Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् । २०६५ चैत २० गते सरकारले तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पाटपूर्जा, टायर, लुब्रिकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिलको ६५ प्रतिशत योगदान रहने आधार तयार…

Read More

काठमाडौँ: मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यस्तो छ तीन दिनको पूर्वानुमान चैत्र ०६ गते (शुक्रबार) दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । राति…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरि लगानी सम्मेलन गर्नु पर्ने बताएका छन् । तयारी नगरी लगानी सम्मेलन गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ । “रेडिमेड प्रोजेक्ट” सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरि काम गर्नुपर्ने अध्यक्ष गोल्छाको भनाइ छ । “लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युत परियोजनामा बाहेक अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन,” गोल्छाले भने,“महासंघले भारत, चीन लगायतका बाह्य लगानी ल्याउन परिणाममुखी काम गर्नु पर्ने भएकाले महासंघ त्यसको तयारी गरिहेको छ ।” आर्थिक उदारीकरणको नीतिसंगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानी…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौं २९ घट्टेकुलोस्थित प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले वर्तमान अवस्थामा सरकारको नेतृत्व कांग्रेसले गर्नुपरे पनि पछि हट्न नहुने बताए । जनताले कम्युनिष्टलाई म्यान्डेड दिए पनि कम्युनिष्ट सरकार असफल देखिएको नेता सिंहको भनाइ छ । उनले संविधान विरोधी र लोकतन्त्र विरोधी काम गर्ने प्रधानमन्त्री ओलीको सरकारलाई छिटो भन्दा छिटो हटाउनुपर्नेमा जोड दिए । ५ वर्षको म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको वर्तमान अवस्थामा अर्को सरकार बनाएर बाँकी समयमा निर्वाचनको तयारी गर्नुपर्ने आफूहरुको धारणा रहेको उहाले बताए । नेता…

Read More

सिन्धुली: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । सिन्धुलीमाढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले नयाँ सरकार गठनका विषयमा दलहरूबीच छलफल भइरहेको र सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने बताए । उनले सरकारको नेतृत्व कसको हुन्छ भन्ने विषयमा भने टुंगो लागिनसकेको जानकारी दिए । नयाँ सरकार गठनका लागि छलफल भइरहे पनि आफू र आफ्नो दल माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेको दोहो¥याए । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा चलिरहेको बताउँदै प्रचण्डले निष्कर्षमा भने पुग्न बाँकी रहेको बताए । ‘पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको…

Read More

काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा पारित प्रस्तावहरू पढेर सुनाइएको थियो । भेलाले सर्वोच्च अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भर्त्सना गर्दै पार्टी एकताको पक्षमा सवै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ । त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सवै निर्णय रद्द गरेको छ । पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने…

Read More

काठमाडौं : एमाले संसदीय दलको बैठकले विधान संशोधन गर्ने भएको छ। बिहीबार दिउँसो जारी बालुवाटारमा दलको बैठकले संसदीय दलको विधान संशोधन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठनसमेत गठन गरेको उनले बताए। विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, सांसद् शेरबहादुर तामाङ र विमला राई पौडेल रहेका छन्। बैठकले संसदीय दलको बोर्ड गठन समेत गरेको छ। बोर्डमा २७ जना रहनेछन् । सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आआफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधव नेपाल समूहमा…

Read More

काठमाडौँ: प्रदेश नं २ का ८ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नं २ ग्रामिण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणले गरेको अन्तराष्ट्रिय टेण्डरमा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई ५ लटमा विभाजन गरिएको छ । आयोजनामार्फत प्रदेश नं २ मा पर्ने जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरु सहितका ३३/११ केभी, १६..६ एमभीए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिने…

Read More

काठमाडौँ: अर्थ मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यले गति लिन नसक्दा अपेक्षित पूँजीगत खर्च हुन नसकेको जनाएको छ । मन्त्रालयले अर्थ बुलेटिन सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्म विकास खर्च न्युन हुनुमा कोभिड-१९ महामारी नै मुख्य कारण भएको बताएको हो । अर्थ मन्त्रालयका अनुसार माघ महिनासम्म १७.८ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । यस अवधिमा चालु खर्चमा भने ११.२ प्रतिशतको वृद्धि भएपनि पुँजीगत खर्च गत आवको यसै अवधिको तुलनामा १८.७ प्रतिशत कम भएको छ । वित्तीय व्यवस्थामा समेत गत आवको तुलनामा यो वर्ष ३१.७ प्रतिशत कम खर्च भएको छ । मन्त्रालयले भनेको छ,…

Read More

काठमाडौँ: सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ । ललितपुरको सानेपास्थित एक होटलमा जारी भेला आज साँझ ५ बजे सकिँदै छ । पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल पक्षधरहरुले भेला आयोजना गरेका हुन् । भेलाले उक्त समूहको आगामी रणनीति पनि तय गर्ने तयारी छ । भेलाले तीन महिने अभियान लिएर तल्लो तहसम्म जाने कार्यक्रम पारित गर्ने तयारी भएको छ । भेलामा २ हजार हाराहारी नेता कार्यकर्ता सहभागी भएका छन् । फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को…

Read More