Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सत्तारुढ दल नेपाल क्म्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। अर्को बैठक पर्सि ६ गतेका लागि बोलाइएको छ। ‘आज तीन बजे हुने भनिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको छ’, कार्यलय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

Read More

काठमाडौं: शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि शेयर बजार बन्द भएको छ। खुलेदेखि नै उच्च रूपले बढ्न थालेको शेयर बजार १२ बजेर ८ मिनेटमा ६ प्रतिशतले बढेपछि बजार बन्द भएको हो। आइतबार बजार खुलेको ६ मिनेटमा नै पहिलो सर्किट लागेर २० मिनेट पछि खुलेकाे बजारमा पहिलाे मिनेटमा नै दोस्रो सर्किट लागेको थियो। सो पश्चात ४० मिनेटपछि खुलेको बजार एक मिनेटमानै एक प्रतिशतले बढेपछि बजार बन्द भएको हो। आइतबारको बजारमा लगानीकर्ताले कुल ८ मिनेट मात्रै शेयर कारोबार गर्न पाएका छन्। यस अवधिमा कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढेको छ।

Read More

काठमाडौं:पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो । गत असार १० गते सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि फुटको संघारमा पुगेको नेकपाको विवाद तत्कालका लागि मत्थर हुने संकेत देखिएको छ । शनिबार भएको सचिवालय बैठकमा ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेपछि प्रचण्डले सहमति जनाएको बताइएको छ ।…

Read More

काठमाडौँ, ४ साउन (रासस) : प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । यसैगरी बिहानै स्नान, पूजापाठ गरी…

Read More

काठमाडौं: विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको हो । कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।…

Read More

महोत्तरी: पीसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भीटीएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो । ‘तत्काल पीसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्’, कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, ‘तर, हामीसँग पर्याप्त भीटीएम नहुँदा तत्काल पीसीआर परीक्षण गरिनुपर्ने व्यक्तिको पनि स्वाब सङ्कलन गर्न सकेका छैनौँ ।’ पछिल्ला केही दिनदेखि त स्वाब सङ्कलन रोकिएकै अवस्थामा पुगेको झाको भनाइ छ । जिल्लामा गत चैत तेस्रो सातादेखि क्रमशः क्वारेन्टिन केन्द्रहरु सञ्चालनमा आएका थिए । जेठको दोस्रो सातातिर भारतबाट…

Read More

काठमाडौं: ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख ६५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ हजार २४७ पुगेको हो । एकै दिन ६ हजार २३४ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ६५ हजार ४३७ पुगेको छ । २ लाख ६ हजार ३२७ जनाको उपचार भइरहेको छ भने ५ लाख ४६ हजार ८६३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

Read More

काठमाडौं: पार्टीको आन्तरिक विवाद समाधान गर्न स्थायी कमिटी बैैठक रोकेर बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पनि ठोस सहमति जुट्न सकेन । यद्यपी छलफल विगतमा भन्दा केही सकारात्मक भएको नेताहरुको भनाइ छ । विवाद मिलाउन भन्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टा सचिवालय बैठक बसेको हो । ‘आजको बैठकमा दुवै अध्यक्ष केही लचक भएको देखियो । पार्टीभित्र उठेका विभिन्न विषयमा छलफल पनि भए । तर निर्णय गर्न अझै समय लाग्ने भएकाले दुई अध्यक्षलाई सहमतिको खाका तयार गर्न सुझाव दिएका छौ’, एक सचिवालय सदस्यले रातोपाटीलाई भने, ‘दुईवटा अध्यक्षले खाका पेश गर्ने । सबै विषय प्याकेजमै सहमति गर्ने त्यसमा एकता…

Read More

प्युठान: प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । ट्याक्टरमा सवारमध्ये आठमध्ये एक जना बाँचेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । घटनाको विस्तृत जानकारी आउन बाँकी छ

Read More

काठमाडौं: मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति मेलम्ची, इन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । यस्तै कपिलवस्तुको बाणगंगा र आसपासको क्षेत्र तथा नवलपारसीका अधिकांश स्थानमा भारी वर्षा भएकाले सो क्षेत्रको अरूण खोला, गिरूवारी खोला तथा अरू स-साना खोलामा एक्कासी बाढी आउने खतरा भएकाले सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । विज्ञानले आइतबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबारसम्म देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम र कतिपय स्थानमा भारी वर्षाको…

Read More