Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने ईच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्ने मध्यका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहाना राखेका छन् । हटलाइनमा प्राप्त सूचना अनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन्…

Read More

काठमाडौं: संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुथ्रेसले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै गुथ्रेसको यस्तो भनाइ आएको हो । मंगलबार गुथ्रेसका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिमा उनले कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेको अवस्थामा डब्लुएचओको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन् । विश्व अहिले महामारीमा रहेको अवस्थामा डब्लुएचओ वा अन्य कुनै मानवीय संस्थाको स्रोत साधन कटौती गर्ने समय नरहेको उनको भनाइ छ । कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने कुरा बुझ्न केही समय लाग्ने भन्दै गुथ्रेसले डब्लुएचओको बचाउ गरे…

Read More

सप्तरी: दिल्लीबाट फर्केका दुई जना जमातीमा र्‍यापिड परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल गरिएको छ । बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । अब यो दुई स्थानीय तहका व्यक्ति घर बाहिर अथवा भित्र जान सक्दैनन् । प्रशासकीय अधिकृत आनन्द ठाकुरले यी दुबै वडाका १/१ व्यक्तिको र्‍यापिड परीक्षणका क्रममा पोजेटिभ देखिएपछि दुबैलाई सिल गर्ने निर्णय भएको जानकारी दिए । यस्तै, र्‍यापिड टेस्टका क्रममा पोजेटिभ देखिएकाको पारिवारिक सदस्यको समेत र्‍यापिड टेस्ट गरिने तथा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ…

Read More

काठमाडौँ: कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागी लागू भएकोलकडाउनको अबधीमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको छ । लकडाउन अबधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाई गर्न लागेको हो । सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायबधीका लागी भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्नेमहाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताउनु भयो । उहाँले अत्याबश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यकबाहिरि अबस्था…

Read More

काठमाडौँ: नेपाल एयरलाइन्समा सरकारले फेरि कार्यकारी अध्यक्ष नियुक्त गरेको छ। मंगरलबारको मन्त्रिपरिषदको बैठकले पूर्वपर्यटन सचिवसमेत भइसकेका सुशील घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो। सरकारले घिमिरेलाई नेपाल एयरलाइन्सको कार्यकारी अधिकारसहित अध्यक्षको भुमिकामा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। घिमिरेलाई अध्यक्ष नियुक्त गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। घिमिरे यसअघि पर्यटन मन्त्रालयको सचिव हुँदा पनि नेपाल वायुसेवा निमगको अध्यक्ष भइसकेका छन्। तर यसपालि भने उनी कार्यकारी अधिकारसहतिको अध्यक्ष नियुक्त भएका हुन्। राष्ट्रिय ध्वजाबाहकमा सरकारले फेरि महाप्रबन्धक खाली राखेर कार्यकारी अध्यक्ष ल्याएको छ। महाप्रबन्धक हुँदा निगममा पर्यटन मन्त्रालयका सचिव अध्यक्ष हुन्छन्। जसले मन्त्रालयको प्रत्यक्ष भुमिकका…

Read More

काठमाडौँ: अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती नाजुक छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किसकेका छन् ।

Read More

काठमाडौँ: काभ्रेमा दुई युवालाई र्‍यापिड टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको छ। काभ्रेको बेथानचोक गाउँपालिकाका एक जना र मन्डन देउपुर नगरपालिकाका एक जनालाई कोरोना पोजिटिभ देखिएको हो। बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले र्‍यापिड टेस्टले पोजेटिभ देखाएको बताए। थप टेस्टका लागि अहिले धुलिखेल लैजाँदै गरेको उनले बताए। ‘र्‍यापिड टेस्टमा ब्लड टेस्ट गर्दा पोजेटिभ देखायो क्यार। त्यसैले हामी अर्को परीक्षण नगरेसम्म एकिन भन्न सक्दैनौ,’ उनले भने। मन्डन देउपुर नगरपलिका एक जनालाइ पनि कोरोनाको आंशकामा धुलिखेल अस्पताल पठाइको छ। नगरपालिकाका मेयर टोकबहादुर तामाङले अस्पताल पठाएको पुष्टि गरे। ‘र्‍यापिडमा अलि कन्फ्युज रिजल्ट आयो। त्यसैले धुलिखेल पठाएका छौंं,’ उनले भने। अस्पतालले कोरोना आशंकामा अहिलेसम्म कोही पनि…

Read More

काठमाडौँ:नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ। आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंमार्फत सरकारलाई हस्तान्तरण गरिएको छ। आईक्यान परिषदको गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। परिषद् बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको वैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्चहरु कटौती गर्ने समेत निर्णय गरेको छ। कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना…

Read More

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ०लाई दिदैं आएको सहयोग रोक्न निर्देशन दिएको बताएका छन्। ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो ुआधारभूत कर्तव्यु पूरा गर्न चुकेको आरोप लगाएका छन्। उनले डब्लुएचओलाई चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछेप गरेको र राम्रो प्रबन्ध गर्न नसकेको आरोप लगाएका छन्। उनले यसका लागि डब्लुएचओलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्। डब्लुएचओको काम र कर्तव्यमा प्रश्न उठाइरहेका ट्रम्पलाई देशभित्रै कोरोना संक्रमणको रोकथाममा गम्भीर नरहेको आरोप लाग्दै आएको छ। ‘मैले मेरो प्रशासनलाई आर्थिक सहायता रोक्ने निर्देशन दिएको छु। विश्व स्वास्थ्य संगठनले गरेको कोरोना भाइरस संक्रमणको ढाकछेप र नराम्रो…

Read More

कास्की: गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताउनुभयो । “बस्ने ठाउँको व्यवस्था स्थानीय र प्रदेश सरकारले समेत गरेको छ र क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि प्रतिदिन रु ५१० का दरले उपलब्ध गराउने निर्णय भएको छ”, मन्त्री बस्नेतले भन्नुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण…

Read More