Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सिन्धुपाल्चोक: आफैँले पालेको राँगाले हान्दा सिन्धुपाल्चोकमा एक बृद्धको मृत्यु भएको छ। पाँच पोखरी थाङपाल गाउँपालिका- ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्कालाई आफैँले पालेको राँगोले हान्दा मृत्यु भएको हो। बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन्। राँगोले हान्दा खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए। रासस
काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ। विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ। अनुसन्धान अधिकृत २१ जना माग भएको छ। अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो। अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ। साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने आजको गोरखापत्रमा जारी सूचनामा उल्लेख छ। सहायक सूचक पदमा…
काठमाडौँ; सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहले आज छुट्टाछुट्टै बैठक गर्दैछन्। झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ। उता अध्यक्ष ओलीले भने आजै संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुन्छ’, भट्टराईले भने। बालुवाटारमा हुने संसदीय दलको…
काठमाडौँ: फिफा विश्वकप फुटबल छनौटमा जर्मनीले विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोलले पराजित गरेको छ । घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले एक एक गोल गरे । जितसँगै समूह ‘जे’ को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।
काठमाडौँ: स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि प्रदेश १ का पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
काठमाडौं: ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’जारी गरेको छ। अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने प्रावधान अनुसार बैंकले डलर कार्ड जारी गरेको हो। बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिनेछ। नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोलेर यो सुविधा लिन सकिने बैंकले जनाएको छ। यसका लागि पाँच सय रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने…
काठमाडौँ: थ्री नेसन्सकपमा नेपाल बिहीबार किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरीमा रोकिएको छ । १० खेलाडीमा सीमित यू–२३ टिमविरुद्धको यो नतिजा नेपाली राष्ट्रिय टिमका लागि निराशाजनक नतिजाका रूपमा रहनेछ । अब नेपालले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ र त्यसले फाइनल पुग्ने दोस्रो टिमको निर्णय गर्नेछ । यो नतिजापछि बंगलादेश भने फाइनल पुगेको छ । उसको ३ अंक छ र उसले पहिलो खेलमा किर्गिस्तानी टिमलाई हराएको थियो । नेपाल र किर्गिस्तान भने एक एक अंकमा रहे । अंक तालिकामा नेपाल भने दोस्रो स्थानमा रहेको छ । अब नेपालले बंगलादेशलाई अन्तिम खेलमा बराबरीमा रोके पनि फाइनल पुग्न सक्नेछ । किर्गिस्तानले पनि आफ्नो…
काठमाडौँ: जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको बताएका छन्। संसदमा भट्टराईको दल पनि प्रतिपक्षमा छ। भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलले ढिलाइ गर्दा ओली सरकारले निरन्तरता नै पाएको संकेत गरेका छन्। प्रतिपक्षी दल सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने भूमिमामा चुक्न नहुने उनको भनाइ छ। सत्तामा अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र छन्। नेकपा भइसकेका यी दल सर्वोच्चको फैसलापछि पुन: अस्तित्वमा आएका थिए। प्रतिपक्षी दल सत्तापक्षलाई खबरदारी गर्दै कुनै पनि बेला नयाँ निर्वाचन वा सरकार दिन तयार हुनुपर्नेमा त्यसो नभएकोमा भट्टराईले असन्तुष्टि जनाएका छन्। ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी…
काठमाडौँ: नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित स्पष्टीकरण दिएका छन्। पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बिहीबार नेता नेपालले पठाएका हुन्। ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रूपमा भएका काम र तपाईं स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईंको व्यक्तिवादको अभिव्यक्ति मात्र भएको भन्दै नेता नेपालले यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता,…
काठमाडौं: कृषि तथा पुशुपन्छी विकास मन्त्रालयले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा खाद्यवस्तुहरूको उत्पादनमा तीव्र वृद्धि गर्दै मुलुकलाई आत्मनिर्भर भएको घोषणा गरे । साथै, दूध ढुवानीको लागि प्रतिक(लोगो) चिन्हको समुद्घाटन, धुलो दूधको नयाँ प्याकेजको अनावरणको साथै पशुपन्छी तथा मत्स्य विकासका रणनीतिक कार्ययोजनाको लोकार्पण कार्यक्रम पनि भएको छ । त्यस्तै, प्रधानमन्त्रीबाट मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको र दुधमा आत्मनिर्भर उन्मुख रहेको घोषणा भएको छ । कार्यक्रममा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्दा देशमा अर्को महात्वपूर्ण उपलब्धि भएको प्रधानमन्त्री ओली बताए । ओलीले अनुसार यस कार्यक्रमले गर्दा…
