Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सम्बन्धी लिखतलाई ‘सडकमा वितरण गरेको कागज’ भन्दै उपहासपूर्ण टिप्पणी गरेका छन् । सरकारमा संलग्न दलका नेताहरूले यही साउन २४ गते आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेका थिए । ओलीले यस्तो कार्यक्रम संसदमा प्रस्तुत हुनुपर्नेमा बाहिर भएको भन्दै ‘सडकमा भेटिएको’ भन्ने टिप्पणी गरेका हुन् । उनले संसद छलेर न्यूनतम साझा कार्यक्रम नामको एउटा ‘कागज’ प्रस्तुत भएको गरेको आरोप लगाए । ओलीले गठबन्धनका नेताहरूको फोटो देखाउन संसद छलेको भन्दै कटाक्ष गरे । साझा कार्यक्रम भनिएकोमा पनि आलोचना गर्दै उनले ‘साझा’ भन्नुको औचित्यमाथि प्रश्न उठाए ।…

Read More

काठमाडौँ: सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको छ । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए । “सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु ।” उनले भने । कोभिड १९ महामारी…

Read More

काठमाडौं: काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई थप कडाई बनाइएको छ । मंगलबार बसेको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञालाई कडाई गर्दै साँझ ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । आजको तीन जिल्लाका सीडीओको संयुक्त बैठकले निषेधाज्ञालाई थप कडाई गर्दै उक्त निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । यस्तै उपत्यकामा १५ दिन निषेधाज्ञा थप गरिएको छ । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ । यसअघि घोषित निषेधाज्ञाको…

Read More

काठमाडौँ: बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ भने २११५ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ६…

Read More

काठमाडौँ: कृषि विकास बैंकको १ हजार अंकित दरका ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकरण भएको छ । बैंकले ४ प्रतिशत व्याजदर रहेको ‘कृषि ऋणपत्र’, को सूचिकरण गरी कारोबारका लागि नेप्सेमा सूचीकृत गराएको हो । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका तर्फबाट प्रमुख कार्यकारी चन्द्र सिहं साउदले हस्ताक्षर गरे । सम्झौता पश्चात कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।

Read More

काठमाडौँ: विकास बैंक, फाइनान्स, बैंकिङ सेक्टरमा बहार छाएसँगै मंगलबार धितोपत्रको कुल बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा अर्थात ४४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । बजार पूँजीकरणको यो आकार इतिहासकै सबैभन्दा ठूलो आकार हो । यसअघि साउन २० गते बुधबार नेप्से १२.०५ अंकले उकालो लाग्दा समग्र बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब ४७ लाख रुपैयाँ पुग्दै समग्र बजार पूँजीकरणमा रेकर्ड कायम भएको थियो । उक्त मितिभन्दा मंगलबार ४३ अर्ब ६९ करोड धेरै पूँजीकरण पुगेको हो । विसं २०७७ साउनमा कुल बजार पूँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो । शेयर बजारमा भएको उच्च वृद्धिका कारण २०७७ साउनदेखि २०७८ साउन २६…

Read More

काठमाडौँ: अफगानिस्तानमा बिग्रँदो अवस्थाबीच युद्धविरामको अन्तर्राष्ट्रिय अपिललाई तालिबानले अस्वीकार गरेको छ । तालिबानले पछिल्लो समय अफगानिस्तानका एकपछि अर्को मुख्य सहरहरूमा कब्जा जमाइरहेको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म अफगानिस्तानले ६ वटा प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भइसकेको छ । यसमध्ये कुन्दुज निकै महत्त्वपूर्ण रहेको छ । यसबीच अमेरिकी र अफगान विमानले विद्रोहीमाथि कयौँ हवाई हमला गरेका छन् । अफगान अधिकारीहरूका अनुसार यस हमलामा दर्जनौँ तालिबान लडाकु मारिएका छन् । उता, तालिबानका एक प्रवक्ताले आइतबार अलजजिरा टिभीसँग कुराकानी गर्दै अमेरिकालाई थप कारबाही नगर्न चेतावनी दिएका थिए । आइतबार उत्तरी अफगानिस्तानका तीन सहरमा मात्र केही घण्टाको अन्तरमा तालिबानले कब्जा जमाएको थियो…

Read More

काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका अधिकांश भूभागमा सामान्यदेखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। बुधबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमलाई सकारात्मक रुपमा लिएको जनाएको छ । सरकारले खोपको वितरण, उत्पादनमूलक उद्योगलाई बढवा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवद्र्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता विकासका लागि सकारात्मक रहेको महासङ्घको ठहर छ । महासङ्घले आफ्नो धारणा सार्वजनिक गर्दै आगामी असोजसम्म एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने भन्ने व्यवस्था सराहनीय रहेको उल्लेख गरेको छ। यद्यपि महासङ्घले बारम्बार आग्रह गर्दा पनि फ्रन्टलाइनमा रहने उद्यमी व्यवसायी र श्रमिक वर्गलाई खोपको प्रथमिकतामा नराखिएको उल्लेख गर्दै अझै पनि उद्यमी व्यवसायीलाई खोपको व्यवस्था गर्न…

Read More

काठमाडौँ: मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने भएको हो। कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर जारी गरेको थियो । कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ वटा आवेदन मार्फत २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि माग परेको छ । प्रारम्भिक आवेदनका आधारमा कम्पनीको आईपीओ २० लाख ५० हजार ४५१ जनाले नपाउने देखिन्छ । यद्यपी दोहोरो…

Read More