Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो। जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ छ भने महँगी भत्ता पाँच हजार छ सय १५ गरी जम्मा १५ हजार रूपैयाँ कायम गरिएको छ। नयाँ व्यवस्था अनुसार श्रमिकले दैनिक ५ सय ७७ रूपैयाँ पारिश्रमिक पाउने छन्। जसमा तीन सय ६१ रूपैयाँ आधारभूत पारिश्रमिक र दुई सय १६ रूपैयाँ महँगी भत्ता रहने उल्लेख गरिएको छ। प्रतिघण्टाका दरले हिसाब गर्दा श्रमिकले ७७…
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली कोभिड-१९ विरुद्ध लागु गरिएको निषेधाज्ञामा थप कडाइ हुने बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले महामारी नियन्त्रणका लागि सरकारले लागु गरेका मापदण्डलाई कडाइको साथ पालना गर्न समेत आग्रह गरे । निषेधाज्ञाको पालना गर्न समेत उनले आग्रह गरेका छन् । भीडभाड नगर्न, मास्क लगाउन र हात धुन आग्रह गर्दै प्रधानमन्त्रीले आम नागरिकलाई विचलित नभइ जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरे । ओलीले पछिल्लो समय नेपालको कोभिड परिस्थितीबारे प्रकाश पारेका थिए । कोरोना सङ्क्रमणको पहिलो लहरमा गरिएको सावधानीका कारण महामारी फैलिन नपाएको र अहिले दोस्रो लहरमा पनि त्यस्तै सावधानी अपनाउन उनले आग्रह गरे…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरुलाई मन्त्रिपरिषदको सिफारिश राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गरेकी छिन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । माओवादी केन्द्रमै आवद्ध…
काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम…
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् । गण्डकी प्रदेश प्रमुख पौडेल भने लामो समयदेखि कम्युनिस्ट पार्टीमा आवद्ध छिन् । नेकपा एमालेको केन्द्रीय सदस्य उनी प्रधानमन्त्री…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।
काठमाडौँ: सरकारले बैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेर मानिसहरुको आवत–जावतमा प्रतिबन्ध लगायो । बैशाख १५ गते साँझसम्म दशौं हजारले उपत्यका छाडेपछि यहाँ मानिसहरुको चाप ह्वात्तै घटेको छ । तर, निषेधाज्ञा शुरु भएको चार दिनसम्म पनि कोरोना संक्रमितको संख्या घट्नुको साटो दिनहुँ उकालो लागिरहेको छ । निषेधाज्ञा जारी हुने अघिल्लो दिन अर्थात् बैशाख १५ गते काठमाडौंका तीन जिल्लामा २४ घण्टाका सक्रिय संक्रमितको संख्या २ हजार २२ थियो । जबकि हिजो, अर्थात बैशाख १९ गते काठमाडौं उपत्यकामा यो संख्या बढेर ३ हजार पाँच सय ९५ पुगेको छ । काठमाडौं जिल्लाको तथ्यांक निषेधाज्ञाको अघिल्लो दिन अर्थात बैशाख १५ गते काठमाडौं जिल्लामा…
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो र जिउ दुखाई बढेपछि आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गराएकोमा आज बिहान रिपोर्ट आएको उनले बताएका छन्। ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो-पोजेटिभ,’ शर्माले भनेका छन्।
काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सीयालाई ३–२ गोल अन्तर हराएको हो । भ्यालेन्सीयाको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै एन्टोनी ग्रिजम्यानले एक गोल गरे । उता भ्यालेन्सीयाका लागि ग्रावियल पुलिस्टा र कार्लाेस सोलेरले एक–एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरेका हुन् । जितसँगै बार्सिलोनाले उपाधि होडमा आफूलाई बलियो बनाएको छ । लिगमा ३४ खेल खेलेको बार्सिलोना ७४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलेको एट्लेटिको ७६ अंक सहित शीर्ष स्थानमा हुँदा…
