादी केन्द्रले पहिलो चरणमा शर्मा र भुसाललाई मन्त्री बनाउन लागेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । माओवादीबाट सिफारिस भएका मन्त्रीलाई आजै सपथ ग्रहण गराइने भएको छ । शर्मालाई अर्थ र भुसाललाई उर्जा मन्त्रीका लागि सिफारिस गरिएको स्रोतले बतायो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको दुई करोड बढी डोज खोपको खरिद प्रकृया टुंगो लागेको बताएका छन्। मंगलबार राष्ट्रको नाममा विदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई करोड बढी डोज खोपको खरिद प्रकृया टुंगो लागेको भन्दै केही महिनामै सबै नेपालीले खोप पाउने आधार तयार भएको बताए। ‘हामी खोपको उत्पादन होइनौं तर छोटो समयमै नागरिकलाई खोपको व्यवस्था गरेका छौं। २०२१ भित्र ठूलो जनसंख्यालाई खोप लगाइसक्ने छौं। केही बाँकी रहला र त्यसलाई पनि लगाउँदै जाने छौं,’ ओलीले भने। उनले जोनसन एण्ड जोनसनको ५० लाख, मोर्डेनाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड ऐस्ट्रेजेनेकाको २० लाख गरी १ करोड ५० लाख डोज खोप…
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी जम्मा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ७८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
