बझाङ: बझाङमा पहिरोमा बेपत्ता परेकामध्ये तीन जनाको शव फेला परेको छ।
मृत भेटिनेमा वर्ष ५० की राममति जेठारा, अन्दाजी वर्ष १० की अस्मिता जेठारा र वर्ष ७ का प्रयाग जेठारा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बताए ।
यस्तै दुई गाई, तीन भैंसी र ८ बाख्रा मरेका फेला परेका उनले जानकारी दिए ।
केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ मल्लेसीमा गएराति १ बजेतिर पहिरो जाँदा २० जना बढी बेपत्ता छन् भने १७ घर पुरिएका छन्।
करिब नौ घण्टापछि घटनास्थलमा स्थानीय प्रहरी पुगेको छ।
जिल्लाबाट खटिएको प्रहरी, शसस्त्र प्रहरी र सेनाको टोली अझै पुगिसकेको छैन।
Facebook Comments Box