Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

नयाँ दिल्ली । अहदाबादमा दुर्घटनाग्रस्त भएको एयर इण्डियाको विमानभित्र रहेका यात्रुलाई एम्बुलेन्समा राखेर अस्पताल लगिँदैछ । टाइम्स अफ इण्डियाका अनुसार गुजरातका मुख्यमन्त्री रुपनी बिजयसहित २४२ यात्रु र चालक दलका सदस्य विमानभित्र थिए । लण्डन उड्ने क्रममा टेक अफ लिएलगत्तै विमान केही पर पुगेर आकाशमै आगो लागेको देखिन्छ । विमानमा सवार यात्रुको उद्दार गरेर अस्पताल लगिरहेको दृष्य देखाइए पनि हताहतीबारे अहिलेसम्म त्यहाँका अधिकारीले केही बताएका छैनन् । अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ । यसअघि सन् १९८८ पनि यही विमानस्थलमा विमान दुर्घटना हुँदा १३३ जनाको…

Read More

काठमाडौँ: संवैधानिक निकायका ५२ पदमा नियुक्ति पाएका ५२ जना पदाधिकारीबारे सर्वोच्च अदालतले आज निर्णय सुनाउने तयारी गरे पनि निर्णय सुनाउने मिति सरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी बुधबार दिउँसो छलफलमा जुटेका थिए। तर यसबारे छलफल नसकिएपछि सर्वोच्चले निर्णय सुनाउने मिति सारेको छ। अब सर्वोच्चले यसबारे असार १८ गते निर्णय सुनाउने सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। ‘उहाँहरू आज अपराह्न ५ बजेसम्म पनि छलफलमै हुनुहुन्थ्यो, यो अध्ययनकै क्रममा आज भ्याउने अवस्था नरहेकोले निर्णय सुनाउने मिति असार १८ गतेका लागि तोकिएको छ,’ उनले भने। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको…

Read More

काठमाडौँ । नेपाल प्रहरीका अधिकृतहरूसँग साइबर जोखिमबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । प्रहरी प्रधान कार्यालयमा सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनिस सोलुशनले अन्तरक्रिया आयोजना गरेको हो । नेपाल प्रहरीको नेतृत्व तहलाई साइबर खतरा र विकसित परिदृश्यबारे जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जेनिस सोलुसनले जनाएको छ । मङ्गलबार सम्पन्न कार्यक्रममा राष्ट्रिय महत्वका पूर्वाधार तथा संवेदनशील कानुन कार्यान्वयनसम्बन्धी डेटाको सुरक्षा रणनीतिबारे अन्तरक्रिया गरिएको थियो । जेनेस सलुशनका ग्लोबल सिटिओ तथा सिआइएसओ निरञ्जन कुँवरले सो कार्यक्रममा एड्भान्स पर्सिस्टेन्ट थ्रेट्स (एपिटिएस) र आन्तरिक खतराहरुले विश्वभरिका सुरक्षासम्बन्धी निकायहरूमा पारेको प्रभावबारे चर्चा गरे । उनले अमेरिकाको न्यूजर्सीमा प्रहरी विभागहरूलाई ठप्प बनाउने र्यानसमवेयर आक्रमणदेखि…

Read More

काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन् । उनीहरूलाई साइबर ब्युरोबाट परिचालन गरिएको ब्युरोका एक जना अधिकृतले बताए । पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनी विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएको ब्युरोका एक अधिकृतले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनी विरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियो । होटल शंकर…

Read More

काठमाडौँ: नेपाल पत्रकार महासंघले काठमाडौँ जिल्ला अदालतले नेपालखबर डटकम र बिजमाण्डु डटकम अनलाइनमा प्रकाशित समाचार हटाउन दिएको आदेश पुनर्विचार गर्न आग्रह गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी समाचार हटाउन भन्दै अदालतले दिएको अन्तरिम आदेशको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। न्यायाधीश पीताम्बर शर्माको इजलासले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै समाचार तुरुन्त हटाउन आदेश दिएको थियो। ‘महासंघ उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रष्ट पार्दछ,’ विज्ञप्तिमा उल्लेख छ। समाचारका विषयमा चित्त नबुझे पीडितले उजुरी दिने ठाउँ प्रेस काउन्सिलको…

Read More

काठमाडौं महानगरपालिकाका अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो। ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रुपमा कार्यरत छन्। भ्रष्टाचार मुद्दा दायर भएसँगे उनी निलम्बनमा परेका छन्। चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यस मुद्दामा परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्यलगायत प्रतिवादी छन्। परियार मेयर बालेनले नै महानगर लगेका प्रशासकीय अधिकृत हुन्। उनी बालेनको विश्वासिला पात्र मानिन्छन्। मुद्धाको फाइल पढ्न परे तलको लिंकमा क्लिक गर्नुहोस

Read More

एकजना सहायक रथीको राजीनामा स्वीकृत काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज–भोलि नै संसद्‌को अवरोध खुल्ने विश्वास व्यक्त गरेका छन् । त्यसका लागि सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको उनले जानकारी दिए । आज मन्त्रालयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘बढीमा संसदीय छानबिन समिति बनाउने वा कसरी बनाउने भन्नेबारे छलफल भइराख्या छ । हाम्रो चाहिँ के हो भने मन्त्रीले यी सबै उठिरहेका विषयबारे संसद्‌मा आफ्नो धारणा राख्ने, सरकारको…

Read More

काठमाडौँ:सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेको ‘झोले’लाई गलत रूपमा व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा गलत रूपमा व्याख्या गरिएको बताए। ‘झोल खानेलाई पनि झोले भन्छ। झोला बोक्नेलाई पनि झोले भन्छ। हामीले झोल खाने झोले भनेको होइन। हाम्रो अध्यक्षले भन्न खोजेको झोले भनेको हाम्रो पार्टीको झोला बोक्ने। त्यसलाई गलत अर्थमा व्याख्या गरिराखिएको छ सोसल मिडियाहरूमा,’ उनले भने। लामो समय पार्टीमा सक्रिय व्यक्तिलाई ‘झोले’ भनिने प्रस्टीकरण दिँदै गुरुङले एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको जिकिर गरे। उनले भने, ‘जुन पार्टीको होलटाइमर…

Read More

काठमाडौं: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) का बिशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई मुलप्रवाहीकरणमा ल्याउनका लागि महत्वपुर्ण भुमिका खेलेको वताउनुभयो । नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्धारा संचालित परियोजनाहरु मार्फत खाद्य र पोषण सुरक्षा ,दिगो प्राकृतिक श्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण , आपलकालीन अवस्थाको तयारी एंव ग्रामीण महिलाहरुको आर्थिक उत्थान र सवलीकरणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो ।…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला तीनहजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ५ रुपैयाँ घटेर दुईहजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । शुकर्बर चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

Read More