Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन । नारायणगढ-मुग्लिङ सडकखण्ड आउँदो आइतबारदेखि एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ । यो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सो अवधिभर नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले त्यस अवधिमा सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Read More

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो। सुरुङबाट पानी आज सुनदरीजल आइपुग्ने आयोजनाले जनाएको छ । आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ । सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो । पानी आजै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ । आज अपराह्न ४…

Read More

काठमाडौँ: प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको भोलिपल्ट आज शनिबार उनको तर्फ (ओली समूह) को संसदीय दलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास (बालुवाटार) मा बस्नेछ। हिजो शुक्रबार प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक राखेर यसअघिका दलका नेता ओलीलाई बर्खास्त गर्दै उनको स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ। प्रचण्ड–नेपाल पक्षले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ। उता ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गरिरहेको छ। आज बस्ने आफ्नो संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई आउन आग्रह गरेका छन्। शुक्रबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका…

Read More

काठमाडौँ: बैंक तथा वित्तीय संस्थासंग अधिक तरलता भएका कारण ब्याजदरमा आएको गिरावटको फाईदा सरकारले लिईरहेको छ । बैंकहरुले पनि कोरोनाका कारण कर्जा लगानी गर्न नपाएको अवस्थामा सरकारी वण्ड तथा ऋणपत्रमा खुलेर लगानी गरेका हुन् । बैंक वित्तीय संस्थालाई सरकारी ऋणपत्र लगानी गर्नका लागि भनेर नीतिगत दरहरु पनि तोकिएको छ । तर, बैंक तथा वित्तीय संस्थाले ब्याजदर न्यून र अधिक तरलताले गर्दा लगानी बढाएका छन् । कोरोनाका कारण सरकारले पनि स्वास्थ्य क्षेत्रमा धेरै रकम खर्चनु पर्ने र अन्य आर्थिक गतिविधि रोकिएकाले आन्तरिक ऋणमा बढी ध्यान दिएको देखिन्छ । फागुन महिनामा मात्र सरकारले विकास ऋणपत्र, नागरिक बचतपत्र र ट्रेजरी बिल जारी गरेको…

Read More

काठमाडौँ: मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी पहाडी…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल उद्योग परिसङ्घले अगाडि बढाएको ‘मेक इन नेपाल–स्वदेशी अभियान’ को सफलताको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छलफलमा राष्ट्रपति भण्डारीले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसङ्घले उठाएकामा धन्यवाद व्यक्त गर्नुभएको परिसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस अभियानलाई सफल बनाउनका लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनुपर्ने राष्ट्रपतिको भनाइ छ । निजी क्षेत्र र सरकारबीच औद्योगिक वातावरण र उद्योग विकासमा समान धारणाको विकास हुनुपर्ने उनको भनाइ थियो । सरकारले स्वदेशी उत्पादनलाई नै प्रवद्र्धन गर्नका लागि स्वदेशी सामानको खरिदमा १५ प्रतिशतसम्म महङ्गो भए पनि खरिद गर्ने व्यवस्था गरेको प्रसङ्ग उल्लेख…

Read More

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताएका छन् । उनले विद्रोही पक्षले शान्तिप्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनु पर्ने पनि बताए । ‘शान्तिपूर्ण राजनीतिमा आए भन्दैमा हुँदैन, प्रतिबन्धित भएकाले हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएको विश्वास दिलाउन सक्नुपर्छ’, अध्यक्ष थापाले भने । बुटवलमा आजदेखि शुरु भएको सा पार्टी निकट पत्रकारको संगठन मिडिया नेपालको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्ने बताए । राप्रपाका नेता तथा पूर्वमन्त्री दिपक बोहोराले मिडिया खेमाबन्दीमा परेकाले सत्यतथ्य र निष्पक्ष समाचारले ठाउँ नपाएको बताए ।…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टीको विवाद अबिलम्ब निरुपण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा नै आधिकारिक पार्टी भएको दावी गर्दै दाहाल–नेपाल समूहले शुक्रबार आयोगमा पाँच पृष्ठको ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ । उक्त पत्र बुझाउन दाहाल–नेपाल समूहका नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारीलगायत निर्वाचन आयोग पुगेका थिए । ध्यानाकर्षण पत्रमा केपी शर्मा ओली लगायतका नेताहरूलाई पार्टी विधानअनुसार गरेको कारवाही, विभिन्न समयमा गरिएका बैठकका निर्णय लगायतका विषय समेटिएका छन् ।

Read More

काठमाडौँ: यस बर्ष  फागुन २७ गतेका दिन “महाशिवरात्री तथा सेना दिवस-२०७७” को अवसरमा नेपाली सेनाले काठमाण्डौको सैनिक मञ्‍च, टुँडिखेलमा मुख्य समारोह तथा नेपाल भरि रहेका नेपाली सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव-युनिटहरुले पनि आ-आफ्नो क्षेत्रमा विभिन्‍न कार्यक्रमहरु आयोजना गरि भव्यताका साथ मनाउने योजना रहेको छ । काठमाण्डौमा गत वर्ष ३६०० को संख्यामा नेपाली सेनाको जनशक्ति महाशिवरात्री तथा सेना दिवसको कार्यक्रममा सहभागी रहेकोमा यो वर्ष कोभिड-१९ का कारण जनशक्तिको सहभागिता संख्या २४०० रहनेछ भने सबै कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरुको पूर्णरुपमा पालना गरिने छ । महाशिवरात्री तथा सेना दिवस २०७७ मा विगतका वर्षहरुमा भन्दा यस वर्ष कम…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यो सहमति सरकार र आफ्नो पार्टीबीच मात्रै नभएको बताए। ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी रकेही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ’, उनले भने, ‘नेपाल देशलाई एउटा आन्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना योभित्र छ। यो भित्र देशमा दीर्घ शान्ति, स्थिरिता कायम गर्ने र समृद्ध जीवनको चाहना रहेको छ।’

Read More