Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीसँग भेट्नुअघि बालेनलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ६१.२७ अंक घटेर २७५८.४८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। यस दिन २३३ कम्पनीको ७३ हजार ६९३ पटकको कारोबारमा ६ अर्ब ५० करोड १ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबैको परिसूचक घटेको छ। यस दिन सो…
काठामडौँ: नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार सुरु भएको बैठक आइतबार तीनवटा प्रतिवेदन पारित गर्दै सकिएको हो । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा बैठकले सुझाबसहित पारित गरेको प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिए । तीनवटै प्रतिवेदनमाथि १० वटा समूह बनाएर शनिबार छलफल भएको थियो । सो छलफलमा आएका सुझाब तथा प्रश्नबारे अध्यक्ष ओलीलगायत प्रतिवेदन प्रस्तुतकर्ता नेताले जवाफ दिएका थिए । जवाफ दिनेक्रममा अध्यक्ष ओलीले संसद विघटन ठिक रहेको भन्दै बचाउ गरेका थिए । उता ७० वर्षे…
काठमाडौँ: सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा छलफल गरेका छन्। आज बिहान १० बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित थिए। गठबन्धनको छलफलमा सहभागी जसपा नेता महेन्द्र राय यादवले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने, गठबन्धनलाई दीगो बनाएर लैजाने जस्ता कुराकानी भएको बताए। ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ, यसबारे निर्णय गर्ने अधिकार शीर्ष नेताहरूलाई नै छ,’ उनले भने। राजनीतिक दल सम्बन्धी अध्यादेशलाई निष्कृय बनाउनेजस्ता कुराकानी पनि आज छलफलमा उठेको थियो।
काठमाडौँ: इजरायलमा ‘केयरगिभर’का लागि एक हजार छ सय जनाको नाम सिफारिस भएको छ । आइतबार बिहान वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो । विभागले भाषा परीक्षा उर्तीण गरी अन्तरवार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको हो। अब इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ। त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्। यसका लागि अहिले छनोट भएका एक हजार छ सयमध्येबाट एक हजार चार…
काठमाडौँ: काठमाडौंको कपनस्थित ढलमा खसेर हराइरहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। प्रहरीका अनुसार गत मंगलबारदेखि ढलमा बेपत्ता उज्ज्वलकाे शव ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती नदीको किनारमा भेटिएको हो। कपनकाे सडकमा खुला राखिएकाे ढलमा खसेर बेपत्ता बालककाे शव स्थानीयले शनिबार साँझ देखेर खबर गरेकाे प्रहरीले जनाएकाे छ।
काठमाडौँ: जर्मनीमा आज निर्वाचन हुँदैछ । आजै आउने मतपरिणामपछि १६ वर्ष चान्सलरका रुपमा सत्ता बागडोर सम्हालेकी एंगेला मर्केलको औपचारिक विदाई हुनेछ । ६८ वर्षी चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरेकाले अब उनीपछिको उत्तराधिकारी को होला भन्ने चासो छ । चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुँदैछ । जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् । त्यहाँ प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ । जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सदस्य चयन गर्नेछन् । तिनै सदस्यले बहुमतको आधारमा…
काठमाडौं: कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् । तर, महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने निर्णय बाध्यकारी भने छैन । सञ्चालन गर्न चाहने विद्यालयलाई स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सकिने निर्णय महानगरपालिकाले गरेको छ । त्यसो त काठमाडौं उपत्यकामा यसअघि पनि केही विद्यालय सञ्चालन भैरहेका छन् । महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर…
काठमाडौँ: वर्तमान सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल नबढाएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले स्यानिटरी प्याडको भन्सार भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यम मार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ। स्यानीटरी प्याड आयातमा आर्थिक वर्ष २०६९।७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको मन्त्रालयले स्पष्ट पारेको छ। ‘बढाइएको होइन’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ वर्तमान सरकारले महसुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौँ।’ मन्त्रालयको प्रेस नोटमा भनिएको छ । सरकारले स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत…
काठमाडौँ: पछिल्लो दशकमा भएको सञ्चार प्रविधिको विकासले अहिले अनलाइन सञ्चार माध्यमको संख्या थपिने क्रम ह्वातै बढेको छ । कुन कति विश्वासनीय हुन् ? कति तथ्यपरक सामग्री पस्कन्छन् ? पाठकलाई छुट्याउनै हम्मे पर्छ । सञ्चारमाध्यमको अभिलेखीकरण, अनुगमन र नियमन गर्दै आएको प्रेस काउन्सिलको पछिल्लो प्रतिवेदनले त्यही अवस्था रहेको औंल्याएको छ । ‘एक जना पत्रकार बराबर एउटा अनलाइन भनेजस्तो अवस्था छ,’ काउन्सिलले आफ्नो ४६ औं वार्षिक प्रतिवेदनमा भनेको छ । नेपालमा अनलाइन सञ्चार माध्यम विकासको त्यति लामो अवधि भने भइसकेको होइन । काउन्सिलले ०७० साल १६ साउनदेखि अनलाइन सञ्चार माध्यम सूचीकरण गर्न थालेको थियो । पछि ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका,…
काठमाडौँ: नेकपा एमालेको केन्द्रीय समिति बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा चलिरहेको छ । बैठकमा समूह टोली नेताहरुले सुझाव राख्ने क्रम जारी छ । अहिलेसम्म लुम्बिनी र बागमतीमा प्रदेश कमिटी टोली नेताले विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावका सन्दर्भमा सुझाव दिएका छन् । बैठकमा लुम्बिनी समूहका टोली नेता दलबहादुर रावलले दुईपटक भन्दा बढी कार्यकारी पदमा बस्न नहुने, फागुन २३ को फैसलापछि पनि एमालेमै रहेका पूर्व माओवादी नेताको जिम्मेवारी खोस्न नहुने लगायतका सुझाव दिएका छन् । उनले पार्टीमा ७० वर्षीय उमेर हद हटाउनुपर्ने र राख्नुपर्ने भन्ने दुवै मत आएकाले नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले…
