Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट सोमबार एकैदिनमा १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,१२७ जना संक्रमित भएका छन् । ४,००७ जना निको भएका छन् ।

Read More

काठमाडौँ : नेकपा एमालेका नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको बताएका छन् । संसदमा मतदानपछि बाहिर निस्किदै गर्दा उनले यस्ता प्रतिक्रिया दिएका हुन् । ‘प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ,’ नेम्वाङले भने ।

Read More

काठमाडौँ: प्रधामन्त्री केपी शर्मा ओलीले आफुले मागेको संसदको विश्वासको मात पाउनबाट बन्चित भएका छन् । उनले मागेको विश्वाशको मत विभाजन अनुसार, ओलीको पक्षमा ९३ मत र हुन्न भन्ने पक्षमा १२४ मत खसेकोले प्रम ओलीले संसदबाट आफ्नो विश्वासको मत प्राप्त गर्नबाट बन्चित भएका हुन् । आज संसदमा कुल २३२ सांसदहरु उपस्थित थिए। अर्को संसदको बैठक यही बैशाख ३० गते बस्ने गरी स्थगित भएको छ। जनता समाजवादी पार्टी नेपालका ३२ सांसद मध्ये १५ जना भने कतै पनि मत नदिएर तठस्थ बसेका थिए । यस्तै उनका एमाले पार्टीका नेपाल-खनाल पक्षसहित ३९ जना भने संसद बैठकमै अनुपस्थित रहेका थिए

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए । ‘मलाई मत दिनुस् कसरी संसद् विघटन हुन्छ ? आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने,’ ओलीले भने । उनले प्रतिपक्षी दलहरूलाई सोधे, ‘आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?’ ‘विश्वासको मत दिँएर स्थिरताको पक्षमा काम गरौं,’ ओलीले भने । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभासँग ओलीले जोड दिएर विश्वासको मत मागिरहेका छन् । उनले प्रतिपक्षी दलहरूलाई भने, ‘संसद्को‌ स्थायित्वका…

Read More

काठमाडौँ: जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने घोषणा गरेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरले भने अहिलेको अवस्थामा आफुहरु विश्वासको मतको प्रस्तावको पक्षमा पनि नभएको र विपक्षमा पनि नभएको भन्दै तटस्थ बस्ने बताएपनि यादवले भने विपक्षमा रहेको बताएका हुन् । ​ओलीले विश्वासको मत लिनकै लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु नयाँ सरकार बनाउने बाटोमा अघि बढिसकेको पनि बताए । दुई पार्टीका अध्यक्षको फरक फरक अभिव्यक्तिले पार्टीभित्रको विवाद संसदमै पनि छताछुल्ल देखिएको छ । यादवले भने, ‘हामी विश्वासको मत दिन सक्दैनौँ, हाम्रा साथीहरु विश्वासको मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्ने बाटोमा…

Read More

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले रातोपाटीसँग भने, ‘भोलि बैठक बसेर त्यसबारे औपचारिक निर्णय गर्छौ ।’ कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ । संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार पनि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको निर्णय गर्न सक्छन् । उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरिएको थियो । पहिले एक साताका लागी जारी गरिएको निषेधाज्ञाको समय यसअघि नै वैशाख २९ सम्म थपिएको…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘यो सदन र यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए । ‘आफैंले विघटन गरेको संसद, यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’ उनले प्रश्न गरे । उनले प्रधानमन्त्रीले विश्वासको मत माग्नुमा पनि कुनै षड्यन्त्र छ कि भन्ने आशंका समेत गरे । उनले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोपसमेत लगाए…

Read More

काठमाडौं । संसदको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेकपा मावोवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुले हिजै (आइतबार) नै ‘इनफ इज इनफ’ अर्थात अब बढ्ता नै भयो भनेर भनेका छन् । प्रम ओलीले संघीय संसदमा आज संसदबाट विश्वासको मतका लागि सदन चलिरहेको छ । अहिले संसदको विशेष अधिवेसन चलिरहेको छ । प्रचण्डले पनि अहिले आफ्नो पार्टीले विश्वाशको मत नदिने समेत दोहोराह्ये ।

Read More

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकारी प्रधानमन्त्री भएर अरुलाई दोष नथोपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताए । ‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने रु अरुमाथि गुनासो र दोष थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ रु’, देउवाको प्रश्न थियो । ‘३ वर्षअघि एमाले र माओवादी मिलेर गठबन्धन गरेर झण्डै दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्रीजीले सरकार बनाउनुभएको छ । आज उहाँ विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । यसका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ’, देउवाले…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले सरकारले ३ वर्ष बढीको अवधिमा जनताको पक्षमा धेरै काम गरेको भन्दै अब पनि यही सरकारले निरन्तरता पाउने विश्वास गरे । उनले भने, ‘मैले विश्वास लिएको छु कि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन, कसरी सही गर्न सक्नुहुन्छ सभामुख महोदय ?’ । उनले त्यसो भन्दा एमाले सांसदले टेबुल ठटाउँदै हुटिङ गरेका थिए । ‘बाहिरबाट आउँदा अली दिन फोन नगर्दा फोन पनि गर्दैन प्रधानमन्त्रीले भन्ने असन्तुष्टि थियो कि ? त्यो पनि छाडिदिनुस् । म काममै लागेर त्यस्तो भएको हो। मेरो कसैप्रति पूर्वाग्रह छैन।’…

Read More