Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौं । नेपाली कांग्रेसका नेता स्व. नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने भएको छ । नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति जोशीको निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यसैबीच, नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने बैठकले पार्टी…

Read More

एजेन्सी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा बंगलादेशमा ५ जनाको मृत्यु भएको छ । शुक्रबार भएको विरोध प्रदर्शनमा ५ जनाको मृत्यु भएको हो । प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बीबीसीका अनुसार प्रहरीसँग भएको हिंस्रक झडपका क्रममा ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा विरोध प्रदर्शन भएको जनाइएको छ । झडपमा परेर थुप्रै पत्रकारहरू समेत घाइते भएका छन् । बंगलादेशी सञ्चारमाध्यामहरुका अनुसार स्थानीय हात्जारी मदरसामा भएको प्रार्थनापछि विरोध जुलुस निस्किएको थियो । सो जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । चटगाउँ…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चालु प्रतिनिधिसभाको चालु अधिवेशन केही दिनमा नै अन्त्य हुने बताएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा ओलीले वैशाखबाट बर्खे अधिवेशन प्रारम्भ गर्नुपर्ने भन्दै अधिवेशन छिट्टै अन्त्य गरिने सांसदहरुलाई जानकारी गराएका थिए । एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले भने, ‘केही समयपछि चालु संसद् अन्त्य हुन्छ । र, वैशाखबाट बर्खे अधिवेशन प्रारम्भ गर्छौं भन्नुभयो ।’ संसद विघटन भएकाले ढिलो अधिवेशन प्रारम्भ भएको र वैशाखमै बर्खे अधिवेशन बस्नुपर्ने भएकाले संसदको जारी बैठक केही दिनमै अन्त्य गर्न लागिएको प्रमुख सचेत विशाल भट्टराईको भनाइ छ । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको गरेपछि ११ फागुनमा सर्वोच्च अदालतले…

Read More

काठमाडौँ: राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङले २०७६ /७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो अवसरमा सूचना आयुक्तहरु रत्नप्रसाद मैनाली र कमला ओली थापाको पनि उपस्थिति थियो । प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा देशभरबाट गरी कुल एक हजार १३ वटा सूचना प्राप्त नभएको उजुरी परेका छन् । जसमध्ये स्थानीय तहसम्बन्धी उजुरी ५६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यसै गरी गैर सरकारी सँस्थासम्बन्धी उजुरी २१ प्रतिशत र शिक्षा, स्वास्थ्य र खेलकुदसँग सम्बन्धित उजुरीहरु ७ प्रतिशत रहेको पनि प्रतिवेदनमा उल्लेख छ।…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको शुक्रबार सांझा निधन भएको छ। उनको मश्तिश्कघात भएपछी उनी नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा अहिले ८: २४ बजे निधन भएको अस्पतालले जनाएको छ। स्पतालले अहिले केहि बेरमा उनको निधनको प्रेस बिज्ञप्ति जारी गर्ने जनाएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले गरेको ट्विट Sher Bahadur Deuba @DeubaSherbdr 11m नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनको निर्णय फिर्ता नहुने प्रष्ट पारेका छन् । साथै स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल समूहका नेताहरुको जवाफ नकारात्मक आएकाले कारबाही गर्ने बताएका छन् । यसअघि ७ चैतको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको नेपाल समूह शुक्रबार बोलाइएको एमाले संसदीय दलको बैठकमा उपस्थित भएको थियो । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्न अध्यक्ष एवं दलका नेता ओलीलाई आग्रह गरे । विगतको तीतामीठा बिर्सिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै नेताहरुले २ जेठ २०७५ को स्थितिमा फर्किनुपर्ने बताएका थिए । बैठकपछि सांसद भट्टराईले…

Read More

काठमाडौं, १३ चैत । सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दिर्घकालिन समाधानका निम्ती सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिनुभयो । ‘मलको तत्कालिन समस्या समाधान हामीले गरिसकेका छौ । ‘हामीले मलको दिर्घकालिन समस्या समाधान गर्ने हेतुले सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडी बढाएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘यस वर्ष मलको अभावमा किसानहरु छटपटाउनुपर्ने छैन भने उत्पादनमा कमी आउने छैन । मध्यकालिन समस्या…

Read More

काठमाडौँ: काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् । केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा वायुको गुणस्तर सूचकांक ४७०, भक्तपुरमा ३०५ र सिमरामा २४८ पुगेको छ । सरकारले गत वर्ष स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्युआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । विज्ञहरुका अनुसार एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ ।…

Read More

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल समूहका वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा वरिष्ठ नेता खनाल लगायतका नेताहरु सहभागी भएका हुन् । यसअघि आजै एमालेको असन्तुष्ट माधव नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेपछि खनालसहित अन्य नेता बालुवाटार पुगेका हुन् । बैठकमा माधव नेपाल र भीम रावल भने सहभागी नभएको ओली पक्षका सांसद महेश बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकको सुरुवात गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे…

Read More

काठमाडौं : ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । आईपीओ ज्योति लाइफ इन्स्योरेन्सको भवन, ज्ञानेश्वरमा आज (शुक्रबार) बाँडफाँड भएको हो । बाँडफाँड सम्पन्न भए पनि यसको नतिजा भने साँझ ६ बजेपछि मात्र हेर्न सकिनेछ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सिस्टममा अपडेट गर्न समय लाग्ने भएकोले रिजल्ट ६ बजेपछि मात्र हेर्न सकिनेछ । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यता बाँकी १२ लाख ४८ हजार ४ सय ९६ आवेदकहरू भने सेयर पाउनबाट वञ्चित भएका छन् ।…

Read More