Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
- निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि, तीन अध्यादेश पेस हुँदै
- एसइई परीक्षा शुरु, पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन्…
काठमाडौँ: नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्दा चाँदीमा बढोत्तरी आएको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यता, मंगलबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार…
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। वृद्धि भएको मूल्य सोमबार बिहानबाट लागू भएको निगमले जनाएको छ। निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ । त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा…
काठमाडौँ: सरकारले रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुन्छ। यसरी रिक्त हुने पदमध्ये तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने गरेका छन्। यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए। उनको कार्यकाल फागुन २० गते सकिएको छ। कार्यकाल सकिनु केहीअघि उनले राजीनामा दिएका थिए। मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपतिबाट मनोनीत भएमा उनी आउँदो ६ वर्ष सांसद हुनेछन्। राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउँछन्…
काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको…
काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (साउन–फागुन) बितिसक्दा पनि सरकारले पुँजीगत (विकास) खर्चको गति भने बढाउन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आठ महिनाको अन्त्यसम्म वार्षिक विनियोजनको १९.२४ प्रतिशत मात्र विकास खर्च भएको छ । हरेक वर्ष आर्थिक वर्ष सकिन १-२ महिना बाँकी हुँदा मात्र बढ्ने पुँजीगत खर्च यो वर्ष पहिलेकै जस्तो हुने सम्भावना देखिएको छ । यो वर्ष सरकारले जम्मा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ । आठ महिनाको अन्त्यसम्म जम्मा ७८ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ मात्रै विकास खर्च भएको देखिएको छ । तथ्यांक अनुसार…
काठमाडौँ: सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो । विशेष उद्धार उडानको सो विमानमार्फत काठमाडौँ विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्याइएको थियो । आज पनि यहाँबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले जानकारी दिए । रासस यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो । अमेरिका र इजरायलले…
काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ। ९७ वर्षको उमेरमा शुक्रबार बिहान उनको निधन भएको हो। बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार अध्यक्ष ओलीका पिता केही दिनदेखि अस्वस्थ थिए। उनी छोरीको घरमा बस्दै आएका थिए। शारीरिक अवस्था जटिल भएपछि आज बिहान अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको पार्थिक शरीर केही बेरमा भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु लगिने र पशुपतिस्थित आर्यघाटमा आजै दाहसंस्कार हुने सचिवालयले जानकारी दिएको छ।
काठमाडौँ: निर्वाचन आयोगले थ्रेस होल्ड कटाउन दलहरूलाई ३ दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ। समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरी आयोगले सो आग्रह गरेको हो। आयोगले ६ वटै दललाई पत्राचार गरेको छ। समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारुण गरिएको भट्टराईले बताए। आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको हो। आयोगका अनुसार, समानुपातिकमा एक…
काठमाडौँ: नेपाल आयल निगमले पछिल्लो समय एलपीजी ग्यासको अभाव टार्न तत्काल आधा सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय गरेको छ । बिहीबार बसेको निगमको सञ्चालक समिति बैठकले तत्कालका लागि घरायसी प्रयोजनका लागि आधा सिलिन्डर अर्थात ७.१ किलो ग्यासमात्र बिक्री गर्ने निर्णय गरेको हो । निगमका अनुसार, आधा सिलिन्डर ग्यास बिक्रीको निर्णय ग्यास बिक्रेताहरुलाई पठाउने तयारी गरिएको छ । निगमले ग्यास बिक्रेताहरुलाई ग्राहकको नाम र सम्पर्क नम्बर विवरण राखेर ग्यास बिक्री गर्न आग्रह गर्दै आएको छ ।