Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज (मंगलबार) शीतल निवास (राष्ट्रपतिको कार्यालय) मा सर्वदलीय बैठक बस्दै छ। देशमा राजनीतिक विवाद बढ्दै गएपछि छलफलका लागि राष्ट्रपतिले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई हिजै (सोमबार) पत्र पठाएर आज सर्वदलीय बैठकमा आउन आग्रह गरेकी हुन्। आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा आउन भनिएको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको छ। यसआधारमा आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललगायत संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष/सभापति सहभागी हुने सम्भावना…

Read More

काठमाडौँ: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो। बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्। सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो तेस्रो पटक बस्ने बैठक हो। यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो। सरकारले अध्यादेश पेश गर्नेलगायत विजनेश नदिएकोले आज लामो समय प्रतिनिधि सभा बैठक नबस्ने भएको छ। तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव…

Read More

काठमाडौँ: अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । मन्त्रालयले निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको हो । मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरोत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानी, क्षेत्रगत र प्रादेशिक सन्तुलन र दीगो विकास लक्ष्यलाई बजेट निर्माणका मुख्य आधारका रुपमा प्रस्तुत गरेको थियो ।

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन्। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई सो बैठकमा बोलाइएको छ। ‘भोलिको सर्वदलीय बैठकमा सहभागी हुनका लागि राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीज्यूलाई पत्र पठाएको छ,’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। सो कदमको व्यापक विरोध भएको थियो। प्रधानमन्त्रीले गरेको सिफारिशबारे अन्य राजनीतिक दल तथा सम्बन्धित विज्ञसँग त्यसको संवैधानिकताबारे सामान्य परामर्श पनि नगरी तुरुन्तै अनुमोदन गरेको भनी बिभिन्न क्षेत्रबाट टिप्पणी गरिएको थियो। सो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनी बदर गरेको थियो। अदालतको अर्को आदेशबाट नेकपा…

Read More

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजाने निर्णय लिएको छ ।​ धुम्बाराहीबाट फर्किएपछि बानेश्वरमा बसेको​ खनाल नेपाल समूहको केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले उक्त निर्णय लिएको हो । यस्तै आफ्नो समूहका नेता कार्यकर्तालाई उक्त चियापानमा नजान पनि बैठकले निर्देशन दिएको छ । ओलीले भोलि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम राखेका छन् । यस्तै खनाल नेपाल समूहले शनिबार चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई नरोक्ने भएको छ । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने खनाल नेपाल पक्षको भनाइ छ । अध्यक्ष ओलीसँगको…

Read More

सिरहा । लहान नगरपालिका ८ स्थित मालपोत कार्यालयमा आइतबार बम विष्फोट गराउनमा संलग्न रहेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ परेको छ । लहान–१८ भदैया घर भएको २७ वर्षीय बलराम मण्डललाई सुखीपुर –२ विद्या नगरबाट पक्राउ गरिएको सिरहा जिल्ला सशस्त्र गणपति प्रहरी उपरीक्षक दिपेश गिरीले जानकारी दिए । मालपोत कार्यालयमा बम विष्फोट हुनु भन्दाअघि कार्यालय छिरेका महतोको सिसिटिभी क्यामरामा कैद भएको तस्बीरको आधारमा गहन अनुसन्धानपछि पक्राउ गरिएको हो । आइतवार बम विष्फोट हुँदा आठ जना घाइते भएको थियो भने धनगडीमाइ नगरपालिका–४ जयपुरका ३० वर्षीय दिनेश भण्डारीको अवस्था गम्भीर भएपछि उपचारको लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठको पहलमा…

Read More

काठमाडौँ: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न बहराइनका राजपरिवारका सदस्यसहित १६ जनाको टोली आज नेपाल आइपुगेकाे छ। बहराइनस्थित नेपाली राजदूतावासका अनुसार उक्त टोली त्यहाँको समयअनुसार बिहान सवा ९ बजे बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल आएकाे हाे। टोलीमा बहराइन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहित बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी र तीन जना बेलायती नागरिक पनि छन्। टोली करिब ८० दिन नेपालमै रहनेछ। टोलीले गोरखा जिल्ला चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरसविरुद्ध लगाइने २ हजार डोज अस्ट्राजेनेका खोप समेत सहयोगस्वरुप प्रदान गर्नेछ। टोलीलाई बहराइनका लागि नेपाली राजदुत पदम सुन्दास, नियोगको…

Read More

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३११ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ३१७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५ पुगेको छ । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७१ हजार ४०१ रहेको छ । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत…

Read More

काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल नेतृत्वका दुई पक्षबीच भएको वार्ता सकिएको छ।  वार्ता सकारात्मक भएको वार्तामा सहभागी नेता रघुजी पन्तले बताए। उनले आपसी छलफल सुरु हुनु आफैंमा सकारात्मक भएको र दुवै पक्षले आआफ्ना कुरा राखेको बताए। ‘कुरा सकारात्मक भयो, प्रधानमन्त्रीले पनि आफ्ना कुरा राख्नुभयो, हामीले पनि राख्यौं,’ पन्तले भने, ‘हामीले फागुन २८ गते एकपक्षीय रुपमा बैठक राखी गरेका निर्णय मान्दैनौं किनभने हामीले बोलाइएको पनि थिएन।’ उनका अनुसार नेताहरुबीच बिभिन्न चरणमा कुराकानी गर्ने सहमति भएको छ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो । ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार भएनन् । त्यसपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ । ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता हुन लागेको हो । गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली…

Read More