Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाण्डाै: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले स्थायी कमिटीकाे बैठक तुरुन्त बाेलाउन माग गर्नुभएकाे छ । नेकपा फुटकाे सङ्घारमा रहेकाे नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे अभिव्यक्ति सार्वजनिक भएपछि नेता रावलले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे । आइतबार भएकाे भेटमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले मिलेर जान नसक्ने भए पार्टी अलग–अलग चलाउने प्रस्ताव आफूलाई गरेकाे प्रचण्डले बताउनुभएकाे थियाे । नेता रावलले ट्वीट गर्दै लेख्नुभएकाे छ, ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हाे । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले कोरोना संक्रमितको बिना धरौटी उपचार गर्ने भएको छ। अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले भने, ‘भोलि पत्र आउँछ होला। त्यसपछि धरौटी लिने कुरालाई हटाउनुपर्छ।’ अस्पतालले कोरोना संक्रमितको उपचार गर्नका लागि ५० हजारसम्म धरौटी रकम जम्मा गर्नुपर्ने सूचना जारी गरेको थियो। तर त्यसको सर्वत्र आलोचना भएपछि मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई धरौटी रकम नलिई संक्रमितको उपचार गर्ने निर्देशन दिएको हो। खतिवडाले संक्रमितको उपचार शुल्क लिने निर्णय भने यथावत रहेको र धरौटी लिने कुरा मात्र फिर्ता गरिने जनाए। मन्त्रालयले भने धरौटी रकम माग्ने अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको जानकारी दिएको छ।

Read More

जनकपुर: प्रदेश नम्बर २ मा सेवाग्राहीबाट घुस लिएको आरोपमा नेपाल प्रहरीका सई र सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । महोत्तरी र सप्तरीमा घुस लिएको आरोपमा उनीहरु रङ्गेहात पक्राउ परेका हुन् । सप्तरीमा एक प्रहरी नायब निरीक्षक (सई) ५० हजार घुससहित पक्राउ परेका छन् भने महोत्तरीमा एक सशस्त्र प्रहरी जवानलाई करिब १८ हजार रुपैयाँसहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत सिकन्दर प्रसाद कानुलाई ५० हजार घुसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले जनाएको छ । कानुले नियन्त्रणमा लिइएको मोटरसाइकल फिर्ता गर्न घुस मागेका थिए । जवानमार्फत उनले…

Read More

काठमाडौं: पूर्व संचारमन्त्री एबम नेकपाका नेता गोकुल बाँस्कोटाले आईतबार नेकपामा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे अर्को संघिन धारणा ब्यक्त गरेका छन् । बाँस्कोटाले आज आफ्नो व्यक्तिगत सामाजिक संजाल फेसबुकमा एक इस्ट्याटस लेख्दै भनेका छन्, “सिद्धान्त र संगठनात्मक प्रणाली सहितकाे सङकट उत्पन्न भएकाे भए पाे सङ्कट मान्नु लेनदेनकाे ब्यापारीक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ नि।वेकारकाे हल्ला।” उनले पूर्व एमाले र पूर्व माओवादीबीच भएको पार्टी एकता एक लेनदेनको व्यापारिक स्वार्थ मात्रै भएको र यो कुनै सैधान्तिक र सांगठानिक प्रणाली नभएर यो एक व्यापारिक स्वार्थ मात्रै हो भनेका छन् । पार्टीको सांगठानिक र सैधान्तिक प्रणालीमा कुनै संकट नआएकोले हाल  प्रम…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकमा ७२ अर्व रुपैयाँ बराबरको पुनकर्जाका लागि आवेदन परेको छ। असोज मसान्तसम्ममा ४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा माग गर्दै आवेदन पेश भएको हो। कोभिड–१९ का कारण प्रभावित उद्योग/व्यवसायलाई राहत दिनका लागि राष्ट्र बैंकले राहत स्वरुप पाँच प्रतिशत व्याजदरमा पुनकर्जा प्रदान गर्ने मौद्रिक नीति मार्फत घोषणा गरेको थियो। पुनर्कर्जाका लागि राष्ट्र बैंकले असोज मसान्तसम्ममा सम्बन्धित बैंकमा आवेदन दिइसक्नुपर्ने र सम्पूर्ण आवेदन संकलनपछि सम्बन्धित बैंकलाई एकमुष्ट पुनकर्जा उपलव्ध गराउने व्यवस्था गरेको छ। पुनकर्जाको लागि आवेदन दिएकाहरुलाई मंसिरभित्र ऋण दिने गरी राष्ट्र बैंकले प्रक्रिया अघि बढाएको छ। आइतबार नेपाल राष्ट्र बैंकले सम्बन्धित निकायसँग छलफल…

Read More

काठमाडौँ: पूर्वमाओवादी खेमाका नेताहरुको दाबीअनुसार केपी ओलीले माओवादीसँग सम्बन्ध विच्छेद गर्ने गृहकार्य थालेको केही प्रमाणहरु छन् । पहिलो प्रमाण : बालुवाटारमा शनिबार केपी ओली र प्रचण्डसँग भेटवार्ता भएकै दिन केही नेताहरु गोठाटारस्थित पुराना नेता प्रदीप नेपालको घरमा पुगेका थिए । प्रदीप नेपालसँगको यो भेटमा प्रधानमन्त्रीका सल्लाहकारत्रय विष्णु रिमाल, डा. राजन भट्टराई र सूर्य थापाका साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमेतको सहभागिता थियो । यो भेटलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘राजनीतिक शिष्टाचार भेट’ भनेका छन् । यो भेटमा प्रधानमन्त्री ओलीका दूत बनेर पुगेका नेताहरुले अब पूर्वमाओवादीसँग सँगै हिँड्न नसकिने अवस्था आएको भन्दै पूर्वएमालेहरुलाई मिलाउने भूमिका…

Read More

काठमाडौं: प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो । सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओलीको नौलो प्रस्तावका कारण नेकपाभित्र थप खैलाबैला मच्चिएको छ । शनिबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले ‘अब आ–आफ्नो बाटो लागौं’ भन्दै प्रचण्डसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेको नेकपा सचिवालयका एक नेताले बताए । ‘प्रधानमन्त्रीज्यूले अस्ति फोनमा पनि प्रचण्डलाई आ–आफ्नो बाटो लागौं भन्नुभएछ, हिजो बालुवाटारको भेटमा पनि त्यसै भन्नुभएछ’ ती सचिवालय सदस्यले भने, ‘आजको फोनवार्तामा पनि प्रधानमन्त्रीज्यूले प्रचण्डलाई त्यसै भन्नुभएछ ।’ प्रचण्डले ‘कहाँ यसरी सल्लाहले पार्टी फुटाउन…

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ थियो । २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त…

Read More

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् । तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने पनि उनले उल्लेख गरेका छन् । ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ, आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

Read More

काठमाडौँ: पूर्वराज्यमन्त्री खोभारी राय काठमाडौँको स्वयम्भुस्थित एक जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनीहरूका साथबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको ज्ञवालीले जानकारी दिए । राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए । २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए ।

Read More