Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदसँग छलफल गरेका छन्। शनिबार छलफलपश्चात सांसदहरूले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिए। ‘अध्यक्ष ओलीको अवैधानिक बैठकले गरेको निर्णय पनि अवैधानिक नै छ’, उनले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पार्टी एकता गर्न चाहिरहेका छैनन्। उनी आफैंले पार्टीलाई फुटको बाटो लैजान खोजिरहेका छन्।’ यस्तै अवस्था आयो भने नयाँ पार्टी निर्माणको बाटोमा समेत अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालिएको उनले बताए। यद्यपि आफूहरू अझै पार्टी एकताको लागि नै पहल गर्ने पक्षमा रहेको उनको जिकिर छ। एउटा प्रयोजनमा लिएको…
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, “अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?” ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गरे । “सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन,” उनले भने । उनले…
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएसँगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।
काठमाडौँ: मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा आज पनि वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । ‘देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको…
काठमाडौँ: युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । यस पटक इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । सेमिफाइनल खेल बुधबार र बिहीबार इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ । पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले गरिबी निवारण, महिला सशक्तिकरण र रोजगारी सिर्जनामा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । सो कुरा उहाँले ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा बताउनुभएको हो । सहकारीको विकासमा अवरोध गर्ने कानुन संशोधन गर्ने विषयमा आफ्नो प्राथमिकता रहने मन्त्री श्रेष्ठले बताउनुभयो । ‘सहकारी व्यवसायलाई बाधा पु¥याउने ४७ वटा ऐनहरु सहकारीमैत्री बनाउनमा आफ्नो तहबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयोे, ‘राज्यले सहकारीलाई काम गर्ने वातावरण दिने हो, त्यसमा हामी लाग्नेछौं ।’ राज्यलाई सहकारीको सहयोग आवश्यक रहेको र निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । भूमि…
काठमाडौँ: एमाले नेता महेश बस्नेतले मुलुकको शासकीय स्वरुप, संघीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्न माग गर्दै आठ बुँदे प्रस्ताव पेश गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका बस्नेतले आज बसेको केन्द्रीय कमिटी बैठकमा संघीयतासहितको समिक्षा हुनुपर्ने लिखित प्रस्ताव राखेका हुन् । नेता बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराएका छन् । बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख छ । उनले पार्टी अध्यक्ष पनि दुई कार्यकाल भन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव गरेका…
काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गरेका छन्। देउवाले शनिबार नेताहरुसँग आसन्न महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा छलफल गरेका थिए। छलफलमा क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा.प्रकाशशरण महत, एनपी साउद लगायत थिए। देउवाले क्रियाशील सदस्यताको विवादलाई समयमै टुंग्याउन छानविन समितिलाई निर्देशन दिएका छन्। पार्टी समायोजनपछि बाँकी रहेको सदस्यताको विषयलाई छिटो समाधान गर्न देउवाले निर्देशन दिएको भेटमा सहभागी एक नेताले बताए। शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले पनि क्रियाशील सदस्यताको विषयलाई समाधान गर्न भनेको थियो। प्रक्रिया पूरा गरेर आएका हरुको क्रियाशील सदस्यता स्वीकृत गर्न बैठकले समितिलाई…
काठमाडौँ: नेकपा एमालेको विधान सम्मेलन आगामी साउन २५ गते निर्णय गरेको छ । साथै प्रतिनिधिसभाको घोषित निर्वाचन र महाधिवेशनको मिति जुधेको अवस्थामा महाधिवेशनलाई वैशाखसम्म पर सार्ने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू मात्रै सहभागी भएको बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो । महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदनमा असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्ने र केन्द्रीय विभागहरुलाई पनि असारभित्रै पूर्णता दिने प्रस्ताव गरिएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । सबै जिल्लाबाट साउन ५ भित्र सदस्यता विवरण पठाउने र साउन २५ गते विधान महाधिवेशन गर्ने निर्णय भएको हो । बैठकमा…
काठमाडौँ: कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार मुलुकभरमा ५८३७ जनाको पिसिआर परीक्षणबाट १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने ४२९६ जनाको एन्टिजेन परीक्षणबाट ८०१ जनामा पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३०६६ जना संक्रमणमुक्त भएका छन्। यस्तै १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९१९८ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.३ प्रतिशत छ।
