Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: बझाङको केदारस्युँ गाउँपालिका वडा नं ८, मल्लेसी गाउँमा पहिरोले १७ घर पुरिएको हो । गाउँपालिकाका इञ्जिनियरसमेत रहेका सूचना तथा सञ्चार प्रविधि अधिकृत लेखराज रावलकाअनुसार बिहान २ बजेतिर पहिरो गएको जानकारी आएपछि उक्त क्षेत्रमा प्रहरीसहितको उद्धार टोली प्रस्थान गरेको छ । मल्लेसी जाने बाटो खोलैखोला भएर जानु पर्ने र माथीबाट पहिरो खसिरहेका कारण विहान साढे ७ बजे नै झोता अस्थायी प्रहरी चौकीबाट असईको नेतृत्वमा उद्धार टोली हिडे पनि त्यहाँ पुग्न नसकेको रावलले जानकारी दिए । ‘पहिरोले पुरिएर ठूलै हताहती भएको अनुमान गरिएको छ,’ रावलले भने, ‘अहिलेसम्म ४ महिला र ३ पुरूष गरी ७ जनाको शव नै फेला परेको जानकारी…

Read More

बझाङ: बझाङमा पहिरोमा बेपत्ता परेकामध्ये तीन जनाको शव फेला परेको छ। मृत भेटिनेमा वर्ष ५० की राममति जेठारा, अन्दाजी वर्ष १० की अस्मिता जेठारा र वर्ष ७ का प्रयाग जेठारा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बताए । यस्तै दुई गाई, तीन भैंसी र ८ बाख्रा मरेका फेला परेका उनले जानकारी दिए । केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ मल्लेसीमा गएराति १ बजेतिर पहिरो जाँदा २० जना बढी बेपत्ता छन् भने १७ घर पुरिएका छन्। करिब नौ घण्टापछि घटनास्थलमा स्थानीय प्रहरी पुगेको छ। जिल्लाबाट खटिएको प्रहरी, शसस्त्र प्रहरी र सेनाको टोली अझै पुगिसकेको छैन।

Read More

काठमाडौं: नेकपा स्थायी कमिटीको आज निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार बस्नेछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् । शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबार छलफल भए पनि ओली र प्रचण्ड दुवै पुरानै अडानमा कायम भएपछि छलफलमा ठोस सहमति भएको छैन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने पक्षमा छन् । स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यहरुले ओलीको राजीनामा मागेका…

Read More

काठमाडौं: सरकारले लकडाउनलाई केही खुकुलो बनाएसँगै व्यापार व्यवसाय पनि सञ्चालन हुने क्रम बढेको छ । काठमाडौंको पर्यटकीय केन्द्रका रुपमा परिचित चन्द्रागिरि केवलकार पनि सञ्चालनको तयारी गरिएको छ । चन्द्रागिरि हिल्सका सञ्चालक हेमराज ढकालले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण प्रोटोकल लागु गरेर सञ्चालनका लागि पूर्ण तयारी अवस्थामा बसेको बताए । “कोरोना संक्रमणको त्राससँगै चैत्र ११ गतदेखि पूर्ण बन्द रहेको केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्न तयारी अवस्थामा छौं,” उनले भने, “५० प्रतिशत क्षमतामा मात्रै भए पनि होटेल, केवलकारलगायत सञ्चालन गर्न सरकारले दिने अपेक्षामा छौं ।” विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप केवलकार सञ्चालनको तयारी गरिएको उनले…

Read More

चितवन: नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार गाडीधनीका तर्फबाट शङ्करप्रसाद घिमिरेले दिएको निवेदनअनुसार ग २ च ९१५६ नम्बरको सो गाडी बिहान ६ बजे मुग्लिन कटेको थियो । घिमिरेका अनुसार चालक गैँडाकोट नगरपालिका वडा नं २ निवासी ४६ वर्षीय मोहनिलाल पाण्डेले आफू यात्रु लिन काठमाडौँ जाँदै गरेको भन्दै बिहान ६ बजे मुग्लिनबाट…

Read More

काठमाडौँ: नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ । उक्त सम्झौता संसद्मा अनुमोदनको समयावधि (असार १६) मा अनुमोदन नभई गुज्रिएकाले अर्थ मन्त्रालयले एमसीएमार्फत् अमेरिकालाई पत्राचार गरी सो जानकारी गराएको हो । सो विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण संसद्मा कार्यसूची बन्न पाएको थिएन । हाल बजेट अधिवेशन पनि अन्त्यको अवस्था भएकाले तत्काल अनुमोदन हुने स्थिति नभएकाले सो सम्झौताअन्तर्गतका बजेट र कार्यक्रम हाल रोकिने भएका हुन् । नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि सञ्चालित उक्त सम्झौता कार्यान्वयन अवधिबारे अमेरिकाले पनि…

Read More

काठमाडौँ: सरकारले क्यान्सर, मधुमेह र आइसियूमा रहेका बिरामीको कोरोना परीक्षण गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा परीक्षणको दायरा फराकिलो बनाइएको भन्दै यस्ता रोगीहरूको कोरोना परीक्षण गरिने जानकारी गराए। यस्तै अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामीहरूको पनि परीक्षण हुने भएको छ। साथै अस्पतालहरुका स्वास्थ्यकर्मीको पनि परीक्षण गर्ने मन्त्रालयको तयारी छ। पछिल्लो समय स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिन थालेपछि सरकारले अस्पतालहरूमा परीक्षण केन्द्रित गर्ने तयारी गरेको हो। प्रवक्ता गौतमले अब निजी अस्पतालहरूले पनि कोरोना संक्रमितको उपचार गर्ने जनाए। क्लिनिकल समन्वय समितिको छलफलले सामुदायिकसँगै निजी अस्पतालमा पनि बिरामीको उपचार गर्ने निर्णय गरेको हो। शुक्रबार अहिलेसम्मकै बढी ७४०…

Read More

पोखरा: गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुष निमोनियया र डाइबेटिजका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।

Read More

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूले कुनैपनि पद नछोड्ने बरु पार्टी नै फुटाउने अडान राखेका छन् । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादमा ओलीले यस्तो अडान दोहोर्‍याएका हुन् । ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच बालुवाटारमा भएको छलफलमा प्रचण्डले विविध कारण देखाउँदै दुवै पद छोड्न आग्रह गरेका थिए । बालुवाटारमा ओलीसँगको भेटवार्तापछि आफ्नै निवास खुमलटारमा केही सचिवालयका नेताहरुलाई बोलाएर प्रचण्डले भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा उनले कुनै सहमति हुन नसकेको नेताहरुलाई बताएका थिए । प्रचण्डको ब्रिफिङलाई उदृत गर्दै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘प्रचण्डले ओलीजीलाई दुवै…

Read More

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा देखिएको विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ बीच भएको छलफल सकारात्मक दिशामा उन्मुख भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुभएको थियो । नेता शर्माका अनुसार आज अध्यक्षहरुबीच आपसमा विगतमा भएका सहमति, त्यसको पालना र देखिएका कमीकमजोरीलगायत सबै विषयमा छलफल भएको र शनिबारको स्थायी कमिटी बैठक अगाडि पुनः बस्ने तय भएको छ । उहाँबीच पार्टी एकतापूर्व २०७५ जेठ २ मा समानता र आपसी सहमतिका आधारमा सरकारमा आलोपालो नेतृत्व…

Read More