Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर,…

Read More

काठमाडौं:काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् । निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिए पनि यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका हुन् । हिजो काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको छ। ‘अब दुईचार दिनमा खाना बाँड्ने मान्छेको लस्कर लाग्न थाल्छ’ डिसिसीएमीको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने– ‘खाना बाँडेर फोटो खिचाउने संस्कारले संक्रमण झन् बढ्छ, त्यसैले जनजिविका सहज बनाउनका लागी खुकुलो…

Read More

काठमाडौं: विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख २२ हजारभन्दा धेरै भएको छ । संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिएका…

Read More

एजेन्सी: पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् । नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्विडेनविरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । हिजो गोल संख्या एक सय एक पुर्‍याएका रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् । राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईलेमात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् । नेसन्स लिगका गएरातिका अन्य खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले, फ्रान्सले क्रोयसियालाई ४–२…

Read More

काठमाडौं: लकडाउन अन्त्यको पूर्व सन्ध्यामा आयोजान गरिएको काठमाडौं उपत्यकाका नगरपालिकाका मेयर र पधाहिकारीले उपत्यका भित्रने नाका शील गरी सेना परिचालन गर्न सरकारलाई सुझाएका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञालाई उपत्यकाको हकमा खुकुलो पार्दै नाकामा भने कडी कड़ाउ गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । ‘भदौ २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई पनि नियमित गर्ने आवश्यकताअनुसार सञ्चालन गर्दै लैजाने निर्णय भएको छ’ फोरमका उपाध्यक्ष मेयर महर्जनले भने । उनका अनुसार उपत्यका प्रवेश नाकामा सेना परिचालन गर्नुपर्ने निश्कर्षमा पुगेर त्यसैअनुरुपको व्यवस्थाका लागि संघ सरकारलाई…

Read More

काठमाडौँ: प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार भक्तपुरको सल्लाघारी नजिकबाट कन्टेनरमा लोड गरि राखिएको ठुलो मात्राको अवैध लागु औषध जफत गरेको छ । महाशाखाको टोलीले उक्त परीमाणको लागु औषध ना ३ ख ९८९ नम्बरको ट्रकको सीट मुनी ‘फल्स बटन’ बनाई ल्याएको खुलेको महाशाखाका एसपी तथा प्रबक्ता ईश्वर कार्कीले बताए। यस कार्यमा संलग्न तीन जनालाई प्रहरी पक्राउ समेत गरेको छ। घटनाको थप विवरण यस्तो छ: लागुऔषध कारोबार गर्ने व्यक्तिहरूले ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागु औषध ओसार पसार गरी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १ स्थित सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचना प्राप्त भएकोले यस महाशाखा तथा महानगरीय…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २५ हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्न सकिने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दैनिक २२ देखि २५ हजार जनाको पिसिआर परीक्षण गर्ने क्षमता रहेको जानकारी गराएका छन्। विभिन्न विधिबाट परीक्षण गर्ने ढोका खुलेको भन्दै उनले भने, ‘जीन एक्पर्टबाट पनि परीक्षण भइरहेको छ। साथै एन्टिजेन परीक्षण गर्नलाई त्यसको गुणस्तर प्रत्याभूति गर्ने काम भइरहेको छ।’ सरकारले एन्टिजेन परीक्षण गर्ने तयारी गरिरहेका बेला विज्ञहरूले भने उक्त परीक्षण विश्वसनीय नभएको भन्दै परीक्षण नगर्न सुझाएका छन्। मन्त्रालयले भने जापानबाट ६० हजार एन्टिजेन किट आउन लागेको भन्दै छिट्टै उक्त विधिबाट परीक्षण गरिने जनाएको छ।…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् । यसअघि सोमबार (हिजो) काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका थिए। नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको…

Read More

काठमाडौँ:लगातार तीन दिन घटेको शेयर बजार सूचक मापक नेप्सेमा चौथो कारोबार दिनमा सुधार आएको छ । गत बिहीबार सामान्य घटेकोमा अघिल्ला दुई दिन लगातार दोहोरो अंकले घटेको नेप्से सूचकमा मंगलबार सुधार आएपनि कारोबार रकम भने घट्न पुगेको छ । अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा अघिल्ला दुई दिन बजार घटेपनि मंगलबार भने ७ अंक बढीले सुधार भएको छ । मंगलबार नेप्से ७.३५ अंकले बढ्दा १ अर्ब ७९ करोड ८३ लाख बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा ३७ करोड कम हो । यसदिन १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता शेयर २३ हजार २९७ पटक कारोबारमा आए…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको मर्यादाका संबन्धमा अनौठो सुनिने खालको निर्देशन जारी गरेको छ। मंगलबार एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले सञ्चालकले पालना गर्नु पर्ने आचरण सम्बन्धि ब्यवस्थामा अर्को एउटा बुँदा थपेको छ, जुन रमाइलो सुनिन्छ। यसअघि सञ्चालकले आफ्नो आचरण राम्रो गर्नु पर्ने, दैनिक काममा हस्तक्षेप गर्न नहुने ब्यवस्थालगायत थियो।यसमा राष्ट्र बैंकले अर्को एउटा ब्यवस्था पनि थपेको हो। थपिएको नयाँ ब्यवस्थमा भनिएको छ- सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, ब्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्ने छ। संस्थाको कार्य वातावरण विग्रिने,घृणा, द्वेस उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु/ गराउनु हुँदैन।

Read More