Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले तीनै थरी इन्धनमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो। आन्दोलनरत पाँच विद्यार्थी संगठनसँगको वार्तापछि निगम मूल्य घटाउन सहमत भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मूल्य घटेसँगै अब पेट्रोल पतिलिटर १२८ रुपैयाँ, डिजेल र मटिट्तेल प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ। मूल्यवृद्धिका विरुद्ध नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनयिन र अखिल (छैठौं) ले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गराएका थिए।
काठमाडौँ: कर्णाली प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गए राति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्। अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले बताए। सरकारले अब अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। नेकपा एमालेका सांसदहरूले लगातार प्रदेश सभा अवरूद्ध पारेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। एमाले सांसदहरूले प्रदेश सभा अवरूद्ध गरेपछि बजेट पारित हुन सकेको थिएन। सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको भन्दै मुख्यमन्त्री शाहीले अध्यादेशबाट भए पनि बजेट ल्याउने तयारी गरेको स्रोत बताउँछ।
काठमाडौँ: यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । विभागले असार २९ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो । २०७८ असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाउन सहमति प्राप्त भए अनुसार अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागले जनाएकाे छ । यातायात व्यवस्था विभागका प्रवक्ता एवं निर्देशक लोकनाथ भुसालका अनुसार दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २८ प्रतिशतले बढेको छ । त्यस्तै, पहाडी…
काठमाडौँ: स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनामै बस्ने भएका छन् । अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनामा थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । जुन ३० बाट फ्री एजेन्ट बनेका मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति समेत भएको दाबी गरिएको छ । तर, मेस्सीको पारिश्रमिक ५० प्रतिशत कटौती हुने बताइएको छ । क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।
काठमाडौँ: मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ । हाल देशभर सामान्य बदली भई प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू, अरु प्रदेशका एकाध ठाउँमा हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबारसम्म नै कायम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान असार ३१ गते बिहीबार दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम…
काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई अगाडि बढाउने भएको छ । यसअघि सत्तारुढ दलभित्र विवाद हुंदा अगाडी नबढेको एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच सहमती बनेको स्रोतको दावी छ । सरकार र अमेरिकाको एमसीसीबीच २०७४ भदौ २९ मा वासिंङटनमा सम्झौता भएको थियो । त्यो बेला अहिलेका प्रधानमन्त्री देउवा नै प्रधानमन्त्री थिए भने हालका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री थिए । अहिले कार्कीको नियुक्तीलाई त्यसैसंग जोडेर हेरिएको छ ।कार्कीले नै नेपालको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका थिए । एमसीसीको ५० करोड अमेरिकी डलर र…
काठमाडौँ: ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग विशेष अदालतले १० लाख रुपैयाँ बराबरको नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी माग गरेको छ । २०५९ को ऐनको दफा ७ (घ) बमोजिम हाललाई गच्छदारसँग सो धरौटी माग गरिएको हो । गच्छदारले सो धरौटी रकम बुझाए तारेखमा राख्ने र नबुझाए नियमअनुसार कैद गर्न विशेष अदालतले भनेको थियो । गच्छदारले धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् । अदालतबाट बाहिरिने क्रममा गच्छदारले आफूविरुद्ध पूर्वाग्रही ढंगले मुद्दा दायर गरिएको प्रतिक्रिया दिएका थिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका पूर्वमन्त्री गच्छदार आज विशेष अदालतमा हाजिर भएका थिए ।…
काठमाडौँ: काँग्रेस–माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले रातोपाटीलाई बताइन् । ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भनिन्, तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ ।’ प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । एकमात्र सांसद दुर्गा पौडेलले काँग्रेस माओवादी जसपा गठबन्धनमा साथ दिँदै आएकी थिइन् । उनलाई सरकारमा सहभागी हुने गठबन्धनका नेताहरुले आग्रह गरेका थिए । तर, पार्टीले सरकारमा नगई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको छ । प्रेस वक्तव्य आज मिति २०७८ साल असार ३० गते…
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर बुधवार अपराह्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् । आजको भेटवार्ता केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सहमति कार्यान्वयनको विषयमा केन्द्रित भएको नेता बास्तोलाले रातोपाटीलाई बताए । ओली सरकार तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरूको रिहाइको माग गर्दै आइरहेको छ । ‘विप्लव कमरेडले प्रचण्डसँग पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्छ कि गर्दैन भनेर चासो व्यक्त गर्नुभयो,’ बास्तोलाले भने, ‘धेरै नेता कार्यकर्ता रिहाइ हुन बाँकी छन् । त्यसबारे पनि छलफल भयो…
काठमाडौँ: लामो दुरीको सार्वजनिक यातायातको भाडा अधिकतम २८ प्रतिशतले वृद्धि भएको छ । यातायात व्यवस्था विभागले असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक यातायातका साथै मालबाहक सवारी साधनको समेत भाडा वृद्धि गरेको हो । बुधबार एक सूचना जारी गर्दै विभागले लामो दुरी अर्थात अन्तरप्रदेश संचालन हुने सार्वजनिक यातायातका यात्रुबाहक सवारी साधनका साथै मालबाहक सवारी साधनको समेत भाडादर समायोजन गरिएको जनाएको छ । मन्त्रालयका अनुसार यात्रुबाहक सवारी साधनको भाडा साविकको भाडादरमा २८ प्रतिशतले वृद्धि गरिएको छ भने, पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनको भाडा २० प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनको भाडा २६ प्रतिशतले वृद्धि गरिएको…
