Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भक्तपुर: ‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिँदैन’, मध्यपुरथिमि नगरपालिकाले आम नागरिकका लागि सचेतना अपनाउन जारी गरेको यो सूचना अरनिको राजमार्गको आकाशे पुलमा देख्न पाइन्छ । धेरैको नजर आकाशे पुलमा टाँगिएको यो ब्यानरमा ठोकिन्छ तर यसको अर्थ कतिले बुझे होलान् वा कतिले वास्तै गरेनन् । कोरोनादेखि आत्तिनु हुँदैन भन्ने सन्देश प्रवाह गर्न यस्ता प्रचार सामग्री राखेको बताउँदै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ भन्छन्, “रुघाखोकी लाग्दैमा धेरै मानिस आत्तिने गरेका छन्, कोरोना पो भयो कि भनेर अस्पताल धाउने गरेको पाइन्छ । सामान्य कुरामा पनि यसरी अस्पताल धाउँदा रुघाखोकी लागेको मानिसलाई पनि सङ्क्रमण हुने जोखिम बढ्छ, त्यसैले यस प्रकारको सूचना प्रवाह गरेका…

Read More

काठमाडौँ: समाजवादी पार्टीले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई कारबाहीको चेतावनी दिएको छ। समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले संसदभित्र एउटै दलको मान्यता पाएका छैनन्। समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीका तर्फबाट गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्। ‘हामीले दललाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं’, अरगरियाले सेतोपाटीसँग भने, ‘नभए पार्टीका तर्फबाट कारबाही गर्ने उल्लेख गरेको छु।’ गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विरोध जनाएकी थिइन्। उनले…

Read More

काठमाडौँ: नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको हो । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार सुर्खेत अस्पताल तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २ जना महिला र २३…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपालको बारेमा बोल्दा ध्यान पुर्याउन आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले योगीबारे उठेको प्रश्नको जवाफमा भने- ‘उत्तर प्रदेशमा मुख्यमन्त्री आदित्यनाथले नेपालको विरुद्धमा त्यसरी बोल्नुभएको हो भने त्यो जायज हैन । यदि त्यसरी नेपाललाई उहाँले धम्काउन खोज्नुभएको हो भने त्यो उचित हैन । अहिले यति भनौं उहाँ केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि नभएको, तैपनि उहाँले मुख्यमन्त्रीको हैसियतले त्यस्तो बोल्नुभएको हो भने नबोलिनुपथ्र्यो, त्यो बोल्नुभएको हो भने आलोच्य विषय हो । त्यसरी नेपाललाई धम्की दिनुभएको हो भने त्यो निन्दनीय विषय…

Read More

अर्घाखाँची: अर्घाखाँचीे मालारानी गाउँपालिका क्वारेन्टिनकाकोमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । भारतबाट आएका खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि खनाल उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा आउनुभएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो । अस्पतालमा उपचारपछि घर फर्कँदै गर्नुभएका खनालको गाोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा…

Read More

काठमाडौँ: प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्र्णयार्थ प्रस्तुत गर्नुभएकामा सदनले बहुमतले पारित गरेको हो । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा उक्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सभामुखले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । संवैधानिक व्यवस्थानुसार अर्थमन्त्री डा खतिवडाले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक विवरण(बजेट) प्रस्तुत गर्नुभएको थियो । सरकारले आगामी आवका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको थियो ।…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् । सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने, हामी कूटनीतिक वार्तामार्फत समाधान खोज्छौं र त्यो भनेको हाम्रो भूमि फिर्ता हुनुपर्छ ।’ प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले अन्यत्र यसरी कब्जा नगरिएकाले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई प्रमाथमिकता दिएको बताए ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आज बस्ने क्याबिनेट बैठकले जारी लकडाउनलाई सहजीकरण गर्न आज निर्णय हुने बताएका छन्। आज लकडाउन ७८ औं दिन हो भने अव यस लकडाउनलाई क्षेत्र हेर्दै थप सहजताको निर्णय लिने उनले आज संसदमा जानकारी दिए। बैठक आज २ बजे पछी बस्नेछ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोनाका लागि खर्च भएको १० अर्वको हिसाब किताव सरकारले हरेक वर्ष बुझाउने सरकारको प्रतिवेदन र महालेखा परीक्षाको कार्यालयमा खुलस्त रुपमा आउने बताए। कोरोनाको खर्चको हिसाव कित दुरुस्ता आउँछ त्यसको अहिले चिन्ता नलिउँ बरु कोरोनाको चिन्ता गरौँ- प्रम ओलीले भने। यस्तै, प्रम ओलीले अहिले देशभित्र भारतबाट आएका ८५ प्रतिशतभन्दा बढी नेपाली व्यक्तिमा कोरोना संक्रमण बढेको बताए। त्यसैले हाम्रोमा अहिले एउटा बाढी जस्तै आयो र एकै छोटी पीसीआर र आरडीटी गर्नु पर्ने जिम्मेवारी बढ्यो। जेठ महिनाको अन्तिम सातसम्ममा मात्रै भारतबाट २ लाख २२ हजार ६१४ जना नेपाली नेपाल छिरेको उनले बताए।

Read More

काठमाडौँ: देशमा कोरोना भाइरस जांच गर्ने पोलिमर्स चेन्ज रियाक्सन (पीसीआर) जम्मा २१ वटा मात्रै रहेको र त्यसैले अहिले जांच भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले संसदमा आज विनियोजन विधेयकको अन्तिम दिनमा संसदमा उठेको प्रश्नको जवाफ दिंदै भने, त्यस्तै कतै मेसिन छ भने, त्यसको पाटपुर्जा अरु कतै पुगेको छ, प्रम ओलीले भने । मान्छे कम मर्नु नै ठुलो कुरा हो जुन लकडाउनले गर्दा नै सम्भाएको भएको प्रम ओलीले बताए। कोभिड बिश्वमा एउटा बाँध फुटेको जस्तो गरी आएको र एकै पटक क्यारेण्टिन ठुलो मात्रामा बनाउन सहज, सस्तो बिषय थिएँन नेपाललाई। उनले भने २५ देखि ३० लाख नेपाली अझै…

Read More