Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

एजेन्सी: अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै उच्च प्रतिस्पर्धा देखिँएको छ । राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि छन् । पछिल्लो परिणाम अनुसार डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले २६४ र रिपब्लिकन उम्मेदवार एवं वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले २१४ इलेक्टोरल मत ल्याएको फक्स न्यूजले जनाएको छ । जित नजिक पुगेका डेमोक्र्याटिक उम्मेदवार बाइडनले आफूले जित्नेमा ढुक्क रहेको बताएका छन् । बहालवाला राष्ट्रपति एवं रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् । पूर्व उपराष्ट्रपतिसमेत रहेका बाइडेनले आज बिहान सम्बोधन गर्दै भनेका छन्, ‘हामीबाट कसैले…

Read More

काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु पनि जाने भएका छन् । शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यूबाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट कार्यक्रम राखिएको छ । जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ८ हजार ८ सय ८० मिटर अग्लो ठाउँमा छ । त्यहाँबाट सगरमाथा नजिक देखिन्छ । छोटो सयम दृश्यावलोकन पछि उनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कनेछन् । खुम्बु पासाङल्हामु गाउँपालिका–५ को नाम्चेबजारबाट पैदल…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिना समयका कर्मचारी माग गरेको छ। सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको छ। कोरोना महामारी व्यवस्थापनमा थप सहयोग पुर्‍याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको मन्त्रालयले जनाएको छ। बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो।

Read More

एजेन्सी: च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ । समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६५औँ मिनेटमा जेरार्ड पिकेले गोल गरि बार्सिलोनाको अग्रता दोब्बर पारे। ७५औँ मिनेटमा डिनामो किएभका लागि सिगान्कोभले एक गोल फर्काएपछि खेल २-१मा सकियो । जितसँगै बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

Read More

नवलपरासी: कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । प्रहरीले दिएको जानकारी अनुसार अनुसार पहिरोमा पुरिएर ज्यान गुमाउनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेका छन् । मृत्यु हुनेहरु सबै बुलिङटार–४ का बासिन्दा हुन् । पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका…

Read More

एजेन्सी: अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्। बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन्। चार वर्ष अगाडि यो राज्य उनीहरूको हातबाट फुस्केको थियो। यी राज्यमा भएको जितले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा दोहोरिने आकांक्षालाई कठिन बनाएको छ। राष्ट्रपति पदमा आसिन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ। अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन्। अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ। हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा…

Read More

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र…

Read More

काठमाडौँ: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका हुन् । उनले मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिने पनि बताए । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आायोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी गराएकी थिईन् । आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन, विशेष गरी पूँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो ।…

Read More

काठमाडौँ: काठमाडौंको एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन्। बुधबार कोटेश्वरको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक युवती मृत फेला परेकी हुन्। काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको हाउसको २०४ नम्बर कोठामा ती युवतीको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मृतक ललितपुरकी २५ वर्षीया अनु थापा मगर हुन्। मंगलबार राति सो होटलमा आएर बसेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी दक्ष बस्नेतले बताए। उनका अनुसार बिहान ढिलासम्म मृतक कोठाबाट झरेकी थिइनन्। ‘बिहान अबेरसम्म पनि झरिनन्। खान खान पनि नआएपछि स्टाफले गएर हेर्दा उनी मृत फेला परेकी हुन्,’डिएसपी बस्नेतले भने। उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन।

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि किशोरकुमार प्रधान र चन्द्र ढकाल प्यानलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । महासङ्घको केन्द्रीय कार्यालय टेकुमा दुवै प्यानलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । महासङ्घको वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका प्रधान प्यानलमा वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति रहेका छन् । यसैगरी ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईले उम्मेदवारी दर्ता गराएका हुन् । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा ढकाललाई पूर्वअध्यक्ष चण्डीराज ढकालको साथ रहेको छ । प्रधान समूहमा वस्तुगततर्फको सदस्यमा अरनिको…

Read More