Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६५१४ रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ३४३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४८ हजार ४०८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ रहेको…

Read More

काठमाडौं : सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा कारबाही नगर्नुको लिखित जवाफ मागेको छ । सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई निस्शुल्क उपचार गर्नु भनी गत असोज १५ गते सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यो आदेशविरुद्ध सरकारले केही निश्चित वर्गबाहेक अरुको हकमा शुल्क लिने निर्णय गरेको थियो । त्यही निर्णयविरुद्ध अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना निवेदन दर्ता गरेका थिए । सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्यमन्त्री ढकालविरुद्ध निवेदन दर्ता भएकोमा पछि भने प्रधानमन्त्री ओलीको नाम हटाइएको थियो । त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन…

Read More

काठमाडौं : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार ३९८ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार उपत्काका काठमार्डौँमा १ हजार ९१, भक्तपुरमा १४७, ललितपुरमा १६० जनामा संक्रमण देखिएको हो। योसँगै आज देशभरमा ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ।

Read More

काठमाडौं : कोभिड १९ को उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सरकारले सर्वोच्चमा पेस गरेको निवेदन खारेज भएको छ। कोभिड -१९ को जाँच र उपचारमा सरकारले शुल्क लिन थालेपछि सर्वोच्चले निस्शुल्क गराउन आदेश दिएको थियो। सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत् उक्त आदेशको पुनरावलोकन गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए। सरकारले कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर गर्दै उक्त आदेश बदर गर्न माग गरेको थियो। न्यायधीशत्रय हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता गरेको निवेदन खारेज गरिदिएको हो। निवेदन खारेज…

Read More

काठमाडौं : देशकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। अस्पतालका पदाधिकारीविरुद्ध आन्दोलन थालेका उनीहरुले स्वास्थ्यकर्मीलाई पर्याप्त कोभिड सुरक्षा सामग्री वितरण गरिनुपर्ने, खाइपाई आएको सेवासुविधा तत्काल दिनुपर्नेलगायतका माग राखेका छन । आन्दोलनकारीले अस्पतालमा बिहान एक घण्टा धर्ना दिएका हुन्। उनीहरुले बिहान साढे १० देखि साढे ११ बजेसम्म प्ले कार्ड सहित हातमा कालो पट्टी बाँधेर धर्ना दिएका थिए। चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित छन्। विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका कर्मचारीहरुले काममा लगाएर पनि सेवा सुविधा नदिनु अपराध भएको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए। कोरोनाको…

Read More

सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने÷खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट रु ५६ हजार ६१० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घरधनी वीरेन्द्रनगर–७ का निर्मला शाही, खगेन्द्र खत्री, चेतन आचार्य, वीरेन्द्रनगर–८ का जीवन सुनार, वीरेन्द्रनगर–९ का प्रवेश गुरुङ, वीरेन्द्रनगर–३ का खम्बबहादुर शाही र वीरेन्द्रनगर–६ का निराजन शाही रहेका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चाडपर्वको समयमा जुवातासजस्ता अवैध गतिविधि बढी हुने भन्दै रोकथाम र नियन्त्रणका लागि प्रहरी…

Read More

काठमाडौं: बैंक अफ काठमाण्डूले २६ औं वार्षिक साधारणसभा मंसिर १५ मा बोलाएको छ । बैंकले भिडियो कन्फ्रेन्स (जुम) मार्फत सभामा भाग लिन सेयरधनीहरुलाई अनुरोध गरेको छ । बैकको आज कात्तिक २० मा बसेको संचालक समिति बैठकले साधारणसभाको मिति तय गरेको जनाएको छ । बैंकले चुक्ता पुँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस सेयर र करसहित ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ ६ हजार ६२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आगामी सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुले पाउनेछन् । बैंकले लाभांश वितरण…

Read More

काठमाडौँ: भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका छन् । भारत सरकारको तर्फबाट नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । कोभिड–१९ महामारीविरुद्धको लडाइमा अझ सघाउ पुर्‍याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहार स्वरुप प्रदान गरिएको छ । यस अघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको थियो ।

Read More

काठमाडौँ: सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ। पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला पाँच दिनपछि ओली–प्रचण्डबीच छलफल भएको हो। प्रधानमन्त्री ओलीसँग छलफलका लागि बिहीबार बिहान साढे ११ मा प्रचण्ड बालुवाटार गएका हुन्। । शनिबारको भेटमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको भन्दै आइतबार अध्यक्ष प्रचण्डले बहुमत सचिवालय सदस्यलाई ब्रिफिङ गरेपछि दुई अध्यक्षबिच शक्ति संघर्ष चर्किएको थियो। ओलीले बुधबार प्रदेश १ का आफू निकट नेताहरूसँग जनताको बहुदलीय जनवादको बहस सुरु गर्न निर्देशन दिएका थिए। बुधबार नै ओलीले एक कार्यक्रममा आफूले राजीनामा दिएर देशलाई बर्बाद नपार्ने बताएका थिए। यी अभिव्यक्तिपछि दुई अध्यक्ष पहिलोपटक…

Read More

तनहुँ: जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो । दीपावलीको समयमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । जिल्ला कोरोना नियन्त्रण समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । “यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ,” प्रजिअ आचार्यले भने । पछिल्लो समय कोरोना समुदायमा समेत फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न लागिएको हो । स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर…

Read More