Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको दावी पेश गरेका छन् । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दावी पेस गरेका छन् । नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन् । नेपालीसँग कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू पनि छन् ।
काठमाडौँ: सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए । ‘अहिले लोकतन्त्र धरापमा परेको छ । पटक पटक संसद विघटन भएको छ । यसमा साझा चिन्ता व्यक्त भयो’, डा.भट्टराइले भने, ‘कोरोना महामारी चर्किएको छ । खोप व्यवस्थापन हुन सकेको छैन । यो विषयमा पनि हामी सबैको एउटै मत रह्यो ।’ बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने…
काठमाडौँ: नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ७५० जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १५ हजार १८२ जनामा परीक्षण गर्दा ३ हजार ७५० जनामा संक्रमणम पुष्टि भएको हो । जसमध्ये ९ हजार ५९८ जनामा पिसिआर परक्षणमा २ हजार ७०९ जना र ५ हजार ५८४ एन्टीजेन परीक्षणमा १ हजार ४१ ज्नामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ५ हजार २२५ जना संक्रमण मुक्त बनेका छन् । यो सँगै हालसम्म…
काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको बैठक गर्दैछन्। शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले आयोगको बैठक बोलाएको आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए। यो बैठकमा अरू एजेन्डा नभएका कारण बिएन्डसी प्रस्तावित मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउने नबढाउनेबारे छलफल हुने दाबी गरिएको छ। आयोगको अध्यक्ष प्रधानमन्त्री ओली हुन्। उनले अध्यक्षको हैसियतमा बैठक बोलाएका हुन् । आयोगको बैठकले सम्बन्धन अघि बढाउने सम्भावना पनि बलियो रहेको स्रोतले जनाए पनि बैठकको एजेन्डाबारे आयोग पदाधिकारीले बताएका छैनन्। यसअघि काठमाडौं विश्वविद्यालयको टोलीले चार सदस्यीय अनुगमन समिति पठाएको थियो। उक्त समितिले बिएन्डसीको भौतिक पूर्वाधारको अवस्था बुझेर प्रारम्भिक रिपोर्ट पेश गरेको थियो। आयोगका अनुसार बिएन्डसीले सम्बन्धनका…
काठमाडौं: कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम त पूर्वविजेता मात्रै छन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेन । त्यसैले पनि यसपटक युरोकप प्रतिस्पर्धात्मक हुन सक्छ । युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । उदघाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ भने जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ । उपाधि दाबेदार भएर पनि अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड…
काठमाडौँ: डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिन आग्रह गरेका छन् । पत्रमा केसीले बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाकेको पत्रमा उल्लेख गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘नेपाली नागरिकहरुले यहाँलाई मत प्रदान गरी देशको कार्यकारी बनाइ तलब, भत्ता, महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेका छन्। तर स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन बर्खिलाप हुने गरी यहाँले आम नागरिकहरुको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहनुभयो। खासमा यहाँले कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण…
काठमाडौँ: सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारी थापालाई दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । थापा बिहीबारमात्रै सञ्चारमन्त्रीमा नियुक्त भएकी हुन् । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै बिहीबार पहिलो बैठक बसेको हो । यसअघि सरकारको प्रवक्ताको जिम्मेवारीमा सञ्चारमन्त्री समेत रहेका पार्वत गुरुङ थिए । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहलाई मन्त्रिपरिषद्मा सहभागी गराउने क्रममा गुरुङ मन्त्री पदबाट बाहिरिएपछि प्रवक्ता पद रिक्त बन्न पुगेको थियो ।
काठमाडौँ: गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर गर्दै कानुन विपरितका गतिविधिमा कडाइ गर्न निर्देशन दिएको छ। गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। आफ्नो पदवहाली कार्यक्रममा अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिनेगरी काम गर्न निर्देशन दिएका थिए। कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र विभागीय प्रमुखरुको उपस्थिति रहेको थियो। नवनियुक्त गृहमन्त्री अधिकारीको पदवहालीपछि गृहले जारी गरेको परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी…
दार्चुला, २८ जेठ (रासस) : दार्चुला–तिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ । व्याँस गाउँपालिका–२ को कोठेधारदेखि नेपाल–चीन सीमा स्तम्भसम्मको डिपिआरका लागि सर्वेक्षणको काम सकिएको हो । नेपाली सेनाले प्यारागन ग्रिड नेपाल जेभी नामक परामर्शदातामार्फत डिपिआर निर्माण गर्न लागेको हो । परामर्शदाता कम्पनीले ३५ दिन लगाएर कोठेधारबाट तिंकर भञ्ज्याङसम्मको स्थलगत सर्भेक्षण, अवलोकनको तथा सर्भेक्षणको काम सकिएको परामर्शदाता कम्पनीका इञ्जीनियर सुशील देवकोटाले जानकारी दिनुभयो । “व्याँसको कोठेधारबाट छाङ्गरुसम्म भारतको जस्तै महाकाली नदी किनारैकिनार भएर सर्भेक्षण गरिएको छ”, देवकोटाले भन्नुभयो, “कहीँ भारतको भन्दा थोरै माथि होला । सर्भेक्षणका क्रममा सडकलाई महाकाली…
काठमाडौँ: वाग्मतीलाई प्रदेश सरकारले डिजिटल प्रदेश बनाउने घोषणा भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै प्रदेश प्रमुखले डिजिटल प्रदेशको रुपमा वाग्मतीलाई अघि बढाइने जानकारी गराएका हुन्। यसमा यातायात, सञ्चारलगायत विकासका पूर्वाधारहरु डिजिटलमैत्री बनाइने भएको हो। त्यस्तै प्रदेशबाट हुने कामहरु उद्योग व्यवसाय दर्ता, कर भुक्तानी, तथा प्रशासनिक कार्यहरु डिजिटलमैत्री बनाइने भएको हो।
