Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर सोमबार रातिसम्म ७ जनाले ज्यान गुमाएका छन् । यस्तै १० जना घाइते भएका छन् । कागेश्वरी मनोहरा–१ गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको छ । यसैगरी दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परिगाउँ खोलाले बगाएर ४२ वर्षीय मानमती ठगुन्ना र ५ वर्षीया बालिका आरती ठगुन्नाको मृत्यु भएको छ । उता पहिरोले पुरिएर तनहुँमा २ जनाको ज्यान गएको छ । भानु नगरपालिका–९ की ८० वर्षीया तिलमाया धौराली र १४ बर्षीया सितस्मा धौरालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेलले जानकारी दिए । सितास्माको उद्धारको क्रममा…

Read More

काठमाडौं: अविरल वर्षाका कारण धादिङमा गएको पहिरो र बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङका झण्डै डेढ दर्जन ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । यस्तै बाढीका कारण धादिङ चितवन सीमानामा रहेको मोवाखोला पुल भत्किएको छ । धादिङको बोनिघाट रोराङ गाउँपालिका-१० र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने पुल भत्किँदा समस्या भएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ । बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए । उनले जति सक्दो छिटो सडक मर्मत…

Read More

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १८६ जना कोरोना संक्रमित थपिएका छन् । यसरी नेपालमा हालसम्म कोरोना संक्रमणको पुष्टि हुनेको संख्या १७ हजार ८४४ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित पाँच हजार ९३६ हुन् । आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौंका २ जना र ललितपुरका एक जना रहेका छन् । यसैगरी सोमबार कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या १७३ रहेको छ । योसँगै अहिलेसम्म कोरोना निको हुनेको कुल संख्या ६६।५१ प्रतिशत अर्थात् ११ हजार ८६८ पुगेको छ । यस्तै नेपालमा ५०० भन्दा बढि संक्रमित हुने जिल्ला रौतहट,कैलाली र बाजुरा रहेका छन् भने कोरोना मुक्त रहने जिल्ला भोजपुर, पाँचथर, धरान, संखुवासभा,…

Read More

काठमाडौं : आज सोमबारको प्रि ओपन कारोबारमै ३ प्रतिशतले बढेको शेयर बजार दुई चोटी सर्किट लागेर अन्तिममा दोहोरो अंकले घटेको छ । कारोबार सुरु भएको ५३ सेकेण्ड मै पहिलो सर्किट र त्यसपछि बजार खुलेको ६१ सेकेण्ड मै दोस्रो सर्किट लागेको नेप्से १४.०९ अंकले घटेर १४६४.९४ को बिन्दुमा पुगेर रोकिएको हो । आज दुई चोटी सकारात्मक सर्किट लाग्दा नेप्से सूचक १५५६ सम्म पुगेको थियो । आज कारोबारमा आएका १८१ कम्पनीका ७० लाख १ हजार २ सय ५८ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ८० करोड २२ लाख बराबरको भएको छ । आज कारोबारमा आएका बैंकिंग, विकास बैंक, फाइनान्स र…

Read More

ललितपुरः गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Read More

डोल्पा : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका– ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो । ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नलिइ खेलकूद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालकसहित सबैलाई नियन्त्रणमा लिएको निकुञ्जले जानकारी दिएको छ । “खेलकूद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ, नीतिनियमविपरीत वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको अनुमति नै नलिइ काम शुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न कामदार, उपकरण सबै नियन्त्रणमा लिएका हौ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भन्नुभयो । “नदीले…

Read More

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद सल्ट्याउनका लागि आज पनि पूर्व माओवादी नेताहरुको छुट्टै बैठक बसेको छ । आज पनि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड पक्षधर स्थायी कमिटीका नेताहरुको लामै बैठक चल्यो । बैठकमा नेताहरुले जसरी पनि पार्टीलाई फुटबाट जोगाउन अध्यक्ष प्रचण्डलाई दबाव दिएका छन् । अध्‍यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएका कुराकानी नेताहरुलाई जानकारी गराएका छन । आफू निकटका प्रायः सबै स्थायी कमिटी सदस्यलाई बोलाएर प्रचण्डले अन्तिम समझदारी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँगै गर्नु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए । उनले ओलीसँग सहमति भने भइनसकेको जानकारी गराएको पनि…

Read More

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ। निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले अनलाइन क्लास बन्द गरेको मन्त्रालयले विषम परिस्थितिमा सिकाइ सहजीकरण कार्य नरोक्न भनेको हो। प्याब्सन र नेसनल प्याब्सनले साउन १ गतेदेखि अनलाइन क्लास बन्द गरेका छन्। शिक्षक तथा कर्मचारीलाई बेलतबी बिदा दिएका छन्। मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गरेका हुन्। आइतबार विज्ञप्ति निकालेर प्रवक्ता शर्माले मौद्रिक नीतिमा शिक्षालगायत व्यवसायले लिएको ऋणको साँवा र ब्याज लकडाउनको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गर्दै कर्जा भुक्तानीको म्याद…

Read More

काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी ल्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।

Read More

काठमाडौं : हिजो शनिबार बिहानदेखि देशभर मनसुनी वायुको प्रभाव कायमै छ । हिजोदेखि अहिलेसम्म २४ घण्टाको वर्षा विश्लेषण गर्दा काठमाडौं उपत्यकामा मात्रै ५३ मिलीमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले मापन गरेको छ । त्यस्तै पोखरामा सबैभन्दा बढी ९७ दशमलब ५ र जनकपुरमा ९६ दशमलब ६ मिमि पानी परेको छ । त्यसैगरी सिमरामा ८९ र ओखलढुंगामा ६२ दशमलब ४ मिमी वर्षा भएको मापन गरिएको छ । धनगढी र घोराहीमा करिब ४० मिमि, ताप्लेजुंगमा २८, नेपालगंज र विराटनगरमा २५ मिमि पानी परेको छ । यतिबेला देशभर मुसलधारे पानी परिरहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More