Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बुटवल: नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको तर्क गरेका हुन् । माओवादी र एमालेको एकताबाट झण्डै दुई तिहाइको सरकार बनेपनि प्रचण्ड गलत बाटोमा भएका कारण नेकपामा संकट आएको दावी गरे । उनले बाबुराम भट्टराईले पनि गलत बाटो लिएकाले मधेशवादी दलको नेता बन्न पुगेको टिप्पणी गरे । सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको पनि विप्लवले बताए । न्यायको…

Read More

काठमाडौँ: साविक नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताएका छन्। नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा अघि साँझ सम्पन्न स्थायी कमिटीको बैठकले सर्वाेच्च अदालतको फैसलाअनुसार अब एमाले र माओवादी केन्द्रकै रूपमा अलग्गिने निर्णय गरेपछि प्रवक्ता श्रेष्ठले नेकपाको बैठक यो नै अन्तिम भएको बताएका हुन्। यस्तो छ उनको भनाइ : सर्वाेच्चले गरेको फैसला रिट निवेदनको मागदाबीभन्दा बढी गएर राजनीतिक फैसला गर्‍याे। बाहिर गएर फैसला गरिएको छ। एकीकृत पार्टीलाई विभाजन गर्ने गरी आयो। गम्भीर असहमति हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरिएकाे छ। राजनीतिक रूपमा र कानुनी ढंगले उपचार खोज्ने, संघर्ष गर्ने।…

Read More

काठमाडौँ: प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम राख्नुपर्ने सुझाव दिएका छन्। सोमबार प्रचण्ड–नेपाल तर्फका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा आफ्नो धारणा राख्दै नेताहरुले सो धारणा राखेका हुन्। सो बैठकमा स्थायी समिति सदस्य रघुजी पन्तले लोकतन्त्र र स्वाधीनताको रक्षाका लागि एमाले र माओवादी केन्द्रबीचको एकता जोगाउनुपर्ने बताएका थिए। पन्तले फेरि पनि एकता जोगाउनको लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्नुपर्ने सुझाव दिएका थिए। ‘यो एकता मुलुकको हीत, लोकतन्त्रको रक्षाका लागि भएको हो,’ बैठकमा आफूले राखेको धारणाबारे पन्तले जानकारी दिए, ‘संविधानको रक्षा, देशभक्तिका लागि एकता महत्वपूर्ण थियो, यसलाई टिकाउन सकिन्छ, भंग हुन नदिने हो भने…

Read More

काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए । उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताए । औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।

Read More

काठमाडौँ:नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २०० रुपैयाँ, तेजावी सुन ८५ हजार ७५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६५ रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन तोलाको ८६ हजार १०० रुपैयाँ, तेजावी ८५ हजार ६५० रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार स्थीर रहेको चाँदी सोमबार १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं: अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि सरकारले उपलब्ध गराएको पुनरकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि पुनरकर्जा पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले एक खर्बमाथि पुनर्कर्जाका लागि स्रोत उपलब्ध रहेकाले कोभिड १९ प्रभावित व्यवसायी अनुसार थप लगानी गर्न कार्यधि संशोधन गरिएको बताइएको हो । हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड छ । पुनर्कर्जा कार्यविधिले त्यसको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था रहेकाले केन्द्रीय बैंकले २ खर्ब १२ अर्ब ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न सक्नेछ । ग्राहक ऋणीअनुसार ४२ अर्ब ५० करोड लगानी गर्नसक्नेमा हालसम्म ३९…

Read More

काठमाडौँ: नेकपा एकीकरणलाई नै अवैध घोषणा गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन नहुने कानुनविदहरुले बताएका छन्। कतिपय कानुन व्यवसायीले यसलाई ‘न्यायिक कू’ को संज्ञा समेत दिए। आइतबार सर्वाेच्च अदालतले नेकपा नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीको नभई ऋषिराम कट्टेलको पार्टीको भएको फैसला सुनाएको छ।हामीले यो समाचार नेपालखबरबाट साभार गरेका हौँ । त्यतिमात्र होइन, अदालतले दुई पार्टी एकीकृत भई बनेको नेकपा नामको पार्टी नै नरही साविककै नेकपा एमाले र माओवादी केन्द्र कायम रहने समेत फैसला दियो। वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वाेच्चको फैसला कार्यान्वयनमा जानै नसक्ने ठोकुवा गरे। ‘यो फैसला अहिलेको संसदमा कार्यान्वयन हुने देखिँदैन,’ थापाले नेपालखबरसँग भने, ‘संसद्…

Read More

काठमाडौँ, २४ फागुन (रासस): काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८ औँ कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ । रिचार्ज काठमाडौँ कार्यक्रमअन्तर्गत भूमिगत जल सतहको व्यवस्थापनका लागि जमिन सतहमा भएको पानी जमिनमुनि पठाउन गरिने क्रियाकलापसम्बन्धी व्यवस्था छन् । यसैगरी व्यवसायिक कार्ययोजना बनाउन सहयोग गर्नेसम्बन्धी अवधारणामा टोल तथा समुदायमा स्थानीय तथा परम्परागत सीपको प्रयोग गरेर उत्पादन गरिने सामानको बजारीकरणका लागि तयार पारिने कार्ययोजनासम्बन्धी व्यवस्था छन् । त्यस्तै बैठकले ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौँ कार्यक्रम’ सञ्चालनसम्बन्धी कार्यविधि–…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भने, हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको छ। देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। यता, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भने,…

Read More

एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ को फराकिलो अन्तरले जितेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ बेलले दुई दुई गोल गरे । क्रिस्टलका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए । जितसँगै टोटेनहम २७ खेलमा ४५ अंकसहित छैटौँ स्थानमा रहेको छ । क्रिस्टल ३४ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

Read More