Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ उनले आफ्नो कुनै ठूलो महत्वाकांक्षा नरहेको पनि बताइन्…

Read More

काठमाडौँ: नेपाली बजारमा आज (शुक्रबार)सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँ पुगेको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए। अर्यालका अनुसार बैठक आज बस्ने भए पनि समय भने निर्धारण भएको छैन। स्रोतका अनुसार आज अपरान्ह ५ बजे बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ। यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १२, बिहीबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसमेत ३५ जिल्लामा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन आवश्यक छ। महाशाखाको बुलेटिनअनुसार आजसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि तर बढ्न सक्ने भएकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ। यस्तै आज जिल्लाका हिसाबले मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई…

Read More

काठमाडौँ:ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६, ठूला दुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा एक सब-इन्जिनियरको मृत्यु भएको छ। महाँकाल गाउँपालिका–६ का वडाध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सब-इन्जिनियर २१ वर्षीय सविन दाहाल छन्। बुधबार साँझ ठूला दुर्लुङस्थित भर्‍याङ खोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४, कालेश्वर स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२९, हरिसिद्धि बस्ने दाहाल बेपत्ता भएका थिए। खोजीका क्रममा गए राति १० बजेतिर उनको शव फेला परेको हो। ‘खोल्सामा साँझ साढे ७ बजेतिर आएको बाढीले बगाउँदा उहाँ बेपत्ता हुनुभएको थियो। हामीले खोजीको क्रममा राति १० बजेतिर शव फेला परेको हौँ,’ चौलागाईँले भने। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: काठमाडौँको विष्णुमती खोलामा गएराति कारसहित खसेकी युवतीलाई उद्धार गरी बचाएको भिडिओ सार्वजनिक भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति सवा १० बजेतिर टोखा नगरपालिका-८ स्थित बानियाँटार पुलनजिक कारसहित खोलामा बग्दै गरेकी महिलालाई नेपाल प्रहरी र स्थानीय नागरिकको साहसिक प्रयासले बचाउन सकिएको हो। ग्रान्डी अस्पतालनजिकै विष्णुमती खोलामा युवतीसहित बा. प्र.०१-०३१ च ६१४१ नम्बरको कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तुरुन्तै खटिएको प्रहरी टोलीले स्थानीय नागरिकको समेत सहयोगमा ती युवतीलाई सकुशल उद्धार गरेको हो। प्रहरीका अनुसार उनी दाङको तुलसीपुर घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीया भावना ओली हुन्। प्रहरीका अनुसार त्यो कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-…

Read More

नवलपरासी: नवलपरासीमा बाढीले डाइभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड सोमबार बिहानदेखि पूर्णरुपमा अवरुद्ध भएको छ। सोमबार बिहान भएको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछी पूर्वपश्चिम राजमार्गमा गाडी चल्न नसकेका सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका- ३ सर्दी भएर बग्ने खोरन्डी खोलामा आएको बाढीले नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएको हो। डाइभर्सन बाढीले बगाएपछि यातायात पूर्ण रुपमा अबरुद्ध भएको छ। उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सर्दीबाट सुरक्षाफौज परिचालन गरिएको छ। यसैगरि आज बिहानको बर्षाले गोरखाको गोरखा नगरपालिका-८ ढुंगागाडेस्थित गोरखा आरुघाट, बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएपछि सडक अवरुद्ध भएको प्रहरीले…

Read More

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापारः अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै महासंघ अध्यक्ष ढकालले नेपालले आफ्नो आर्थिक कूटनीतिलाई बढाउदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्वपूर्ण ६४ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । ढकाल अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) का डिन समेत हुनुहुन्छ । “सरकार र एचसीसीएन नेपालबिच विश्वास र साझेदारीको सहकार्य आवश्यक…

Read More

काठमाडौं: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले देशको कूल गाह्रस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय सम्बृद्धि सम्भब नभएको वताउनुभएको छ । उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम(R-HVAP)को स्थापना कार्यशालालाई आज सम्वोधन गर्नुहुदै मन्त्री अधिकारीले राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारीको श्रृजना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकहरु देखि नै महत्वपूर्ण योगदान रहँदै आएको र यस कार्यक्रमले कृषि क्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकाहरुमा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) ले कृषि पारस्थितिकीय र उत्थानशील…

Read More

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नक्साल नारायण चौरमा बिहानैदेखि योगाभ्यासहरू भइरहेका छन् ।

Read More