Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत ।’ सभापति देउवाले कांग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने बताए । आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, ‘दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताएकी छिन्। रिहाइसँगै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले राजनीतिक प्रतिशोधका कारण आफूलाई नियन्त्रणमा लिने प्रयास गरेको बताउँदै प्रधानमन्त्री ओलीको पतन निश्चित भएको बताएकी हुन । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए। रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्रका पक्षधरसामु सरकार झुकेको प्रतिक्रिया दिइन । ‘मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन, राजनीतिक प्रतिशोधका कारण मलाई नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । पछिल्लो प्रतिगमनविरुद्धको आन्दोलमा मैले जसरी…

Read More

काठमाडौँ: यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडीको भाडा आफैं बढाउने चेतावनी दिएका छन्। सरकारलाई बुझाउनु पर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन नसक्ने अवस्थामा बारम्बार इन्धनको मूल्य बढाउनु उचित नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए। २०६५ साल फागुनदेखि लागू हुनेगरी प्रत्येक आर्थिक वर्षमा अनिवार्य रूपमा स्वत: भाडा समायोजन गर्ने व्यवस्था भए पनि हालसम्म यो लागू नभएको सिटौलाको तर्क छ। ‘इन्धनको भाउचाहिँ स्वचालित रूपमा बढ्ने हाम्रो भाडाचाहिँ किन नबढ्ने?,’ उनले भने। फागुन ८ गतेसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए महासघंको कार्यसम्पादन सचिवालयको बैठक बसेर आवश्यक निणर्य गरिने महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले बताए दिए।…

Read More

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्‍चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्‍चालन गर्न रकम सहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे। गैरआवासीय नेपाली संघका अध्यक्ष…

Read More

काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले दिएको समय सीमाअनुसार प्रतिनिधि सभा विघटन सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षा गरिरहेका वकिलले आज (बिहीबार) आफ्नो बहस टुंग्याउने छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री ओलीको पक्षमा बहस गरिरहेका अधिवक्ताले आज एक घण्टाभित्र आफ्नो बहस सक्नुपर्ने भएको हो। यसअघि प्रधानन्यायाधीश राणाले प्रतिनिधि सभासम्बन्धी बहस सक्नुपर्ने म्याद माघ ३० सम्म तोकका भए पनि त्यस दिन (भोलि शुक्रबार) सोनाम ल्होछारको सार्वजनिक बिदा परेकाले बहस आजै टुंग्याउनुपर्ने भएको हो। प्रधानमन्त्री ओली पक्षका अधिवक्ता रमेश बडालले इजलासले तोकेकै समयमा बहस सकिने बताएका छन्। ओलीका तर्फबाट बुधबारसम्म महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसहित ११ सरकारी र ३० निजी वकिलले बहस गरेका छन्। प्रधानमन्त्रीको…

Read More

काठमाडौँ: नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले खाना पकाउने ग्याँसको भाउ सिलिन्डरमा २५ रुपैयाँ र पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्य नुसार अब उपभोक्ताले एक लिटर पेट्रोलको मूल्य ११२ र डिजेल र मटटीतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य पनि बढेर प्रति सिलिन्डर १ हजार ४०० रुपैयाँ तिर्नुपर्ने भएको छ । खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।हवाई इन्धनको मूल्य हाललाई यथावत…

Read More

काठमाडौं: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सकोे विषयमा छलफल गरिएको थियो । इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो । उक्त कार्यक्रम सञ्चालनका निम्ती नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ भने, इजरायलले पनि आफ्नो प्रतिनिधि छनौट गरिसकेको छ । छलफलका क्रममा बोल्दै मन्त्री अर्यालले नेपाली कृषकहरुलाई इजरायली प्रविधिको तालिम÷प्रशिक्षणको व्यवस्था गर्नसके नेपाली कृषि उत्पादनमा पनि बृद्धि हुने अपेक्षा…

Read More

काठमाडौँ: सिटिजन्स बैंक इन्टरनेसेनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ। बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा एक्विजिशन सम्बन्धी सम्झौताम हसताक्षर भएको छ । उक्त सम्झौतामा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले फाइनान्सलाई गाभे पछि निक्षेप संकलन १ खर्ब ३४ अर्ब रुपैयाँ पुग्नेछ भने ऋण लगानी १ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा संख्या १८८ हुनेछ । हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा फाइनान्सलाई गाभे पछि उक्त प्रदेशमा बैंकको शाखा संख्या…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार रोक्का गराएका १३ कम्पनीमध्ये ७ कम्पनीको कारोबार फुकुवा गरेको छ । धितोपत्र बोर्ड र नेप्सेले माग गरे बमोजिममा विवरण उपलब्ध गराएपछि ति कम्पनीहरुको कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ । नेप्सेले कर्णाली डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, युनियन हाइड्रो पावर, पाँचथर पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स र राधि विद्युत कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेको भन्दै…

Read More

काठमाडौँ: प्रहरीले एक किलो नक्कली सुन दिई ५५ लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय सन्त बहादुर लामा, ४५ वर्षीय ऋषमान घले, ३५ वर्षीय मेख तामाङ, चन्द्र भन्ने २० वर्षीय जेरि तामाङ र पप्पु भन्ने ५३ वर्षीय अभय कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई यही माघ ११ गते सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ठगी गरेको प्रहरीको भनाई छ । पक्राउ परेका ५ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ…

Read More