Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९:४५ बजे हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो । यस्तै स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५-३ ले पराजित गरेको थियो । स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक…
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी…
काठमाडौँ: दक्षिण ललितपुरको वाग्मती गाउँपालिका वडा नं ४ प्युटारस्थित बगुवा भन्ने ठाउँमा पहिरो खस्दा एक व्यक्तिको मृत्यु भएको छ । बुधबार देखिको अविरल वर्षासँगै बगेको पहिरो पन्छाउने क्रममा आज गाउँपालिकाभित्र बस्ने सर्लाही जिल्ला घर भएका अन्दाजी ३५ वर्षका गोविन्द मगर पुरिएको खबर प्राप्त भएको महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
काठमाडौँ: अवैध रूपमा तस्करी भएर आएको एक ट्रक चिनी र चिनी ओसार्न प्रयोग गरिएको ट्रकका चालकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। भारतदेखि तस्करी भएर आएको ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरी बिओपीका इन्सपेक्टर दिलबहादुर पन्तको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको रहेको छ । बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरादेखि अवैध चिनीसहित को १ ख २१२९ नम्बरको मिनी ट्रक पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले जानकारी दिए । तस्करी भएर चिनी ल्याउँदै गरेको मिनी ट्रकका सवारी चालक सुनसरी देवनगन्ज गाउँपालिका – २…
काठमाडौँ: नागरिकता अध्यादेशसहित सरकारले जारी गरेका सबै अध्यादेश राष्ट्रियसभामा पेस भएका छन् । भौतिक पूर्वाधारमन्त्री समेत रहेका बसन्तकुमार नेम्वाङले राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस गरेका हुन् । सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको नागरिकता अध्यादेश, बजेट अध्यादेश लगायत राष्ट्रियसभामा पेस भएका हुन् । त्यसअघि सर्वोच्चले कार्यान्वयनमा रोक लगाएको अध्यादेश राष्ट्रियसभामा पेश गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले नियमापत्ति गरेका थिए । तर, अध्यक्ष गणेश तिमिल्सिनाले नियमापत्ति लागू नहुने भन्दै अध्यादेश पेश गर्न समय दिएका थिए ।
काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनाको परीक्षण गरिएकोमा २७६० जनामा संक्रमण पुष्टि भएको हो । ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा निको हुनेको संख्या ४०१७ रहेको छ भने ३३ जनाको मृत्यु भएको छ ।
काठमाडौँ: नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा बालुवाटार नजाने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको हो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएका थिए । माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।
काठमाडौँ: दोस्रो बन्दाबन्दीको ५८ दिनपछि बिहीबारदेखि आन्तरिक हवाई उडान सुचारु भएको छ । बन्दा बन्दी पहिलेको उडान संख्याको आधारमा अहिलेलाई ५० प्रतिशतमा झारिएको छ । बुध्द एयरले यो अनुपातमा ३१ वटा उडान गर्न पाउने भएको छ । ३१ उडानबाट झण्डै ३ हजार ८ सय जना यात्रुले उडान भर्न सक्ने बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीका अनुसार उडान सुरु भएको पहिलो दिनका लागि ३ हजार ५ सय वटा बुकिङ भएको छ । “यो हाम्रो लागि निकै उत्साहजनक संख्या हो । पहिलो बन्दाबन्दी पछि भएको उडानमा यत्तिको सहभागिता थिएन”, जोशीले भनेका छन् । नागरिक उड्डयन…
विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन, राहत र उद्धारका लागि स्रोत अभाव नहुने
काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन् । साथै उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिए । गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जत जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिए। उनले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिए । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले राहत र उद्धारका…
काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १९.१२ अंकले बढेको छ । यससँगै नेप्से सूचक २८४३ बिन्दुमा पुगेर बन्द भएको छ । आजको कारोबारमा बिहीबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको नेको इन्स्योन्सको सबैभन्दा धेरै साढे ३० करोडको शेयर खरीद बिक्री भएको छ । कूल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर ७० हजार १९८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ पुगेको छ । हिजो बुधबार ५ अर्ब ८३ करोडको शेयर कारोबार भएकोमा ८७ करोडले कारोबार रकम बढेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कारोबारमा…
