काठमाडौँ: प्रधामन्त्री केपी शर्मा ओलीले आफुले मागेको संसदको विश्वासको मात पाउनबाट बन्चित भएका छन् । उनले मागेको विश्वाशको मत विभाजन अनुसार, ओलीको पक्षमा ९३ मत र हुन्न भन्ने पक्षमा १२४ मत खसेकोले प्रम ओलीले संसदबाट आफ्नो विश्वासको मत प्राप्त गर्नबाट बन्चित भएका हुन् ।
आज संसदमा कुल २३२ सांसदहरु उपस्थित थिए। अर्को संसदको बैठक यही बैशाख ३० गते बस्ने गरी स्थगित भएको छ। जनता समाजवादी पार्टी नेपालका ३२ सांसद मध्ये १५ जना भने कतै पनि मत नदिएर तठस्थ बसेका थिए ।
यस्तै उनका एमाले पार्टीका नेपाल-खनाल पक्षसहित ३९ जना भने संसद बैठकमै अनुपस्थित रहेका थिए
Facebook Comments Box